Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

इयु निर्वाचन प्रतिवेदनको विरोधः संसदमा कसले के-के भने ?

[caption id=\"attachment_178285\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption]

काठमाडौं । प्रतिनिधिभसाको आजको बैठकमा सांसदहरुले युरोपेली संघ (इयु)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् ।

बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका भीम रावलले नेपाली जनताको चाहनामा निर्माण भएको संविधानका प्रावधानमाथि प्रहार हुने गरी इयुले प्रतिवेदन जारी गरेको भन्दै आपत्ति जनाए । उनले भने “कुनै पनि देशमा यस्तो खालको हस्तक्षेप सह्य हुँदैन । नेपाल लोकतन्त्रमा विश्वास गर्ने राष्ट्र हो ।” नेपाल अन्तरराष्ट्रिय सम्बन्ध, संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेख भएअनुसार अन्तरराट्रियस्तरमा राम्रो सम्बन्ध राख्न चाहन्छ भन्दै उनले नेपालको संविधान समानुपातिक समावेशीताको दृष्टिकोणबाट कुनै पनि देशको भन्दा कम नरहेको दाबी गरे । संविधानसभाबाट लेखिएको संविधानलाई समानुपातिक समावेशीताको अभ्यासद्वारा समृद्ध मुलुक बनाउने अभियानमा नेपाल रहेको बताउँँदै सांसद रावलले भने “अप्ठ्यारोमा परेका बेलामा मित्र राष्ट्रहरुले हाम्रो देशमा सहयोग गर्न सक्नुहुन्छ तर, संविधान, सार्वभौमसत्तालाई आघात पु¥याउने काम गर्नु गलत हो ।” बैठकमा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी क्षेत्र नं ४ मा गत शनिबार आगलागीबाट भएको क्षतिको बारेमा जानकारी गराउँदै तत्काल राहतका लागि सरकारको ध्यानाकर्षण गराए । उनले विपद्मा जनताको जीवन र सम्पत्ति रक्षाका लागि विशेष व्यवस्था गर्न संसद्मार्फत सरकारसँग माग पनि गरे । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेपाल सार्वभौम राष्ट्र भएको र आन्तरिक मामिलामा कसैले गरेको हस्तक्षेप सह्य नहुने बताए । उनले इयुको निर्वाचन पर्यवेक्षण प्रतिवेदन अपमानजनक भएको पनि बताए । राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्णले मधेशी, थारु र मुस्लिमलगायत अल्पसंख्यक जनता अझै विभेदमा रहेको बताउँदै समानुपातिक समावेशी व्यवस्थामा रहेका कमजोरी सच्याई कार्यान्वयनमा ल्याउनुपर्ने धारणा व्यक्त गरे । संघीय समाजवादी फोरम नेपालका राजेन्द्रप्रसाद श्रेष्ठले नेपालले बाह्य हस्तक्षेप नस्वीकार्ने बताए र नेपालको संविधान संघीयता, गणतन्त्र, र समानुपातिकको मामिला हिजोको भन्दा एक कदम अघि रहेको दाबी गरे । नेपाली काँग्रेसका प्रदीप गिरीले संविधान जारीपछि नेपाल नयाँ युगमा प्रवेश गरेको बताए । संविधान कार्यान्वयनमा आउने सबै खालका चुनौतीको सामना गर्नुपर्ने उनको भनाइ थियो । माओवादी केन्द्रका शशी श्रेष्ठले मुलुकभर महिला हिंसाका घटना बढिरहेको भन्दै यस्ता खालका घटना नियन्त्रण गर्न देवानी र फौजदारी कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने विचार व्यक्त गरे । सोही पार्टीका सुदन किरातीले सीमा क्षेत्रमा नेपालीले आवतजावत गर्दा भोग्नुपरिरहेका कष्टप्रति सरकारको ध्यानाकर्षण गरे । एमालेका विरोध खतिवडाले पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणका विषयमा संसद्मा छलफल हुनुपर्ने बताए । बैठकमा नियमापत्ति गर्दै उनले यो भनाइ राखेका हुन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending