Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

व्यापारिक मार्ग विस्तारमा जितपुर बजार बाधक

 

\"\"वीरगञ्ज । पथलैयादेखि परवानीपुर हुँदै एकीकृत जाँच चौकी (आइसिपी) सम्म २७ किलोमिटर छ लेनको व्यापारिक मार्ग निर्माणमा जितपुर बजार बाधक बनेको छ । व्यापारिक मार्ग विस्तार आयोजना वीरगञ्ज पथलैया कार्यालयका अनुसार सो सडक निर्माणको क्रम अगाडि बढेपनि जितपुर बजारवासीले सडक क्षेत्रमा पर्ने घर टहरा तथा भौतिक संरचना भत्काउन मानेका छैनन् । बारम्बार सूचना जारी गरे पनि जितपुर सिमरा उपमहानगरपालिका– ७ जितपुर बजारका बासिन्दाले २५ मिटरभित्रको संरचना हटाउन अटेर गरेकाले सो व्यापारिक मार्ग निर्माणमा ढिलाइ भएको हो । स्थानीय प्रशासनको सहयोगमा वैशाख १० गतेभित्र डोजर लगाएर ती संरचना भत्काइने भएको छ । केन्द्रबिन्दुबाट दायाँबायाँ २५/२५ मिटर सडक विस्तार गर्दा जितपुर बजार क्षेत्रमा ठूला साना गरी २०९ वटा घर भत्काउनु पर्ने योजना प्रमुख रवीन्द्र लाल दास बताउँछन् । पथलैया वीरगञ्ज औद्योगिक करिडोरदेखि आइसिपीसम्म सरकारले २०७३ असार २९ देखि निर्माण शुरु गरेको थियो । सो व्यापारिक मार्ग २०७५ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि जितपुर बजारवासीका कारण काम प्रभावित भएको दासले बताए । सरकारको रु तीन अर्ब ५३ करोडको लागतमा निर्माण भइरहेको सो व्यापारिक मार्गमा रु एक अर्बको लागतमा तीनवटा पुल निर्माण हुने इन्जिनियर अशोक यादवले बताए । पहिलो चरणमा छ लेन सडक त्रिभुवन राजपथमा पर्ने पर्साको लिपनीबिर्ताको परवानीपुरदेखि नयाँ बाइपास हुँदै अलौँस्थित आइसिपीमा जोडिएको छ । जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेलले सडक विस्तारको काम अगाडि बढाउन पहल गरिने बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending