Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

विप्लव माओवादीका २ सय युवा भूकम्पपीडितको घरआँगनमा

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सो पार्टी मातहतका २ सय युवाहरुलाई भूकम्पपीडितको उद्धार तथा राहतका निम्ति परिचालन गरेको छ । उक्त पार्टीले भूकम्पबाट बढी प्रभावित जिल्लामा युवादस्ता पठाएको हो । उक्त पार्टीले जनाएअनुसार युवाहरुलाई पीडितहरुको तत्काल अस्थायी बसोबास तथा पुनर्निर्माणका निम्ति खटाइएको हो । कार्यक्षेत्रमा खट्ने युवाहरुको बिदाई कार्यक्रममा बोल्दै पार्टी महासचिव विप्लवले भूकम्पबाट क्षति पुगेर घरवारविहीन भएका जनतालाई तत्काल बसोबासका निम्ति अस्थायी घरटहरा निर्माण गर्न निर्देशन दिए । ‘जनताप्रति जिम्मेवार राजनीतिक पार्टी भएकाले जनतालाई बसोबासको व्यवस्था गर्नु हाम्रो कर्तव्य हो’ बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने । भूकम्पले ठूलो संकट निम्त्याएकाले अरु सबै कामकाज छाडेर आफ्नो पार्टी जनताको सेवामा लागेको भन्दै नेता विप्लवले युवाहरुलाई प्रभावित ठाउँमा गएर दिलोज्यानले खट्न निर्देशन दिए । बिहीबार काठमाडौँको डिल्लीबजारस्थित पद्मकन्या उच्च माध्यमिक विद्यालयमा आयोजित बिदाई कार्यक्रममा बोल्दै महासचिव विप्लवले विभिन्न जिल्लाबाट आएका युवाहरुलाई भूकम्पले क्षति भएका ठाउँमा गएर जनताको सेवा गर्न दिर्नेशन दिएका हुन् । माओवादी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सोही कार्यक्रममा बोल्दै सरकारले पीडित जनताको न्यूनतम् आवश्यकता समेत पूरा गर्न नसकेकाले आफूहरुले युवा परिचालन गर्नुपरेको बताए । प्रवक्ता प्रकाण्डले सरकार र सरकारको नेतृत्वकर्ता पार्टीले जनतामाथि चरम विभेद गरेर आ–आफ्नै कार्यकर्तालाई मात्र राहत बाँडिरहेको बताए । महासचिव विप्लवले गोरखा, सिन्धुपाञ्चोक, काभ्रे, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुरलगायत अति प्रभावित १२ जिल्लामा युवाहरु परिचालन गर्ने निर्णय लिइएको बताए । माओवादी केन्द्रीय कार्यालयले जनाएअनुसार गोरखा र सिन्धुपाल्चोकमा माओवादी युवाहरुका दुई–दुई समूह खट्नेछन् भने बाँकी दस जिल्लमा एक–एक समूह क्रियाशील हुनेछन् । काठमाडौँ र ललितपुरमा घरवारविहीन बनेका भूकम्पपीडितहरुका निम्ति स्वयम् सम्मिलित टोली परिचालन गरेर घरटहरा निर्माण गर्दै क्रियाशील भएका महासचिव विप्लवले भूकम्पद्वारा अति प्रभावित क्षेत्रमा पहिलो चरणमा दुई सय युवा खटाइएको जानकारी दिए । उनले दिएको जानकारीअनुसार टोलीहरु कम्तिमा १५ दिन खट्नेछन्, त्यसपछि उक्त क्षेत्रमा बाँकी कामका लागि फेरि टोली पुगेर अघिल्लो टोलीलाई पालो दिने छ । भूकम्पद्वारा अतिप्रभावित क्षेत्रमा खटिएका युवाहरुलाई अस्थायी घरटहरा निर्माणबारे विज्ञ इन्जिनियरहरुद्वारा आधारभूत तालिम समेत दिइसकिएको नेकपा माओवादीले जनाएको छ । इन्जिनियर उमेश मरहट्ठा, निरज महर्जन, विना मल्ल, नलविक्रम थापा र पुष्पले घर निर्माणका विभिन्न पक्षबारे माओवादी युवाहरुलाई प्रशिक्षण दिएका थिए । मरहट्ठा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा कार्यरत छन् । बीस समूहमा विभाजित दुई सय युवाहरुमध्ये प्रत्येक समूहमा एक–एकजना समूहनेता तोकिएका छन्  उनैले नेतृत्व गर्नेछन् समग्र टोलीको । सबै समूह शुक्रबार बिहानै आ–आफ्नो कार्यक्षेत्रतर्फ प्रस्थान गरिसकेको माओवादीले जनाएको छ । महासचिव विप्लवलगायतका नेताहरु शुक्रबार गोरखा र त्यसपछि सिन्धुपाल्चोक जाने कार्यक्रम रहेको उक्त पार्टीले जनाएको छ । जनसांस्कृतिक महासंघको टोली धादिङमा सोही पार्टी मातहतको अखिल नेपाल जनसांस्कृतिक महासघको टोली भूकम्पपीडितको उद्धार तथा राहतका निम्ति धादिङको छत्रेदेउरालीस्थित दमदमे पुगेको छ । \"Dhading1_Moktan\"जनकलाकार माइला लामाको नेतृत्वमा सामना परिवार सहितको अखिल नेपाल जनसांस्कृतिक महासंघ टिम आफूले सङ्कलन गरेको राहत सामग्रीका साथ बिहीबार भूकम्प प्रभावित धादिङको छत्रेदेउराली– ७, दमदमे पुगेको हो । टोलीले भूकम्पपीडित ३६ घरपरिवारलाई १–१ बोरा चामल, दाल, चिउरा, नुनलगायतका खाद्यसामग्री वितरण गर्यो । उक्त अवसरमा आयोजित संक्षिप्त कार्यक्रममा महासंघका अध्यक्ष माइला लामाले सम्बोधन गरे । यसै क्रममा सामना परिवारका कलाकार रमण थामीले भूकम्पपीडितहरुको बेथा समेटिएको गीत प्रस्तुत गरे । स्थानीय बासिन्दाका तर्फबाट नारायण तामाङले टोलीलाई स्वागत गर्दै धन्यवाद दिए । महासंघ टोलीमा सामना संयोजक सरल माझीलगायत १५ जनकलाकार, महासंघका केन्द्रीय सदस्यहरु मुक्तान थेबा, ढुन्डिराज अधिकारीलगायत ३० जना सहभागी छन् । राहत वितरणपछि महासंघ टोलीले भूकम्पबाट ध्वस्त ३६ वटा घरको अवलोकन–निरीक्षण गर्यो । शुक्रबार बिहान ६ बजेदेखि नै टोलीले घर–टहरा निर्माण सुरु गरेको जानकारी उक्त टोलीमा खटेका कवि मुक्तान थेबाले दिएका छन् । जनसंस्कृतिकर्मी एवम् जनकलाकारहरुका टोली आएर राहत वितरण गर्नुका साथै घरटहरा बनाउन थालेपछि भूकम्पपीडित स्थानीयवासीले संकटमा अभिभावक पाएको अनुभूति गर्दै थोरै भए पनि राहत र सन्तोषको महशुस गरेको त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy