Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

मिलाएर पिए रक्सि पनि अाैषधि, यी रोगको सम्भावना कम हुन्छ

\"\"जुन व्यक्तिले हप्तामा तीन देखि चार पटकसम्म मदिरा सेवन गर्छन् उनीहरुलाई कहिल्यै मदिरा सेवन नगर्ने व्यक्तिहरुलाई भन्दा टाईप २ मधुमेह रोग लाग्ने सम्भावना कम रहेको डेनमार्कका अनुसन्धानकर्ताहरुले जनाएका छन् । रगतमा चिनीको मात्राको व्यवस्थापन गर्ने सम्भावनाका कारण खासगरि वाइनको सेवन फाइदाजनक हुनसक्ने डायवेटोलोजियामा प्रकाशित उक्त अध्ययनमा भनिएको छ । अनुसन्धानकर्ताहरुले ७० हजार मानिसहरुलाई उनीहरुले सेवन गर्ने मदिराको परिमाण र उनीहरुले कतिचोटी पिउँछन् भन्ने बारे सोधपूछ गरेका थिए । तर विशेषज्ञहरुले यसलाई तोकिएको परिमाण भन्दा बढी मदिरा सेवन गर्न अनुमती मिलेको रुपमा नलिन भनेका छन् । पब्लिक हेल्थ ईङ्गल्याण्डले मदिरा सेवन क्यान्सर, मुटु र कलेजोसँग सम्बन्धित अन्य कतिपय गम्भीर रोगका कारक हुने चेतावनी दिएको छ। \"मानिसहरुले कति मदिरा सेवन गर्ने भन्ने बारेमा सोच्दा यो यथार्थलाई पनि ध्यानमा राख्नु पर्छ,\' एकजना प्रवक्ताले भनिन् ।उक्त अध्ययनको नेतृत्व गरेका युनिभरसिटी अफ साउदर्न डेनमार्कका प्राध्यापक यान टल्स्ट्रपले भने, \"हामीले देख्यौं कि एकै पटक धेरै मदिरा सेवन गर्नुभन्दा चार हिस्सामा बाँडेर सेवन गर्नु राम्रो हुन्छ ।\" उक्त सर्वेक्षणमा सम्मिलित सहभागीहरुमाथि पाँच वर्षपछि पुन: स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसमा ८५९ पुरुष र ८८७ महिलालाई टाईप १ वा धेरैलाई लाग्ने टाईप २ प्रकारको मधुमेह लागेको पत्ता लाग्यो । हप्तामा एक पटक भन्दा कम मदिरा सेवन गर्ने मानिसको तुलनामा थोरै थोरै परिमाणमा हप्ताको तीन देखि चार पटकसम्म मदिरा सेवन गर्ने महिलाहरुमा मधुमेहको जोखिम ३२ प्रतिशतले कम भएको र पुरुषमा २७ प्रतिशतले कम भएको निचोड अनुसन्धानकर्ताहरुले निकालेका छन् । उक्त अध्ययनले सबै प्रकारका मदिराले एकै किसिमको प्रभाव नपार्ने समेत देखाएको छ । मदिरामध्ये विशेषगरि रेड वाइनमा हुने पोलीफेनल्स पदार्थका कारण त्यसको सेवनले रगतमा चिनीको मात्रा व्यवस्थापन गर्न फाइदाजनक हुनसक्ने बताइएको छ । हप्तामा कम्तिमा एउटा वियर खाने पुरुषको तुलनामा ६ वटासम्म वियर सेवन गर्ने पुरुषलाई मधुमेहको जोखिम २१ प्रतिशतले घटेको तथ्य अध्ययनबाट फेला परेको छ । तर महिलाहरुमा भने यसको त्यस्तो कुनै प्रभाव देखिएन । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: