चैत्र ५ गते, २०७४ सोमवार 19th March, 2018 Mon११:५३:२७ मा प्रकाशित
मस्को ।रुसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित भएका छन् ।
प्राप्त समाचारअनुसार यहाँको अधिकांश मत गनिसक्दा उनको मात्र लगभग ७५ प्रतिशत मत देखिएको छ । यो उहाँका निकटतम प्रतिद्धन्द्धीको तुलनामा निकै नै बढी हो ।
विपक्षीको भन्दा निकै ठूलो मतान्तरले उनले पुन रुसको राष्ट्रपतिमा जित हासिल गरेको विश्वका सञ्चारमाध्यमहरुले समाचार प्रकाशन प्रशारण गरेका छन् ।
उनीहरुकाअनुसार यहाँको केन्द्रीय निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न त बाँकी नै छ तरपनि पुटिन ७५ प्रतिशत हाराहारीमा मत हासिलगर्दै जितको नजिक पुगेका छन् ।
राष्ट्रपतीय चुनावमा यो उनको अपेक्षित नै जित हो । यससँगै अब रुसी राष्ट्रपतिका रुपमा पुटिनले थप छ वर्ष रुसलाई नेतृत्व प्रदान र्गने बताइएको छ ।
त्यहाँका प्रमुख विपक्षी नेता एलेक्सेइ नाभाल्नीले भने निर्वाचनमा उठ्न पाएका थिएनन् । निर्वाचनसम्बन्धी कानुन देखाएर उनलाई चुनावमा उठ्न नै रोक लगाइएको थियो ।
आइतबार रुसमा राष्ट्रपति पदका लागि मतदान भएको थियो । विश्वका सञ्चारमाध्यमहरुले सोमबार बिहानैदेखि विपक्षीलाई ठूलो मतान्तरले पछिपार्दै पुटिनले जित हासिल गरेको प्रकाशन प्रशारण गरेका छन् ।
यो उहाँको चौथो कार्यकाल हो । उनले यो कार्यकालका लागि पनि जित हासिल गर्ने दाबी यसअघि नै गरिएको थियो ।
यस पटकको राष्ट्रपति निर्वाचनमा उनीसहित आठजना उम्मेदवार थिए । तर उापछि मत ल्याउने अर्थात् उहाँका निकटतम प्रतिद्धन्दी भने पावेल रुदिनिन थिए ।
पुटिनका निकटतम प्रतिद्घन्दी रुदिनिनले १२ प्रतिशत मात्र मत प्राप्त गरेका छन् । यसलाई कतिपयले भने अस्वाभाविक मत पनि भनेका छन् ।
यसैगरी यस निर्वाचनका अरु प्रतिश्पर्धीमध्ये बढी ल्याउनेले एकजनाले ६ प्रतिशत मात्र मत हासिल गरेका छन् । त्यस्तै अरुले २ र ४ प्रतिशत मात्र मत ल्याएका छन् ।
रुसको राष्ट्रपति पदका लागि यो जित एक किसीमले भन्ने हो भने पहिल्यैदेखि अपेक्षितजस्तो नै थियो । तर पनि यसपटकको मत भने उहाँको अस्वभाविक धेरै आएको छ ।
अधिकारीहरु भन्छन्— सन् २०१२ मा पुटिनले ६४ प्रतिशतमात्र मत प्राप्त गरेका थिए । तर यसपालि ७५ प्रतिशतको हाराहारीमा हुनसक्छ ।
पुटिनले रुसलाई सन् १९९९ देखि नै नेतृत्व गर्दै आएका छन् । पछिल्ला सर्वेक्षणहरुले उनलाई थप लोकप्रिय भएको देखाएका छन् भने कतिपयले यसलाई लोकप्रियता भन्दा बढी प्रभाव जमाएको भन्न रुचाउँछन् ।
यस पटकको निर्वाचनमा क्रेम्लिनले अपेक्षा गरेकोभन्दा मत भने कम खसेको थियो । आइतबारको निर्वाचनमा ६४ प्रतिशत भन्दा थोरैमात्र बढी मत खसेको थियो ।
राष्ट्रपति पुटिनको चुनावी अभियान टोलीका सदस्यहरुले उनले प्राप्त गरेको मत अपेक्षित नै रहेको भन्दै यो जनादेश पुटिनलाई भविष्यमा आवश्यक निर्णय गर्न र निर्वाध रुपमा सरकार चलाउन सहज हुने प्रतिक्रिया दिएका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: