संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना विदेशमन्त्री रेक्स टिलरसनलाई पदबाट हटाएका छन्।
उनको स्थानमा ट्रम्पले अमेरिकी गुप्तचर निकाय-सीआइएका निर्देशक माइक पोम्पेओलाई नियुक्त गर्नेछन्। सामाजिक संजालको वेबसाइट ट्विटरमा एक सन्देश लेख्दै राष्ट्रपति ट्रम्पले रेक्स टिलरसनलाई \"उनले पुर्याएको सेवाका लागि\" भन्दै धन्यवाद दिए। साथै नयाँ विदेशमन्त्रीले \"एकदमै राम्रो\" काम गर्ने पनि ट्रम्पले उल्लेख गरे। टिलरसन गएको वर्ष मात्र सो पदमा नियुक्त भएका थिए। मंगलबार एक वक्तव्य दिंदै टिलरसनले आफ्नो कार्यकालमा अमेरिकाको विदेश मन्त्रालयले गरेका कामहरुको चर्चा गरेकाथिए। विदेश मन्त्रालयमा बोल्दै उनले सिरियामा थप काम गर्न बाँकी रहेको बताए। उनले उत्तर कोरियाबारे सोचे भन्दा बढी प्रगति भएको बताए। उनले रुस सरकारको गतिविधिको पनि आलोचना गरे। तर उनले आफुलाई अकस्मात् हटाएकोमा राष्ट्रपति ट्रम्पको आलोचना गरेनन्। उनले संवाददाताहरुको कुनै प्रश्न लिएनन्। टिलरसनले ब्रिटेनमा एकजना भूतपूर्व रुसी गुप्तचरलाई विष दिइएको घटनामा रुसको हात हुनसक्ने भन्ने ब्रिटेनको अनुमानमा आफू पनि सहमत भएको र उक्त घटनामा जिम्मेवारहरूलाई दण्ड दिइनु पर्ने भनी सोमवार एक अभिव्यक्ति दिएका थिए। यसैबीच राष्ट्रपति ट्रम्पले सीआइएको निर्देशक पदमा जिना ह्यास्पेलको नियुक्तिको घोषणा गरेका छन्। सीआइएको निर्देशकको पदमा नियुक्त हुने उनी पहिलो महिला हुन्।यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: