Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

बर्षमानको 'एक्सन': काम नगर्ने २० हजार मेगावाट अायोजनाको अनुमतिपत्र रद्द गर्ने

\"\"काठमाडाैं । विद्युत उत्पादन र सर्वेक्षण अनुमतिपत्र लिएका चार सयभन्दा बढी जलविद्युत आयोजनाहरूमध्ये अधिकांशले काम नगरी खोला ओगटेर बसेको पाइएको अधिकारीहरूले बताएका छन् ।

त्यस्ता आयोजनाहरूको कुल अधिकतम क्षमता २० हजार मेगावाटभन्दा बढी भए पनि काम अगाडि नबढेपछि अनुमतिपत्र रद्द गर्ने मनस्थितिमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेको जनाइएको छ । तर स्वतन्त्र उर्जा उत्पादकहरूको संस्थाले कतिपय सरकारी नियम अव्यवहारिक रहँदा समस्या आएको भन्दै आफ्नो बचाउ गरेको छ । १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्य पूरा गर्न कडा रुपमा प्रस्तुत हुने उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताएका छन् । त्यस्तैमध्ये एउटा ठानिएको कदममा, पुनले अनुमति लिएर काम अघि नबढाइ आयोजना ओगटेर बसेका कम्पनी तथा व्यक्तिका अनुमतिपत्र रद्द गर्ने चेतावनी दिए । उनले भने, \'कुनै पनि हालतमा अनावश्यक रुपमा लाईसेन्स ओगट्ने, विक्री गर्ने, लाईसेन्सको खेती गर्ने अवस्था हुनुहुँदैन र त्यस्ता अवस्थाहरूलाई निरूत्साहित गर्नुपर्छ। काम नगर्नेहरूलाई खारेज गर्दै जसले काम गर्छ त्यसलाई अनुमति दिने खालको व्यवस्था गर्नुपर्छ भनेर स्पष्ट निर्देशन दिइसकेको छु ।\' उर्जामन्त्री पुनले अनुमतिपत्र लिएर काम नगर्नेलाई समयसीमा नै तोकेर कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए । त्यसरी \'झोलामा खोला\' राख्ने लगानीकर्तामा अधिकांश स्वदेशी र केही विदेशी रहेको बताइएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको छाता संस्था इप्पान, कतिपय सरकारी नियम व्यवहारिक नरहेको भन्दै त्यसका कारण ढिलाइ भएको तर्क गर्छ । उक्त संस्थाका उपाध्यक्ष कुमार पाण्डेले भने, \'प्रशारण लाइन छैन भने आयोजना कसरी बन्छ? उर्जा खरिद सम्झौता गरिँदैन । बन क्षेत्रमा एउटा रुख काट्न दुई-तीन वर्ष लाग्छ । यस्ता समस्या नसल्टाउने अनि लाईसेन्स मात्र खारेज गर्छु भनेर कसरी समाधान निस्कन्छ ।\' उर्जा मन्त्रालयका अनुसार हालसम्म सर्वेक्षण अनुमतिपत्र लिएका २९१, उत्पादन अनुमति पत्र लिएका १७०, सर्वेक्षण र उत्पादन अनुमतिका लागि दर्खास्त हालेका ५२ र सञ्चालनमा रहेका ८५ आयोजना छन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमति लिएर निस्क्रिय बसेका कतिपय आयोजनाहरूमाथि अनुसन्धान तथा कारबाही गरेको थियो । विगतमा पनि उर्जामन्त्रीहरूले विद्युत उत्पादन नगर्नेप्रति कडाइपूर्वक प्रस्तुत हुने बताए पनि कार्यान्वयन पक्ष फितलो देखिएको थियो ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending