Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

राहत तथा पुनर्निर्माण अभियानमा अखिल (क्रान्तिकारी)

काठमाडौं, महाभूकम्प लगत्तैदेखि १५औं दिनसम्म पनि अखिल (क्रान्तिकारी) ले आफूलाई राहत तथा उद्धारकार्यमा समर्पित गरिरहेको छ । विभिन्न टोली बनाई स्वयंमसेवी कार्यकर्ताहरुमार्फत महाभूकम्पबाट अतिप्रभावित जिल्लाका बासिन्दाहरुलाई सहयोग पुर्‍याउने तथा भत्किएका घरटहरा पन्छाउने तथा नयाँ टहरा बनाउने काममा क्रान्तिकारीले सिंगै पंक्तिलाई परिचालित गरेको छ । अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष रमेश मल्लले खबरडबलीलाई दिएको जानकारीअनुसार क्रान्तिकारीले चिकित्सकसहितको टोली परिचालन गरेर भूकम्पबाट अतिप्रभावित जिल्लाहरुमा स्वास्थशिविर चलाई स्थानीयहरुलाई स्वास्थ्योपचारमा सहयोग गरिरहेको छ । र, क्रान्तिकारीका स्वयंमसेवीहरुले उद्धारको काम गरिरहेका छन् । अध्यक्ष मल्लले भने– ‘डाक्टरसहितको पाँच सय विद्यार्थीहरुका हाम्रा विभिन्न टोलीले अहिलेसम्म भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा तथा सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका अतिप्रभावित जिल्लाहरुमा स्वास्थ्यशिविर चलाउने, राहत वितरण गर्ने तथा पछिल्लो समयमा घर भत्किएर पुरिएकाहरुको सामान निकाल्ने तथा अस्थायी घरटहराहरु बनाइदिने काम गरिरहेका छन् ।’ विद्यार्थी स्वयमसेवकहरुले अहिलेसम्म मुख्यगरी उद्धार, राहत वितरण, स्वास्थ्यशिविर चलाउने तथा सरसफाईदेखि भूकम्पपीडितलाई आइपर्ने विभिन्न समस्याहरु समाधान गर्ने काम गरिरहेको मल्लले बताए । \"Studentयसबीचमा रगतको अभाव हुन नदिन आफूहरुले रक्तदान शिविर पनि चलाएको बताउँदै मल्लले भने– ‘शुक्रबार गरिएको रक्तदान कार्यक्रममा १ सय १५ जना साथीहरुले रक्तदान गरे ।’ भूकम्पपीडितलाई सहयोग गर्न विभिन्न जिल्लाहरुबाट आफ्नो संगठनका सदस्यहरु केन्द्रको सम्पर्कमा आएको उल्लेख गर्दै मल्लले विद्यार्थीहरुका विभिन्न टोली बनाई प्रत्येक टोलीलाई १५ दिनसम्म प्रभावित क्षेत्रमा खटाइएको जानकारी दिए । उनले भने– ‘हाम्रा साथीहरु पर्सादेखि झापासम्म र मकवानपुर हुँदै भेरी–कर्णाली तथा मध्यपश्चिमाञ्चलबाट पनि आएका छन् । उनीहरु सबैलाई विभिन्न टोली बनाएर अतिप्रभावित क्षेत्रहरुमा खटाइएको छ ।’ मुलुकप्रति विद्यार्थी तथा युवाहरुको अहम दायित्व हुने भएकाले भूकम्पबाट प्रभावित नभएकाहरुलाई स्वयंमसेवीका रुपमा खटाइएको बताउँदै अध्यक्ष मल्लले उल्लेख गरे– ‘हाम्रा स्वयंमसेवीहरु विद्यालय निर्माण तथा पढाइ सुचारु गराउन पूर्वाधार निर्माणमा समेत सक्रियतापूर्वक लागिपरेका छन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE