Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

एमालेको साठी-चालिसे दादागिरीमा पार्टी एकता हुदैन, बरू सरकारबाट पछि हट्छाैं: प्रचण्ड

\"\"काठमाडौ । नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले ५०/५० काे हाराहारीमा मात्र पार्टी एकता सम्भव हुने सार्बजनिक गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनले बराबरी हैसियतमा नभए एकता असम्भब रहेको दावी गरे । अध्यक्ष प्रचण्डले एकताका विषयमा एमालेले ६०/४० काे दादागिरी देखाएकाे खण्डमा ओली सरकारबाट बाहिरेने चुनाैती दिएका छन् । एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौदा तयार भएको जनाएकाे छ । मस्यौदामा दुई अध्यक्षले आलोपालो प्रणालीबाट एकीकृत पार्टी चलाउने बताइएको छ । नयाँ बन्ने पार्टीकाे ३३ सदस्यीय स्थायी समिति, ९९ सदस्यीय पोलिटब्युरो र करिब ८ सय सदस्यीय राष्ट्रिय परिषद् सदस्य हुनेछन भनी मस्यौदामा भनिएको छ । विधान मस्यौदाको प्रस्तावनामा ‘जनआन्दोलन र जनक्रान्ति’ शब्द उल्लेख गरिए पनि ‘जनयुद्ध’ शब्द के गर्ने भन्ने बारेमा ठूलो विवाद देखिएको छ । माओवदीका लागि जनयुद्ध शब्द घाँटीको घन्टी हो भने एमालेका लागि घाँडो बनेको छ । ‘जनक्रान्ति’ लेखिसकेपछि ‘जनयुद्ध’को अर्थ नरहने एमालेको अडान छ भने माओवादीले ‘जनयुद्ध’ शब्द नभई नहुने अडान कायमै राखेकाे छ । अर्को विवाद सूर्य कि सूर्यभित्र हँसिया–हथौडा भन्नेमा देखिएको छ । माओवादी नेताहरूले सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने अडान लिएका छन् भने एमाले नेताहरुले सूर्य चिह्न २०४८ देखि नै जनस्तरमा गएकाले यहि नै हुनुपर्ने जिकिर गरेका छन् । माओवादी केन्द्रले भने आफ्नो हँसिया हथौडा नछोड्ने अडान लिएकाे छ । यदि हसिया हथौडा र सूर्यले एकताको डोरीलाई क्षति पुग्ने हो भने  सूर्यभित्र हँसिया–हथौडा कायम गरिनु पर्छ भनेकाे छ । दुई पार्टीको भागबन्डा अर्को बाधक बन्ने देखिएको छ । भागबन्डाकाे अनुपातमा ६०–४० भए यसैमा ठूलाे विवाद मच्चिने जनइस्तरमा पनि चर्चा चलेकाे छ । यसलाइ सहज बनाउन ५०/५० कै अनुपातमा एकीकरण सहज हुने तर्क सर्वत्र भएकाे छ । समान अनुपातको भएन भने एकताकाे विषय नै बाम एकताका लागि घाँटिकाे हड्डी सावित हुने राजनैतिक वृतमा टिप्पणी गरिएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy