Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

सोलुखुम्बु ४२ आैं पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

\"\"सोलुखुम्बु । सोलुखुम्बु ४२ औं पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । आइतबार आंैपचारिक कार्यक्रमको आयोजना गरेर सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो । सदरमुुकाममा भव्य ¥याली र कार्यक्रम गरेर सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य हेमकुमार राई सुरवीरले सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चिता घोषणा गरे । जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुमबुबाट शुरु भएको ¥यालीले जिल्ला प्रशासन कार्यालय परिसर हँुदै जिल्ला समन्वय समितिको हलमा गएर कार्यक्रममा परिणत भएको थियो । जिल्ला खोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य राईसँगँै प्रदेशसभा सदस्य वुद्धिकुमार राजभण्डारी, राष्ट्रिय खोप समन्वय समितिको सचिवालयका प्रतिनिधि, जिल्लाका सम्पूर्ण स्थानीय तहका प्रमुख, सरकारी कार्यालय प्रमुख एवं प्रतिनिधि, स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै सांसद हेमकुमार राईले जिल्लाको विकासको सूचकको रुपमा पूर्ण खोपयुक्त जिल्ला बनेकोमा सम्पूर्ण सोलुखुम्बुवासीलाई बधाई दिए । “संघीयता कार्यान्वयनका अभ्यासका क्रममा रहेकाले थुप्रै चुनौती रहेपनि यस्लाई अवसरमा परिणत गर्न सक्नुपर्छ” उनले भने । सोलुखुम्बुु प्रदेशसभा ‘ख’ का सांसद एवं नेकपा एमाले प्रदेश नं १ का प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारीले संघीयता कार्यान्वयनमा एकजुट भएर पार्टीगत रुपमा नभई जनपक्षीय रुपमा काम गर्न आब्हान गरे । जिल्ला जनस्वास्थ्य कार्यालयले पूर्ण खोपको अभियानमा एक हजार ९२४ जना बालबालिकालाई खोप दिएको छ । आर्थिक वर्ष २०७४ सालबाट शुरु भएको पूर्ण खोप कार्यक्रम साविक तिङ्ला गाविसबाट शुरु भएको थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending