Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

स्पेन: पृथकतावादीहरूलाई रिहा गर्न माग

\"\"क्याटलान स्वतन्त्रता पक्षधर नेताहरूलाई थुनामा राखेको विरोधमा निकालिएको प्रदर्शनमा तीन लाखभन्दा बढी मानिस सहभागी भएको बार्सिलोनास्थित प्रहरीले बताएको छ ।

गत अक्टोबरमा स्पेनबाट अलग हुनका लागि विवादास्पद जनमत संग्रह गरिएयता क्याटलोनिया क्षेत्रमा संकट जारी रहेको छ । जनमत संग्रहका क्रममा कानूनको उल्ल्द्धन संलग्न भएको आरोप लगाउँदै दुई जना स्वतन्त्रता पक्षधर अभियानकर्मीलाई थुनामा राखिएको छ महिना पुगेको बेला ती विरोधप्रदर्शनहरू भएका छन् । बार्सिलोनाका मुख्य चोकहरुमा गरिएका शान्तिपूर्ण विरोधमा ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएको र तिनीहरुले राजनीतिक आस्थाका बन्दीहरूलाई रिहा गर्नुपर्ने नारा लगाएको बीबीसीका युरोप क्षेत्रीय सम्पादक ड्यानी एबरहार्डले बताउँछन् । ती प्रदर्शनकारीहरूले पहेलो रंगको रिबन बाँधेका थिए र त्यही रंगको टिसर्ट लगाएका थिए । प्रदर्शनका क्रममा धेरैजनाले स्वनिर्वासनमा रहेका स्वतन्त्रता पक्षधर नेताहरूप्रति समर्थन जनाउँदै क्याटलोनियाको पृथकतावादी झण्डा फहराएका थिए साथै स्वतन्त्रताको माग गरिएका सन्देश लेखिएका प्लाकार्डहरू बोकेका थिए । जनमतसंग्रहपछि मड्रिडस्थित केन्द्रीय सरकारले क्याटलान क्षेत्रीय संसद्लाई बर्खास्त गरिदिएको थियो र प्रत्यक्ष शासन लागू गरेको थियो । साथै त्यहाँ नयाँ चुनाव गराइएको थियो जसमा स्वतन्त्रता-पक्षधर दलहरू झिनो मत अन्तरले विजयी भएका थिए । स्पेनका विभिन्न कारागारहरुमा हिरासतमा राखिएका अन्य नौजना नेताहरुले विद्रोह र देशद्रोहको आरोपमा हुने सम्भावित सुनुवाइ कुरिरहेका छन् । प्रदर्शनकारीहरुले नियन्त्रणमा लिइएका ती दुईजनासँगै अन्य क्याटलान नेताहरूलाई राजनीतिक आस्थाका बन्दीका रुपमा हेर्छन् । तर मड्रिडस्थित अधिकारीहरूले पृथकतावादी नेताहरू‚ राजनीतिक आस्थाको बन्दी भएको अस्वीकार गरेका छन् र गैरकानुनी जनमत संग्रह गराउन उनीहरूले खेलेको भूमिकाका लागि उनीहरूले स्वतन्त्र न्यायिक प्रकियाको सामना गर्नुपर्ने बताएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending