उत्तर र दक्षिण कोरियाका नेताहरूले आउँदो एप्रिल महिनाको अन्तिम साता भेटवार्ता गर्ने तय भएको छ।
एउटा संयुक्त वक्तव्यमा जनाइएअनुसार उत्तर कोरियाली नेता किम जङ अन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच भेटवार्ता हुनेछ। उक्त शिखर वार्ताको तयारी लागि दुई देशका अधिकारीहरूबीच भेटवार्ता भएपछि यो घोषणा भएको हो। एप्रिल २७ मा तोकिएको शिखर वार्ता एक दशकपछि पहिलोपटक हुन लागेको हो। यही साता उत्तर कोरियाली नेता किम र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच बेइजिङमा भेटवार्ता भएको थियो। सो भेटवार्तामा उत्तर कोरियाली नेताले कोरियाली प्रायद्वीपलाई परमाणु निश्शस्त्रीकरण गर्न प्रतिबद्धता जनाएको बताइएको छ। हालसालै किमले अमेरिकी राष्ट्रपतिसँग आफूले भेट्न चाहेको पनि बताएका थिए। उक्त प्रस्ताव ट्रम्पले स्वीकार पनि गरे। त्यसलाई ट्रम्पको महत्त्वपूर्ण विदेशनीति निर्णयको रूपमा हेरिएको छ। ट्रम्पले छिटोमा मे महिनासम्म भेट्न सकिने बताएका थिए। तर चीनका लागि अमेरिकी राजदूतले बीबीसीसँग कुरा गर्दै परमाणु निश्शस्त्रीकरण गर्ने किमको प्रतिबद्धतामा आफूलाई विश्वास नरहेको बताए। अन्तर कोरियाली शिखर वार्ता सीमावर्ती पान्मुन्जोममा हुनेछ। मिलाप गराउने गाउँका रूपमा चित्रित उक्त स्थानमा रहेको \'साउथ कोरियन पिस हाउस\'मा वार्ता हुने बताइएको छ। सन् १९५३ मा कोरियाली युद्ध अन्त्य गर्ने गरी भएको सम्झौतापछि दुई देशका नेताले दुई पटकमात्रै भेटेका छन्। आगामी भेटवार्ता तेस्रो हुनेछ। यसअघि सन् २००७ मा उत्तर कोरियाका पूर्व नेता किम जङ इल र पूर्व दक्षिण कोरियाली राष्ट्रपति रो मु ह्युनबीच उत्तर कोरियाली राजधानी प्योङयाङमा शिखर वार्ता भएको थियो। त्यसअघि सन् २००० मा त्यस्तो वार्ता भएको थियो। तर ती वार्ताहरू कोरियाली प्रायद्वीपमा दिगो शान्ति कायम गर्न भने असफल रहेको देखिन्छ। बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: