Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

विप्लव माओवादीका २ सय युवा भूकम्पपीडितको घरआँगनमा

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सो पार्टी मातहतका २ सय युवाहरुलाई भूकम्पपीडितको उद्धार तथा राहतका निम्ति परिचालन गरेको छ । उक्त पार्टीले भूकम्पबाट बढी प्रभावित जिल्लामा युवादस्ता पठाएको हो । उक्त पार्टीले जनाएअनुसार युवाहरुलाई पीडितहरुको तत्काल अस्थायी बसोबास तथा पुनर्निर्माणका निम्ति खटाइएको हो । कार्यक्षेत्रमा खट्ने युवाहरुको बिदाई कार्यक्रममा बोल्दै पार्टी महासचिव विप्लवले भूकम्पबाट क्षति पुगेर घरवारविहीन भएका जनतालाई तत्काल बसोबासका निम्ति अस्थायी घरटहरा निर्माण गर्न निर्देशन दिए । ‘जनताप्रति जिम्मेवार राजनीतिक पार्टी भएकाले जनतालाई बसोबासको व्यवस्था गर्नु हाम्रो कर्तव्य हो’ बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने । भूकम्पले ठूलो संकट निम्त्याएकाले अरु सबै कामकाज छाडेर आफ्नो पार्टी जनताको सेवामा लागेको भन्दै नेता विप्लवले युवाहरुलाई प्रभावित ठाउँमा गएर दिलोज्यानले खट्न निर्देशन दिए । बिहीबार काठमाडौँको डिल्लीबजारस्थित पद्मकन्या उच्च माध्यमिक विद्यालयमा आयोजित बिदाई कार्यक्रममा बोल्दै महासचिव विप्लवले विभिन्न जिल्लाबाट आएका युवाहरुलाई भूकम्पले क्षति भएका ठाउँमा गएर जनताको सेवा गर्न दिर्नेशन दिएका हुन् । माओवादी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सोही कार्यक्रममा बोल्दै सरकारले पीडित जनताको न्यूनतम् आवश्यकता समेत पूरा गर्न नसकेकाले आफूहरुले युवा परिचालन गर्नुपरेको बताए । प्रवक्ता प्रकाण्डले सरकार र सरकारको नेतृत्वकर्ता पार्टीले जनतामाथि चरम विभेद गरेर आ–आफ्नै कार्यकर्तालाई मात्र राहत बाँडिरहेको बताए । महासचिव विप्लवले गोरखा, सिन्धुपाञ्चोक, काभ्रे, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुरलगायत अति प्रभावित १२ जिल्लामा युवाहरु परिचालन गर्ने निर्णय लिइएको बताए । माओवादी केन्द्रीय कार्यालयले जनाएअनुसार गोरखा र सिन्धुपाल्चोकमा माओवादी युवाहरुका दुई–दुई समूह खट्नेछन् भने बाँकी दस जिल्लमा एक–एक समूह क्रियाशील हुनेछन् । काठमाडौँ र ललितपुरमा घरवारविहीन बनेका भूकम्पपीडितहरुका निम्ति स्वयम् सम्मिलित टोली परिचालन गरेर घरटहरा निर्माण गर्दै क्रियाशील भएका महासचिव विप्लवले भूकम्पद्वारा अति प्रभावित क्षेत्रमा पहिलो चरणमा दुई सय युवा खटाइएको जानकारी दिए । उनले दिएको जानकारीअनुसार टोलीहरु कम्तिमा १५ दिन खट्नेछन्, त्यसपछि उक्त क्षेत्रमा बाँकी कामका लागि फेरि टोली पुगेर अघिल्लो टोलीलाई पालो दिने छ । भूकम्पद्वारा अतिप्रभावित क्षेत्रमा खटिएका युवाहरुलाई अस्थायी घरटहरा निर्माणबारे विज्ञ इन्जिनियरहरुद्वारा आधारभूत तालिम समेत दिइसकिएको नेकपा माओवादीले जनाएको छ । इन्जिनियर उमेश मरहट्ठा, निरज महर्जन, विना मल्ल, नलविक्रम थापा र पुष्पले घर निर्माणका विभिन्न पक्षबारे माओवादी युवाहरुलाई प्रशिक्षण दिएका थिए । मरहट्ठा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा कार्यरत छन् । बीस समूहमा विभाजित दुई सय युवाहरुमध्ये प्रत्येक समूहमा एक–एकजना समूहनेता तोकिएका छन्  उनैले नेतृत्व गर्नेछन् समग्र टोलीको । सबै समूह शुक्रबार बिहानै आ–आफ्नो कार्यक्षेत्रतर्फ प्रस्थान गरिसकेको माओवादीले जनाएको छ । महासचिव विप्लवलगायतका नेताहरु शुक्रबार गोरखा र त्यसपछि सिन्धुपाल्चोक जाने कार्यक्रम रहेको उक्त पार्टीले जनाएको छ । जनसांस्कृतिक महासंघको टोली धादिङमा सोही पार्टी मातहतको अखिल नेपाल जनसांस्कृतिक महासघको टोली भूकम्पपीडितको उद्धार तथा राहतका निम्ति धादिङको छत्रेदेउरालीस्थित दमदमे पुगेको छ । \"Dhading1_Moktan\"जनकलाकार माइला लामाको नेतृत्वमा सामना परिवार सहितको अखिल नेपाल जनसांस्कृतिक महासंघ टिम आफूले सङ्कलन गरेको राहत सामग्रीका साथ बिहीबार भूकम्प प्रभावित धादिङको छत्रेदेउराली– ७, दमदमे पुगेको हो । टोलीले भूकम्पपीडित ३६ घरपरिवारलाई १–१ बोरा चामल, दाल, चिउरा, नुनलगायतका खाद्यसामग्री वितरण गर्यो । उक्त अवसरमा आयोजित संक्षिप्त कार्यक्रममा महासंघका अध्यक्ष माइला लामाले सम्बोधन गरे । यसै क्रममा सामना परिवारका कलाकार रमण थामीले भूकम्पपीडितहरुको बेथा समेटिएको गीत प्रस्तुत गरे । स्थानीय बासिन्दाका तर्फबाट नारायण तामाङले टोलीलाई स्वागत गर्दै धन्यवाद दिए । महासंघ टोलीमा सामना संयोजक सरल माझीलगायत १५ जनकलाकार, महासंघका केन्द्रीय सदस्यहरु मुक्तान थेबा, ढुन्डिराज अधिकारीलगायत ३० जना सहभागी छन् । राहत वितरणपछि महासंघ टोलीले भूकम्पबाट ध्वस्त ३६ वटा घरको अवलोकन–निरीक्षण गर्यो । शुक्रबार बिहान ६ बजेदेखि नै टोलीले घर–टहरा निर्माण सुरु गरेको जानकारी उक्त टोलीमा खटेका कवि मुक्तान थेबाले दिएका छन् । जनसंस्कृतिकर्मी एवम् जनकलाकारहरुका टोली आएर राहत वितरण गर्नुका साथै घरटहरा बनाउन थालेपछि भूकम्पपीडित स्थानीयवासीले संकटमा अभिभावक पाएको अनुभूति गर्दै थोरै भए पनि राहत र सन्तोषको महशुस गरेको त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending