Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

ट्रम्पले भने-लागुऔषध तस्करलाई मृत्युदण्ड दिनुपर्छ

\"\"राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा पेनकिलर अर्थात् दुखाइ कम गर्ने औषधिहरूको दुर्व्यसनसम्बन्धी समस्यासँग जुझ्ने आफ्नो योजना अन्तर्गत लागुऔषध तस्करहरूलाई मृत्युदण्ड दिइनुपर्ने बताएका छन् । ओपिओइड भनिने एक प्रकारको नशालु पदार्थसम्बन्धी समस्याबाट नराम्ररी प्रभावित राज्य न्यू ह्याम्पशायरमा एउटा भाषण दिने क्रममा ट्रम्पले आफ्ना योजनाबारे उल्लेख गरेका हुन् । लागुऔषध तस्करहरूलाई मृत्युदण्ड दिने व्यवस्थाका लागि कानूनमा परिवर्तन ल्याउन आफ्नो प्रशासनले प्रयत्न गरिरहेको उनले बताए । तर आफूहरूले अझै कडा राजनीतिक र न्यायिक प्रतिरोधको सामना गर्नुपर्ने ट्रम्पको भनाइ छ । तर ट्रम्पको प्रस्तावप्रति अमेरिकी कंग्रेसका थुप्रै सदस्यहरूले विरोध जनाउँदै आएका छन् । औषधि निर्माण कम्पनीहरूलाई जवाफदेही बनाइनुपर्नेमा जोड दिँदै राष्ट्रपति ट्रम्पले दुखाइ कम गर्ने औषधि धेरै कडा बनाउन नहुने बताए । उनले ओपिओइड भनिने एक प्रकारको नशालु पदार्थसँग सम्बन्धित संकटसँग जुझ्नका निम्ति ६ अर्ब डलर खर्च गर्न चाहेको बताए । करिब २४ लाख अमेरिकीहरू लागुऔषधको दुर्व्यसनी रहेको अनुमान छ । स्वास्थ्य अधिकारीहरूका अनुसार त्यससम्बन्धी संकटका कारण सन् २०१६ मा अमेरिकाभरि करिब ६३ हजार ६ सय जनाको ज्यान गएको थियो । न्यू ह्याम्पशायरको म्यानचेष्टरमा राष्ट्रपति ट्रम्पले सोमवार आफ्ना योजना सुनाउँदा भीडले खुशी व्यक्त गरेको थियो । उनले भने, \"यदि लागुऔषध विक्री गर्नेहरूमाथि हामीले कडाइ गरेनौँ भने समय खेर फालिरहेको हुनेछौँ । र, त्यो कडाइ अन्तर्गत मृत्युदण्ड पर्छ ।\" यसै महिनाको शुरूतिर पेन्सिलभानियामा एउटा र्‍यालीलाई सम्बन्धोन गर्दै ट्रम्पले लागुऔषध तस्करहरूलाई \'हदैसम्मको सजाय\' दिइनुपर्ने बताएका थिए ।बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending