Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

यी ठाउँहरूमा बनाउँदै छ सरकारले पाँच वर्षभित्र मोनो र मेट्रो रेल

\"\"काठमाडौं । एमाले र माओवादी केन्द्रको सरकारले काठमाडौं उपत्यकाभरि मोनो र मेट्रोरेल बनाउने निर्णय गरेका छन् । केपी ओली नेतृत्वमा वाम गठबन्धनको सरकार बनेसँगै एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको कार्यदलले त्यस्तो प्रतिवेदन तयार गरेको हो । सो प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाइसकिएको छ । सो कार्यदलले पाँच वर्षभित्र गरिने विकासको फ्रेमवर्क नै तयार गरेको छ । जसमा महत्वाकांक्षी ठूल्ठूला परियोजना निर्माण गरिने उल्लेख छ । रेलमार्ग निर्माण आफैंमा धेरै खर्चालु हुन्छ । एक किलोमिटर रेलमार्ग निर्माण गर्दा डेढदेखि साढे चार अर्ब रुपैयाँसम्म खर्च हुने रेल विभागका अधिकारीहरूको भनाइ छ । नेपालको भौगोलिक अवस्थाका कारण जुनसुकै रेलमार्ग निर्माण गर्दा पनि अर्बौअर्ब खर्च लाग्ने हुन्छ । जुन अहिलेको नेपालको आर्थिक अवस्थाले धान्न सक्ने अवस्था छैन । तर, वाम गठबन्धनले समृद्ध नेपालका लागि तयार पारेको प्रतिवेदनमा रेलमार्ग निर्माण गर्नेबाहेक अरु केही उल्लेख छैन । प्रधानमन्त्री ओलीले मुलुकका प्रायः कार्यक्रममा रेल चलाएर छाड्ने बताउँदै आएका छन् । उनले हालै सम्पन्न तीन दिने भारत भ्रमणका क्रममा समेत वीरगन्जदेखि काठमाडौंसम्म रेल चलाउने सहमति गएर आएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले पहिलो दल बन्ने निश्चित भएपछि ओली रसुवागढी पुगेर ‘ऊ त्यहाँबाट चीनको रेल आउँछ’ भनेर तस्बिर खिचाएका थिए । कहाँ कहाँ रेलमार्ग बनाउने योजना छ त सरकारकोः १. काठमाडौं उपत्यकामा मोनोरेल तथा मेट्रोरेल तीनदेखि पाँच वर्षभित्र निर्माण गर्ने । २. काठमाडौंको चक्रपथभित्र विष्णुमति, बागमती, धोबीखोला र मनोहरा करिडोर र बालाजु–सूर्यविनायक खण्डमा मोनोरेल निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्ने । ३. काठमाडौं उपत्यकाको चक्रपथ वरिपरि, बुढानिलकण्ठदेखि सानेपा र साँगा भन्ज्याङदेखि थानकोटसम्म भूमिगत साथै स्थलगत मेट्रोरेल निर्माण कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने । ४. पूर्वपश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्गको समानान्तर रेलमार्ग पाँच वर्षभित्र सम्पन्न गर्ने । ५. रसुवागढी–काठमाडौं–पोखरा लुम्बिनी रेलमार्ग पाँच वर्षभित्र सम्पन्न गर्ने । ६. काठमाडौं वीरगञ्ज रेलमार्ग पाँच वर्षभित्र सम्पन्न गर्ने । ७. भित्री मधेसको समानान्तर हुने गरी पूर्व पश्चिम कृषि तथा औद्योगिक रेलमार्गको सर्भे तथा विस्तृत परियोजना प्रतिवेदन तीन वर्षभित्र तयार गर्ने । ८. हिमाली राजमार्गको समानान्तर दार्चुलाको टिंकरदेखि ताप्लेजुङको पाथिभरासम्मको पूर्वपश्चिम पर्यटन रेलमार्गको सम्भाव्यता अध्ययन पाँच वर्षभित्र सम्पन्न गर्ने । ९. ठूला नदी प्रणालीहरूमा जलमार्ग निर्माणको कार्य अघि बढाउने । १०. कोसी, गण्डकी र कर्णाली नदीमा आन्तरिक र बाह्य जलमार्गको सम्भाव्यता अध्ययन गरी जलमार्गको विकास गर्ने । ११. छिमेकी मुलुकहरूसँगको समन्वयमा समुद्रमा नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन गर्ने कार्य अघि बढाउने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending