Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

५ लाख पर्ने सुट लगाएकोबारे उर्जामन्त्री पुनले निकाले यस्तो बिज्ञप्ति

\"\"काठमाडाैं । उर्जा, जलस्रोत एवं सिंचाईमन्त्री वर्षमान पुनले आफ्नो बारेमा साँघु साप्ताहिक र साँघुन्युज डटकममा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘पाँच लाखको सुट लगाउने सर्वहारा मन्त्री’ भन्ने शीर्षकमा साँघुन्युजमा प्रकाशित भएको उक्त समाचार भ्रामक, तथ्यहीन र कपोलकल्पित भएको स्पष्ट पार्दै पुनका प्रेस संयोजक रोशन खड्काले जारी गरेको विज्ञप्तिमा ५ लाख त के आफ्नो राजनीतिक जीवनभर १० हजारमाथिको सुट लगाएको प्रमाणित र पुष्टि गर्न चुनौती दिएका छन् । ‘कुनै पनि आधिकारिक प्रमाण र ठोस तथ्यबिना स्रोतको हवाला दिदैं लेखिएको उक्त समाचार व्यक्तिगतरुपमा आक्षेप लगाउने नियतका साथ आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो समाचारमा कुनै सत्यता नभएको समाचारको प्रस्तुतिले नै प्रष्ट पारेको छ ।’ उक्त समाचार पढ्दा मन्त्री पुनको चरित्रहत्या गर्न खोजिएको र आम पाठकमा भ्रम सिर्जना गर्न खोजिएको उल्लेख गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यदि सत्य समाचार हुन्थ्यो भने कुन ठाउँबाट सुट सिलाएको भन्ने कुरा पनि उल्लेख गर्नुपथ्र्यो र एकपटक पत्रकारिताको धर्मअनुसार नै सम्बन्धित पक्षको धारणा लिनुपथ्र्यो । तर, समाचारमा एकपक्षीय, पूर्वाग्रही ढंगले चरित्रहत्या गर्ने नियत राखिएको पाइयो । त्यसैले यो समाचारमा सत्यता नभएको र सम्पूर्ण जनसमुदायलाई भ्रममा नपर्न समेत हामी आग्रह गर्न चाहन्छौं ।’ ‘आमसञ्चारलाई हामी राज्यको चौथो अंगका रुपमा सदैव सम्मान गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘तर, जनतालाई सत्य, तथ्यबाट सूसुचित गर्ने गहन र महत्वपूर्ण जिम्मेवारी बोकेको निकायबाट यस्ता त्रुटिपूर्ण समाचारहरु प्रकाशन हुनुले हामीलाई अत्यन्तै दुःखित तुल्याएको छ ।’ विज्ञप्तिमा पाठकको सही सूचना पाउने अधिकारको सम्मान गर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गरिएको छ । प्रेस विज्ञप्ति उर्जा, जलस्रोत एवं सिंचाईमन्त्री वर्षमान पुनका बारेमा सांघु न्युज डटकममा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ‘पाँच लाखको सुट लगाउने सर्वहारा मन्त्री’ भन्ने शीर्षकमा साँघु न्युजमा प्रकाशित भएको उक्त समाचार भ्रामक, तथ्यहीन र कपोलकल्पित भएको हामी स्पष्ट पार्न चाहन्छौं । कुनै पनि आधिकारिक प्रमाण र ठोस तथ्य बिना स्रोतको हवाला दिदैं लेखिएको उक्त समाचार व्यक्तिगत रुपमा आक्षेप लगाउने नियतका साथ आएको छ । यो समाचारमा कुनै सत्यता नभएको समाचारको प्रस्तुतीले नै प्रष्ट पारेको छ । माननीय मन्त्रीज्यूले राजनीतिक जीवनमा आजसम्म पाँच लाख त के १० हजारभन्दा माथिको सुट लगाएको प्रमाणित गर्न पनि हामी सांघु न्युजलाई चुनौती दिन चाहन्छौ । यो समाचार पढ्दा मन्त्रीज्यूको चरित्रहत्या गर्न खोजिएको छ भने आम पाठकमा भ्रम सिर्जना गर्न खोजिएको छ । यदि सत्य समाचार हुन्थ्यो भने कुन ठाउँबाट सुट सिलाएको भन्ने कुरा पनि उल्लेख गर्नुपथ्र्यो र एकपटक पत्रकारिताको धर्मअनुसार नै सम्बन्धित पक्षको धारणा लिनुपथ्र्यो । तर, समाचारमा एकपक्षीय, पूर्वाग्रही ढंगले चरित्रहत्या गर्ने नियत राखिएको पाइयो । त्यसैले यो समाचारमा सत्यता नभएको र सम्पूर्ण जनसमुदायलाई भ्रममा नपर्न समेत हामी आग्रह गर्न चाहन्छौं । आमसञ्चारलाई हामी राज्यको चौथो अंगका रुपमा सदैव सम्मान गर्दछौं । तर, जनतालाई सत्य, तथ्यबाट सूसुचित गर्ने गहन र महत्वपूर्ण जिम्मेवारी बोकेको निकायबाट यस्ता त्रुटिपूर्ण समाचारहरु प्रकाशन हुनुले हामीलाई अत्यन्तै दुःखित तुल्याएको छ । त्यसैले पाठकको सही सूचना पाउने अधिकारको सम्मान गर्न पनि हामी सम्बन्धित पक्षको ध्यानाकर्षण गर्न चाहन्छौं । मितिः २०७४/१२/१२

रोशन खड्का प्रेस संयोजक उर्जा, जलस्रोत एवं सिंचाईमन्त्रीको सचिवालय

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending