Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

साँखुका भग्नावशेष हटाउन तीनवटा मन्त्रालय खटिए

काठमाडौँ, सरकारको निर्देशनमा तीनवटा मन्त्रालय र अन्तर्गतका कार्यालयका कर्मचारीले वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त बनेको काठमाडौँको पूर्वी भेगस्थित साँखुका भग्नावशेष हटाउने काम सुरु गरेका छन् ।

भग्नावशेष हटाई सरसफाइ गर्न आज शिक्षा सचिव विश्वप्रकाश पण्डित, कृषि सचिव जयमुकुन्द खनाल र वन सचिव शङ्करप्रसाद अधिकारीलगायत दुई हजार कर्मचारी ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक सहर साँखुमा उपस्थित भएका थिए ।

कार्यक्रममा शिक्षा सचिव पण्डितले घरलगायत भौतिक संरचना भत्किएर साँखु सहरभित्रको बाटो छेकिएकाले काम नलाग्ने संरचना उठाएर थुपार्न र काम लाग्ने संरचना सुरक्षित साथ राख्न कर्मचारीलाई निर्देशन दिए ।

सफाइमा साँखु बसपार्कनजिकको भौ ध्वाख्वा (बुहारी भित्र्याउने) टोलदेखि धुँलाटोलसम्म वन सचिव अधिकारी, भाग्योदय उच्चमाविबाट तलेजु मन्दिर हुँदै साल्खा टोलसम्म शिक्षा सचिव पण्डित, सुनटोलको साँघा ढोकादेखि सलाखु टोलसम्म कृषि सचिव खनालको नेतृत्वमा भग्नावशेष हटाउने र सरसफाइ गर्ने काम भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका निर्देशक गोपालकृष्ण श्रेष्ठले जानकारी दिए ।

यस्तै सालीनदी जाने सडक हुँदै साल्खा टोलको महादेवस्थानसम्म शिक्षा मन्त्रालयका सहसचिव डा लवदेव अवस्थीको नेतृत्वमा भग्नावशेष हटाउने र सरसफाइ गर्ने काम भएको छ ।

अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको पनि उल्लेख्य सङ्ख्यामा उपस्थिति रहेको थियो । भग्नावशेष हटाउने र सरसफाइ गर्ने अभियान सुरु भएपछि साँखु सहरमा हिँड्न सकिने भएको साँखु जेसिसका अध्यक्ष नवराज श्रेष्ठले बताए ।

यसैगरी साँखुका भूकम्प पीडितका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिक्त्सिकहरुको समूहले १५० वटा जस्ताको ट्रस बनाइदिने भएका छन् । डा भगवान कोइराला, डा जगदीश अग्रवाल र डा रामकुमार घिमिरेको समूहले जस्तापाता दिएको साँखु जेसिसका पूर्व अध्यक्ष तुलसी श्रेष्ठले जानकारी दिए ।

शङ्करापुर नगरपालिकाको ११ नं वडाबाट ट्रस बनाउने काम सुरु भएको छ । जस्तापातालाई व्यवस्थित गरी जेसिस, लायन्य क्लब अफ साँखु र नेपाल रेडक्रस सोसाइटी उपशाखा साँखुले ट्रस बनाउनका लागि जस्ता उपलब्ध गराउन लागेको हो ।

साँखुका भूकम्पपीडितलाई अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआइडी) ले एक हजार वटा पाल, नेपाली सेना र रेडक्रसले गरी ८७ वटा टेण्ट वितरण गरिसकेका छन् ।

जस्ताको ट्रसको निर्माण परीक्षणका रुपमा भएकाले उपयोगी प्रमाणित भएमा ४०० वटासम्म बनाइदिने त्रिवि शिक्षण अस्पतालका चिकित्सकको समूहले प्रतिबद्धता जनाएको स्थानीयवासी पवनलाल श्रेष्ठले बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy