Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सूचना प्रणाली

[caption id=\"attachment_180432\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । केन्द्रीय पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्नका लागि व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरेको छ । विभागले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम इन्टरनेटमा राखी व्यवस्थित बनाउन थालेको सामाजिक सुरक्षा शाखाका शाखा अधिकृत सावित्रा बस्नेतले बताए । उनका अनुसार प्रणालीमार्फत सामाजिक सुरक्षा वितरण गर्दा एउटै व्यक्ति दोहरिने तथा गलत तथ्यांक र मृत्यु भइसकेको व्यक्तिको नाममा रकम जाने जस्ता समस्या हट्ने छ । स्थानीय तहका कर्मचारीले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नामवली विभागले सञ्चालन गरेका प्रणालीमा राख्नेछन् र त्यही नामकाआधारमा विभागले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने छ । ‘सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमिता हुने गरेकाले प्रणाली शुरु गरेका हौँ’, उनले भन्नुभयो, ‘प्रणालीमा राखिएका नामका मानिस मात्रले भत्ता पाउने छन् जसले गर्दा दोहरिने समस्या हटेर व्यवस्थित रुपमा भत्ता वितरण हुनेछ ।’ अहिले एक सय ३७ नगरपालिका र दुई सय ८५ गाउँपालिकाका एक हजार ४५८ वडाले सूचना प्रणालीअनुसार भत्ता विवरण गरिरहेको उनले बताए । ती वडाका २२ लाख ४४ हजार ६६७ जनालाई सूचना प्रणालीमा आबद्ध गरिएको छ । उनले आगामी आर्थिक वर्षमा ७५३ स्थानीय तहलाई सूचना प्रणालीमा राखेर भत्ता वितरण गर्ने तयारी भइरहेको बताए । अहिले सूचना प्रणाली सञ्चालन गर्नका लागि स्थानीय तहका कर्मचारीलाई तालीम दिइँदैछ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको समय विसं २०५१ मा सुरक्षा भत्ता शुरु भएको हो । अहिले ७० वर्ष उमेर पुगेका, कर्णाली र दलितका ६० वर्ष उमेर पुगेका, विधवा तथा कर्णाली, दलित, लोपोन्मुख बालबालिकालगायतले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending