Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

सरकारले भर्ना अभियान मनाइरहँदा दुई प्रतिशत बालबालिका विद्यालय बाहिर

\"\"नवलपरासी । नवलपरासी जिल्लामा हाल करीब दुई प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेको तथ्यांक रहेको छ । शिक्षा विकास तथा समन्वय इकाई (शिक्षा कार्यालयको परिवर्तन भएको नाम) नवलपरासीका अनुसार सो तथ्यांक रहेको कार्यालयले जनाएको छ । पाठ्यपुस्तक, शैक्षिक सामग्री, पोशाक लगायतका आवश्यक सामग्रीको आभावले कुनै पनि बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर नहुने गरी यस वर्ष कार्य अघि बढाइएको जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कमालले जानकारी दिए। आधारभूत तहसम्म सामुदायिक विद्यालयका विद्यार्थीलाई सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने गरेको र उक्त रकम स्थानीय तहबाट निकासासमेत भइसकेकाले समयमै विद्यालयले पुस्तक उपलब्ध गराउनुपर्नेछ । पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी दुवै जिल्लामा यस वर्षको विद्यार्थी भर्ना अभियान जारी छ । यस शैक्षिक सत्रबाट जनप्रतिनिधिले कुनै पनि बालबालिका शैक्षिक सामग्रीको अभावमा विद्यालयको पहुँचभन्दा बाहिर नहुने दाबी गरेका छन् । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ शिक्षा विकास तथा समन्वय इकाईले जिल्लाभरि विद्यार्थी भर्ना अभियान सञ्चालन गरिसकेका छन् । रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले विद्यार्थी भर्ना अभियान सञ्चालनसँगै भर्ना भएका विद्यार्थीको निरन्तर कक्षा सञ्चालन गरी भर्ना अभियानलाई समेत निरन्तरता दिनुपर्नेमा जोड दिए। बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्यालले स्थानीय तहमा खटेका शिक्षा शाखाका कर्मचारी स्थानीय तहमा पूर्ण समय दिन नसकेको भन्दै शिक्षा समन्वय इकाईले समय बन्दोबस्त गराउनुपर्नेमा जोड दिए । भर्ना कार्यक्रमलाई प्रभावकारी बनाउन वैशाख १४ गतेसम्म भित्र भर्ना हुने विद्यार्थीलाई मुस्कान सहितको फूल अबिर तथा स्थानीय संस्कृतअनुसार स्वागत गर्ने, वैशाख १५ गतेदेखि भर्ना नभएका विद्यार्थीलाई सम्पूर्ण सरोकारवालाको सहभागितामा घरदैलो भ्रमण गरी अभिभावकलाई शिक्षाको महत्वसम्बन्धी परामर्श गर्ने योजना छ । स्थानीय तहले कुनै पनि उमेर समूहका बालबालिका विद्यालयबाहिर नरहने प्रतिबद्धता व्यक्त गर्ने, भर्ना भएका विद्यार्थीलाई टिकाइराख्न र गुणात्मक शिक्षा व्यवस्थापनका लागि निरन्तर प्रभावकारी क्रियाकलाप सञ्चालन गर्नुपर्ने लगायतका कार्यक्रम जारी छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending