Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

आफै बासको जोहो गर्दै बालुवाका भूकम्प पीडित

गोरखा, हालैको विनाशकारी भूकम्पका कारण सबै घर क्षतिग्रस्त भएपछि गोरखा सिम्जुङ गाविस–९ बालुवा बजारका स्थानीयले ओत लाग्ने टहरो बनाउन थालेका छन् ।

वर्षात्को समयमा असिनापानी र हिँउसमेत पर्ने भएकाले सधैँभरि त्रिपालमुनि ओत लाग्नुको सट्टा खाली ठाउँमा टिनको जस्ता र पातीले बारेर भए पनि आफँैले टहरो र छाप्रो बनाउन सुरू गरेका हुन् ।

\'के गर्ने हजुर, भएको सबै घरबारी भूकम्प र पहिरोले लग्यो, सरकारले घर बनाइदिने हो, होइन ? गारो लगाएर बनाउँदा फेरि भुँइचालो आएर यस्तै पो हुने हो कि ? त्यसैले अहिलेलाई ओत लाग्ने टहरो बनाउन लागेको\', बालुवा बजारका भूकम्पपीडित शमशेर गुरूङले दुःखेसाे गरे । शमशेरको भूकम्पका कारण पहिरो जाँदा खेतबारीसमेत पुरिएको छ ।

विसं २०५६ को बाढीपहिरोले सबै घर भत्किएर लगेपछि बल्लतल्ल कमाएर बनाएको एकतले घर भूकम्पले बस्न नमिल्ने गरी भत्काएपछि शमशेरलाई भग्नावशेष हेर्दा उराठ लागेर आउँछ । शमशेर अब जति कमाए पनि ठूलो महल बनाउनेभन्दा पनि टहरो बनाएर त्यहीँ बस्ने विचारमा छन् ।

भूकम्पपीडित अर्का स्थानीय तेजबहादुर गुरूङले आफ्ना बालबच्चालाई वर्षात्को समयमा ओतमा राख्ने भन्दै स्याउलाले बारेर छाप्रो बनाउन सुरू गरेका छन् । \'वर्षायाम आउन लागेकाले सरकारले घर बनाइदेला भन्ने आशमा बस्दा समस्या पर्ने भएकाले अब अर्काको मुख् ताक्नुभन्दा आफैँले छाप्रो बनाउने लागेको हुँ\', तेजबहादुरले भने । सरकार आफूले राहत दिनुको सट्टा विदेशबाट आएको राहतसमेत पारदर्शी रूपमा वितरण हुन नसकेको सिम्जुङ–९ का वीरबहादुर घलेले गुनासो गरे ।

सदरमुकाम गोरखा बजारबाट करिब ४० किमी उत्तरपट्टि पर्ने बालुवा बजारमा करिब ५० घरधुरी रहेका छन् । गुरुङ जातिको बाहुल्य रहेको सो बजारमा भूकम्पका कारण छ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएका तीनवटा शव अहिलेसम्म पनि निकालिएको छैन । करिब १० जना घाइते भएका छन् ।

पहाड र खोलाको छेउमा भएकाले पनि बालुवा बजार हरेक वर्षजसो बाढी र पहिरोको जाखिममा पर्ने गर्छ । बालुवा बजारबाट भूकम्पको केन्द्रविन्दु बारपाक गाविस करिब १० किमिको दूरीमा पर्दछ ।

केन्द्रविन्दु बारपाक डाँडामा पर्छ भने बालुवा बजार फेदीमा पर्छ । अहिले बारपाक जाने सर्वसाधारण बालुवासम्म गाडीमा पुगेर त्यहाँबाट भरियाको साथ पैदलयात्रा गर्ने गर्छन् । हिउँदको समयमा बारपाकमा गाडी पुग्ने भएपनि भूकम्पका कारण पहिरो जाँदा अहिले सडक अबरुद्ध भएकाले करिब तीन/चार घन्टाको बाटो पैदलयात्रा गर्नुपरेको हो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending