Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

भूकम्पको केन्द्र पुगेर प्रचण्डले भने– ‘भुइँचालोले सबैकाे दिमाग हल्लायो, अब संविधान बन्छ’

[caption id=\"attachment_17543\" align=\"alignnone\" width=\"768\"]\"file file photo[/caption] गोरखा, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल \'प्रचण्ड\' ले अहिलेको भूकम्पको विपदले सबै राजनीतिक पार्टीहरुलाई लचिलो हुन माग गरेको बताएका छन् । ‘भुइँचालोले सबैकाे दिमाग हल्लायो, अब संविधान बन्छ’ भन्दै, हिजो सँगै बस्न तयार नभएका दलहरु आज एउटै संकल्प प्रस्ताव लिएर जान तयार भएको उनले बताए । प्रकोपलाई अघि सारेर संविधान निर्माणका काममा ढिला गर्न नहुने उनले बताए । भूकम्पका केन्द्र विन्दु रहेको गोरखाको स्थलगत निरीक्षणका लागि गोरखा आईपुगेका पूर्व प्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष प्रचण्डले प्रकोप लगतै आफूले राजनैतिक नेतृत्वले नयाँ संकल्प गर्नुपर्ने कुरा माग राखेको र त्यो संसदबाट पारित समेत भएको बताए । यतिबेला राहत तथा उद्धारमा लागि पर्नु परेका कारण बलियो सरकारको आवश्यकता रहेको उनको भनाई छ । राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने कुराहरु सत्तापक्षबाट उठिरहेको उनले बताए । यतिबेला सरकार कमजोर भयो भने सार्वभौम राष्ट्रमा विदेशी चलखेल बढ्ने उनको भनाई छ । राहत तथा उद्धारका काम सरकारी कोषबाट नै गर्नुपर्ने प्रचण्डको भनाई छ । विदेशी तथा दातृनिकायहरुले सहयोग गरिरहेका छन् त्यो सबै सरकारको कोष मार्फत एकद्वार प्रणालीबाट हुने पर्ने उनले बताए । निर्वाचित सरकार, निर्वाचित सभासद, व्यवस्थापिका संसद, राजनैतिक दल सबैलाई मान्य हुने गरी जानुपर्नेमा प्रचण्डको जोड थियो । नेपालको सरकार बलियो भएर लागि पर्नुपर्दछ । सरकार बलियो भयो भने सबैले सहयोग गर्दछन् । गोरखामा पहिरो गएर रोकिएका बाटो खुलाउने काम पहिलो प्राथमिकतामा पर्ने उनले बताए । जिल्लाको बारपाकसम्म र आरुघाटबाट माथि जाने बाटो खुलाई खाद्यन्न ढुवानी गर्नुपर्ने प्रचण्डले बताए । वर्षातका लागि यतिबेलै खाद्यन्न ढुवानी गरेर संकलन गरी राख्नुपर्ने उनको भनाई छ । हेलिकप्टरबाट सँधै ढुवानी गरेर नचल्ने उनले बताए । संकल्प प्रस्तावमा कहिँकसैलाई भोकै मर्न नदिईने कुरा उल्लेख गरिएका कारण सबै नागरिकहरुले खान पाउनुपर्ने उनको भनाई छ । खाद्यन्न, पाल नपुगेको कुरा आफूले व्यवस्थापिका संसदमा राख्ने उनले बताए । उत्तरी गोरखामा चर्को समस्या रहेका कारण यसको निराकराणका लागि तत्काल पहल गर्ने उनले बताए । पाल तत्काल उद्धारको सामग्री भएको तर राहत नभएको उनको भनाई छ । वर्षातका लागि अस्थायी घरको तत्काल आवश्यक भएका कारण यसबारेमा पनि आफूले संसदमा कुरा राख्ने उनको भनाई थियो । राजेन्द्र न्यौपाने/रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies