Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

गिरिजाले प्रचण्डसँग चुरोट सल्काउँदै यसरी साथ मागेका थिए (प्रचण्डसँग अन्तरवार्ता)

\"\"पुष्पकमल दाहाल (प्रचण्ड) नेपालका कम्युनिष्ट राजनीतिज्ञ, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् । झण्डै १३ वर्ष भूमिगत जीवन बिताएका उनी २०६२–६३को जनआन्दोलन पछि खुला राजनीतिमा प्रवेश गरेका हुन् । खुला राजनीतिमा आएसँगै दुई पटक देशको प्रधानमन्त्री बनिसकेका छन् । साथै पछिल्लो समय भएका हरेक राजनीतिक परिवर्तनका मुख्य पात्र पनि हुन् । अहिले एमाले र माओवादीबिच पार्टी एकता अन्तिम चरणमा पुगेको छ भने दुई दलबिचको गठबन्धनको सरकार बनिसकेको छ । अध्यक्ष प्रचण्डसँग  शान्ति प्रक्रियाको सुरुवातदेखि अहिलेसम्मको यात्राका बारेमा खोतल्ने प्रयास गरेका छाैैं । नेपालको राजनीति कतातिर जाँदैछ ? संविधान नबन्दासम्म सबै नेपाली जनतालाई चिन्ता र चासो थियो । संविधान बनेपछि यसको कार्यान्वयन होला कि नहोला भन्ने चिन्ता थियो । तीन त तहको चुनाव होला कि नहोला भन्ने चिन्ता पनि थियो । तर सबै काम भयो । तीन तहको सरकार पनि बन्यो । अब जनतामा भरोसा र विश्वा पैदा भएको छ । हामीले जनताको अगाडि व्यक्त गरेका स्थायित्व, विकास र समृद्धिको एजेण्डा पनि अब कार्यान्वयन हुन्छ । तपाईले सुरु गरेको सशस्त्र विद्रोह हुँदै शान्ति प्रक्रियामा आउँदा धेरै उतारचढाब भए । अहिले शान्ति प्रक्रियाको यात्रा पूरा भएको हो ? आधारभूत रुपमा शान्ति प्रक्रियाले निकास पायो भन्ने मेरो विश्वास छ । शसस्त्र विद्रोहलाई शान्तिपूर्ण ढंगले राजनीतिक रुपान्तरणसहित समाधान गर्ने मौलिक मान्यता नेपालमा स्थापित भयो । यसमा यदी यदी गिरिजाप्रसाद कोइराला जस्तो टावरिङ व्यक्तित्व नभएको भए र मैले पनि जोखिम उठाएर भए पनि देशमा यो भन्दा बढि युद्ध होइन, शान्ति र विकासतिर लाग्नुपर्छ, राजनीतिक परिवर्तन समझदारीका साथ लोकतान्त्रिक शक्तिहरुसँगको सहमतिले राजनीतिक परिवर्तन गरेर संस्थागत गर्ने र विकास, यि कामका लागि मैले सबै किसिमका जोखिम उठाउन तयार भएको थिए । शान्ति प्रक्रिया टुङ्ग्याउने क्रममा तपाई र गिरिजाप्रसाद कोइरालाबीचको सम्बन्ध कसरी सुमधुर बन्न पुग्यो ? गिरिजाप्रसाद कोइराला र प्रचण्ड भनेका इतिहासका उपज हुन् । पहिला हाामी कसैलाई व्यक्तिगतभन्दा पनि वस्तुगत राजनीतिक विकास र इतिहासका रुपमा हेर्नुपर्छ । गिराजा दशकौँसम्म नेपाली राजनीतिक संघर्षको उपज हो । उहाँ त्यतिकै गिरिजा हुनुभएको होइन । माओवादी आन्दोलन पनि नेपाली राजनीति र इतिहासको उपज हो । गिरिजाबाबु र मेरो पहिलो भेटबाट नै विश्वासको वातावरण बन्यो । उहाँले मलाई बताउनुभयो कि गणतन्त्रसम्म जाने हो, तपाई मलाई भरोसा गर्नुस्, देश अब गणतन्त्रमा गयो, तर मैले भन्न मिल्दैन । भनेर विश्वास दिलाउनुभयो । उहाँ मानसिक रुपमा गणतन्त्र स्थापना गर्न तयार भइसक्नुभएको थियो, तर त्यो कुरालाई जनतामाझ भनिहाल्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो । त्यसैले तरिका मिलाएर, कदम मिलाएर गणतन्त्र ल्याउनुपर्छ भनेर मलाई विश्वस्त बनाउनुभएको थियो । गिरिजा र तपाईबीचको पहिलो भेट कस्तो भयो ? पहिलो भेट नै असाध्यै राम्रो भयो । पहिलो भेटमै गिरिजासँग धेरै सहजता भयो, कतिसम्म भने उहाँ असाध्यै स्मोकर हुनुहुँदो रहेछ । पछि त छोड्नुभयो । मेरो पहिलो भेटमा उहाँ यति धेरै सिगरेट पिउनुहुँदोरहेछ, मैले पनि सिगरेट छोडेको थिईन, उहाँ त धेरै बृद्ध, उहाँको अगाडि मैले चुरोट नखाउँ भन्ने लाग्यो, हुन त म पनि चुरोट पिउँथे, तपाई पिउनुहुन्छ त चुरोट भनेर उहाँले सोध्नुभयो, उहाँले नै सहज बनाईदिनुभयो, हामीले पहिलो भेटमै सिगरेट पिउँदै कुरा गरेका हौं, करिब २ घण्टा उहाँसँग कुराकानी भएको हो । भुमिगत कालमा त्यो पनि भारतमा कुराकानी भएको हो । पहिलो भेटकै आधारमा रहेर १२ बुँदे समझादारी हुन सकेको हो । उहाँसँगको भेटपछि कस्तो अनूभुति गर्नुभयो ? पहिलो भेटमा नै हामीबीच छिचोलिएर कुरा भयो । भरोसाका साथ कुरा भयो । उहाँले म अगाडि बढ्छु, तपाईको साथ चाहियो भन्नुभयो । संविधानसभा, गणतन्त्र, राजतन्त्रलगायतका विषयमा कुराकानी भएको थियो । त्यसपछि पछाडि नफर्कने गरी लगातार कुराकानी भयो । पहिला नेपाली कांग्रेस, गिरिजा र हाम्रोबिचमा निकै ठूलो अविश्वासको खाडल थियो । पहिलो भेटबाट नै त्यो खाडल पुरिएको अनुभूति मैले गरेँ । तपाई भूमिगत नै हुनुहुन्थ्यो, गिरिजासँग लगातार सम्पर्कमा आउँने चाँजोपाँजो कसरी मिल्थ्यो ? म कुनै ठाउँमा बसेको थाहा पाउनेवित्तिकै बमबारी भइहाल्थो । केही गरी म बसेको ठाउँ लिकेज भयो भने, भोलीपल्ट त्यहाँ बम खस्यो खस्यो । त्यसकारण म रोल्पामा हुँदा दाङ पुगेर गिरिजालाई फोन गर्थेँ । कहिले रुकुम गएर फोन गर्थेँ । कहिले फोन गर्न सल्यान पुग्थेँ । भारतमा भएका बेला, म त्यसबेला बम्बइमा बसेको थिँए, बम्बइबाट गिरिजाबाबुलाई फोन गर्न गोवा जन्थेँ । साँढे दुईघण्टाको बाटो यात्रा गरेर गिरिजालाई फोन गर्थेँ । फोन गरेपछि फेरी बम्बई नै फर्किन्थेँ । सुरक्षित बन्नका लागि म आफू बसेकै ठाउँबाट फोन गर्थिन । केही गरी फोन गरेको ठाउँ पत्ता लाग्यो भने पनि मलाई गोवामा खोजिन्थ्यो होला, तर म बम्बइ पुगिसकेको हुन्थेँ । यसरी म सुरक्षित हुन्थेँ । तपाई र गिरिजाप्रसादबिचको अन्तिम भेटको स्मरण कसरी गर्नुहुन्छ ? उहाँलाई मैले अन्तिमपटक गंगालाल हृदयरोग केन्द्रमा भेटेको हुँ । उहाँ बिरामी हुनुहुन्थ्यो । उहाँले अरु सबैलाई बाहिर पठाएर मलाई एक्लै अस्पतालको क्याबिनमा राख्नुभयो र भन्नुभयो, देश तपाईको जिम्मामा दिएर जाँदैछु, तपाईले समाल्नुहोला भन्नुभयो । त्यसपछि त उहाँको देहावसान भयो । उहाँको छोरी सुजाताको घरमा देहावसान पछि । गिरिजाले देश नै तपाईको जिम्मामा भयो भन्दा कस्तो अनुभूति गर्नुभयो ? त्यो बुढो मान्छेले, मृत्युशैया नै रहेछ त्यो, उहाँको त्यो कुराले मलाई धेरै भावुक बनायो । जिम्मेवार पनि बनायो । विगतमा मैले केही कुरा मिलाउन नसकेको रहेछु भन्ने पनि अनूभूति भयो । विशेषगरी गिरिजालाई हामीले राष्ट्रपति नबनाउनु ठूलो भूल हो भन्ने मलाई अनुभूति भयो । यो हाम्रो राजनीतिक त्रुटी हो भनेर जनतालाई पनि भनिसकेकोद छु । यदी उहाँलाई राष्ट्रपति बनाएको भए पाँच वर्षमा संविधान पनि बन्थ्यो, देश पनि नयाँ गतिमा जान्थ्यो । तर त्यसबेला पार्टीको आन्तरिक कारणले उहाँलाई राष्ट्रपति बनाउन नसकेको हुँ । शान्ति प्रक्रियामा कसकसको भूमिका महत्वपूर्ण रह्यो ? पहिला गिरिजासँग सम्झौता हुँदा पनि नेकपा एमालेका नेताहरु माधव नेपाल, झलनाथ, केपी ओलीको भूमिका महत्वपूर्ण थियो । कांग्रेसका पनि कृष्णप्रसाद सिटौला, तत्कालिन कांग्रेसका नेता महन्थ ठाकुरको पनि महत्वपूर्ण भूमिका थियो । यसअर्थमा शान्ति प्रक्रिया सबैको सामुहिक प्रयासले सम्भव भएको हो । सबैको प्रयासले ६२–६३ को आन्दोलन र संविधानसभाको चुनाव, संविधान लेखन सम्पन्न भएको हो । यो कुरालाई विर्सन हुँदैन । मेरो कोसिस, शान्ति सम्झौतामा आएपछि र त्योभन्दा पहिला पनि संविधानसभामार्फत संविधान बनाऔँ, हामी शान्ति प्रक्रियामा आउन तयार छौँ भनेर भनेको थिए । तपाईको व्यक्तिगत भूमिकालाई कसरी लिनुहुन्छ ? म विद्रोही नेता हुँदाहुँदै पनि नेपाली कांग्रेस र नेकपा एमालेलाई एक ठाउँमा ल्याउने काममा सफल भएको छु । यो काम इतिहासले मलाई जिम्मा दिएको रहेछ भन्ने अनुभूति पनि हुन्छ । तर यो कुरा तपाईहरुले त्यति बाहिर ल्याउनुहुन्न । गिरिजाबाबुलाई विश्वास गरेर अगाडि बढ्ने कुरा होस वा एमालेका नेताहरुसँग पटकपटक कुरा गरेर, १२ बुँदे समझदारी हुनुभन्दा अगाडि रोल्पामा कमरेड बामदेव गौतम र युवराज ज्ञवालीसँग संविधानसभामार्फत गणतन्त्रमा जानुपर्छ भन्ने सम्झौता भएको थियो । सिलगुढीमा वामपन्थीहरुको वैठक मैले नै गराएँ, जुन चर्चित नै भयो । मान्छेले पत्याउँदैनन्, तर मैले सबैलाई एउटै नारामा ल्याएको हुँ । संविधानसभा र गणतन्त्रको नारामा केन्द्रित गर्ने कुरामा भूमिका खेल्ने अवसर प्राप्त गरेँ । तर गिरिजाप्रसाद जस्तो टावरिङ पर्सनालिटी नभएको भए, एमालेका नेताहरुसँग समझदारीको वातावरण नभएको भए त सम्भव थिएन । त्यसैले सबै काम मैले मात्रै गरेको हुँ भन्न मिल्दैन । भूकम्पपछि संविधान निर्माणमा सबैलाई एकजुट बनाउने काम पनि गरेँ । संविधान जारीभएपछि चुनावको वातावरण बनाउनका लागि मधेशी जनतालाई पनि विश्वासमा लिने कुरामा पनि मेरो भूमिका रह्यो । अहिले चाँही कांग्रेससगको सहकार्य छोडेर एमालेसँग पार्टी एकता किन गर्न लाग्नुभयो ? नेपाली कांग्रेससँगको साथ छोड्यो भन्ने कुरा अहिलेसम्मको यात्राले पुष्टी गर्न सक्दैन । कांग्रेस वा एमालेसँग दुरी बढाएर यो देशको राजनीति अगाडि जाँदैन भन्ने मान्यताबाट म आइरहेको छु । एमालेसँग पार्टी एकता गर्ने कुरा त वैचारिक कुरा हो । कांग्रेससँग त हाम्रो पार्टी एकता सम्भव छैन । वैचारिक रुपमा हामी भिन्न छौँ । पार्टी एकता गर्नका लागि विचार मिल्ने भनेको एमालेसँग नै हो । तर कांग्रेससँगको सहकार्य टुटाउनु हुँदैन भन्ने मान्यतामा छु । मधेशवादी दललाई पनि विश्वासमा लिएर हिँड्नुपर्छ । मधेशवादी दलले भनेजस्तो संविधान संशोधनको मुद्दामा तपाई र केपी ओलीको मत मिल्न सक्छ ? अहिले प्रधानमन्त्री केपी ओलीले पनि आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ भनिसक्नुभएको छ । मैले त पहिलेदेखि नै भन्दै आएको छु । कांग्रेस पनि पहिलेदेखि नै संविधान संशोधनको पक्षमा छ । एमालेसँग पार्टी एकता गर्ने निश्चित जस्तै भइसक्यो । तपाई एक्काइसौँ शताब्दीको जनवाद पक्षधर, कसरी जनताको बहुदलीय जनवाद स्विकार गर्नुभयो ? बहुदलीय प्रतिस्पर्धा र शान्तिपूर्ण राजनीतिमार्फत देश विकास गर्नुपर्छ भन्ने मेरो मान्यता हो । समाजवादको लक्ष्य लिएर जाने कुरामा दुवै दल एकमत छौँ । यो अवस्थामा बहुदलीय जनवाद भन्दैमा तर्सिने अवस्था छैन । एमालेका साथीहरुले पनि एक्काइसौँ शताब्दीको जनवाद मान्न कुनै अप्ठ्यारो मान्नुपर्ने अवस्था छैन । किनकी यसमा पनि समाजवादको कुरा छ । दुवै दलको सिद्धान्तले देशमा राजीतिक योगदान दिएको छ । त्यसैले एकले अर्कालाई निषेध गर्नुपर्ने अवस्था छैन । यति मात्रै होइन, कांग्रेसको सिद्धान्तले पनि देशमा ठूलो योगदान दिएको छ । पार्टी एकतालाई त माओवादी एमालेमा विलय हुन लाग्यो, एमाले समुद्र, माओवादी नदी, नदी समुद्रमा मिसिन लाग्यो भन्नेहरु पनि छन् नि ? ६४ सालको चुनावमा हामी सबैभन्दा ठूलो दल बन्यौँ । ७० को चुनावमा कांग्रेस ठूलो बन्यो । ७४ मा आएर एमाले ठूलो बन्यो । त्यसैले समुद्र र नदी भन्नुको कुनै अर्थ छैन । बरु दुई ठूला नदीहरु एक भएर महासागरको यात्रामा जाँदैछौँ । सम्माजनक र समानताको आधारमा पार्टी एकता गछौँ । केपी ओली र तपाई दुवैजना पार्टीको अध्यक्ष बन्ने भनिएको छ । एउटै पार्टीको पनि दुईजना अध्यक्ष हुन्छ र ? यो कुनै नौलो कुरा होइन । महाधिवेशनसम्मका लागि अन्तरिमकालका लागि हामीले दुवैजनाले पालैपालो बैठकको अध्यक्षता गर्ने भनेका हाँै । विश्वमा पनि यस्तो अभ्यास हुने गरेको छ । महाधिवेशनबाट कसले नेतृत्व गर्ने भन्ने विषयमा केही सहमति भएको छ ? नेतृत्वको विषयलाई पार्टीका सबै तहका नेता कार्यकर्ताले चासोका साथ हेरेका छन् । लिडरसिप कसरी सेट गर्छन् भन्ने चासो सबैमा छ । तर हामीले अहिले नै यस विषयमा केही सहमति गरेका छैनौँ । महाधिवेशनले नै टुङ्गो लगाउने हो । तर म स्वभावैले पनि धेरैंभन्दा धेरैलाई मिलाएर लैजाने क्षमता राख्दछु । तपाई विद्रोही नेता, मिलाउनेभन्दा फुटाउने बढि गर्नुहुन्छ भन्ने आरोप छ नि ? यसले ध्वङ्स मात्रै गर्छ कि भन्ने ठान्छन् । तर म ध्वङ्सभित्र पनि निर्माण खोज्छु । राजतन्त्रको ध्वङ्स गरेर गणतन्त्र निर्माण गरेको हुँ । गणतन्त्र, संविधान निर्माणमा ठूलो भूमिका खेलेँ नि । अहिले कम्युनिष्टहरु मिलाउनका लागि पनि भूमिका खेलेँ । त्यसैले एकता हुने महाधिवेशनमा एमाले र माओवादीको सबै पंक्तिले मलाई विश्वास गर्छ भन्ने कुरामा म विश्वस्त छु । महाधिवेशनले तपाई पार्टी अध्यक्ष चयन गर्ला त ? दुवै दलका नेता कार्यकर्ताले मलाई नेता मान्छन् भन्नेमा म विश्वस्त छु । महाधिवेशनपछिको अध्यक्ष प्रचण्ड नै हो त ? अहिले नै त्यसरी निष्कर्ष निकाल्नु त उचित हुँदैन । मैले अहिले नै दाबी गरेको पनि होइन । महाधिवेशनको अधिकारलाई कटौति गर्ने गरी अहिले नै म अध्यक्ष भन्न मिल्दैन । तर मेरो भरोसा के छ भने मैले एमालेका पनि सम्पूर्ण पार्टी पंक्ति, माओवादी र अन्य कम्युनिष्टहरुको पनि विश्वास जित्न सक्छु भन्ने लाग्छ । सबैलाई मिलाएर लैजानका लागि मेरो भूमिका महत्वपूर्ण हुन्छ भन्ने लाग्छ । एकतापछि दुवै दलका शीर्ष नेताहरुलाई कसरी व्यवस्थापन गनहुन्छ ? अहिले जस्तै त हो नि । अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव, स्थायी समिति, पोलिटव्यूरो । सबै मिलिहाल्छ नि । केपी ओली नेतृत्वको सरकार पाँच वर्षका लागि नै हो त ? अहिले म सरकार कमजोर हुने खालको कुनै पनि अभिव्यक्ति दिन्न । एक वर्ष हो कि, दुई वर्ष हो कि भनेर अहिले नै सरकारलाई अस्थिर बनाउने प्रयास हुन सक्छ त्यसको म विरोधी हुँ । त्यसैले चितवन गएका बेला ओली नेतृत्वको सरकार पाँच वर्ष चल्छ भनेर बोलेको हुँ । पाँच वर्ष यही सरकार चल्नुपर्छ । पछिल्लो समय माधवकुमार नेपालसँग तपाईको कुरा मिलेको हो ? एमालेसँग कुरा मिल्नु भनेको माधवसँग पनि हो, झलनाथसँग पनि हो, सबैसँग हो । तर नेतृत्वका हिसाबले मुख्य रुपमा केपी ओलीसँग कुरा मिलेको हो । किनकी कम्युनिष्ट पार्टीमा नेतृत्वको अधिकार बढि हुन्छ । त्यसैले ओली र मबिचको समझादारीले नै एकता सम्भव हुने हो । ओली र तपाईबिच कुनै बेला आरोप प्रत्यारोप मात्रै हुन्थ्यो । अहिले कुरा मिल्नुको रहस्य के होला ? यसको फिलोसोफिकल र पोलिटिकल एक्सपेक्ट छ । राष्ट र जनतालाई केन्द्रमा राखेर इमानदारिताका साथ सोच्ने हो भने नयाँ परिवर्तन हुन्छ । हामी र गिरिजा पनि राम्रो सम्बन्ध थिएन । पछि भयो । केपी ओली पनि ठाडठाडै भन्ने । म पनि ठाडठाडै भन्ने नै हो फेरी । तर अहिले एकअर्काको महत्व वोध भयो । उहाँ पनि केही नयाँ गरौँ भन्ने सोच, मेरो पनि त्यही सोच । त्यसैले हामी मिल्यौँ । हामी दुईजना छलफलमा बस्दा कुरा निस्किएको थियो, उहाँ १४ वर्ष जेल बस्नुभयो, म १४ वर्ष वनवास, जङ्गलवास । हाम्रो सल्लाह भयो, १४ वर्ष जेल बस्दा र १४ वर्ष वनवास बस्दाको अनुभवबाट के भयो भन्ने कुरा संश्लेषण गर्ने । उहाँबाट पनि विशिष्ट चरित्र आयो, मबाट त्यस्तै । दुईवटा विशिष्ट पात्रहरु मिल्न पनि सक्ने र झगडा पनि गर्न सक्ने भन्ने सश्लेषण गरियो । अब कसरी अगाडि बढ्ने त ? ओली र ममा धेरै समानता छ । हामीलाई व्यक्तिगत रुपमा फाइदा लिनुपर्ने केही पनि छैन । म पनि पारिवारिक रुपमा धेरै पिडा भोगेर आएको छु । ओलीजिका सन्तान छैनन् । त्यसले नेपाली जनता नै हाम्रा सबथोक हुन् । अब देश र जनतको समृद्धिबाहेक हाम्रो कुनै सपना छैन । देश विकास र समृद्धिको नारा छ । यो कसरी सम्भव छ ? पहिलो कुरा नेपाली जनता धनी हुनुपर्यो । धनी हुनका लागि स्थायी सरकार हुनुपर्छ । आन्दोलन र अराजकता हुनुहुँदैन । म दश महिना प्रधानमन्त्री हुँदा एक दिन पनि आन्दोलन भएन । त्यसैले त आर्थिक वृद्धिदर भयो । लोडसेडिङ अन्त्यका लागि मन्त्री जनार्दश शर्मा र विद्युत प्राधिकरणका एमडि कुलमान घिसिङलाई व्यस्त बनाएँ । जसले गर्दा फटाफट आर्थिक वृद्धिद्धर बढ्यो । त्यसैले राजनीतिक स्थायित्वसँग आर्थिक विकास जोडिन्छ । राजनीतिक रुपमा राम्रो वातावरण भयो भने देशभित्रकै निजी लगानीकर्ता पनि आकर्षित हुन्छन् । विदेशी लगानीकर्ता पनि आउँछन् । विदेशी लगानी नल्याइकन विकास गर्छौँ भनेर हुँदैन । त्यसैले राजीतिक स्थायित्वबाट सबै कुराको बाटो खुल्छ । वाम गठबन्धन र पार्टी एकता चिनले गराइदिएको भन्छन् नि ? यो गलत हो । हामी आँफै मिलेका हौँ । एमाले र माओवादी मिल्नुमा अरु कसैको पनि भूमिका छैन । तर अहिलेको सरकारलाई भारत र चिन दुवैले समर्थन गरेका छन् । सहयोग गरेका छन् । नेपालको परराष्ट्र नीति कस्तो हुनुपर्छ ? विशेषगरी भारत र चिनबिचको सम्बन्ध कसरी सन्तुलित राख्न सकिन्छ ? भारत र चिनसँग सन्तुलित नीति बनाउन सकिन्छ । केही समयअघि गोवामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनका राष्ट्रपति सि जिन पिङपिङसँग एकसाथ भेट भएको थियो । त्यसबेला पनि त्रिदेशीय सम्बन्धका बारमो कुरा भयो । मोदीले पनि नेपाल सानो छैन भन्नुभयो । सि जिन पिङले पनि इतिहास हेर्ने हो भने नेपालको भूमिका महत्वपूर्ण छ भन्नुभयो । त्यसैले हामीलाई भारत र चिनसँग सन्तुलित सम्बन्ध कायम गर्न कुनै समस्या छैन । यसले नेपालको विकासलाइ तिब्रता दिन्छ । नेपालमा संघीयता कार्यान्वयन गर्न असम्भव छ भन्नेहरु पनि देखिए नि । तपाईलाई के लाग्छ ? अहिले भर्खर कार्यान्वयनको चरण भएकाले कोही कसैलाई अप्ठ्यारो लाग्न सक्छ । समस्या मात्रै देखिन सक्छ । तर विस्तारै सबै ठिक हुन्छ । अब पछाडि हट्ने भन्ने कुरै छैन । स्रोतः रिपोर्टर्सनेपालबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies