काठमाडाैं । मन्त्रीपरिषद् बैठक सरकारले यातायातसँग सम्बन्धित संघ संस्थाको दर्ता र नवीकरण अब जिल्ला प्रशासन कार्यालयबाट नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले यातायातसँग सम्बन्धित संघसंस्था गैह्ननाफामूलक नभएकाले ती संस्थाहरु कम्पनी या सम्बन्धित मन्त्रालयमार्फत दर्ता तथा नवीकरण गर्ने निर्णय गरेको हो । संघसंस्था ऐन २०३४ अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा हुने दर्ता तथा नवीकरण सरकारले रोकेको हो ।
त्यस्तै, बाहिरी चक्रपथ निर्माण गर्न संतुगल क्षेत्रको ६ दशमलव ६ किलोमिटर एकीकरण योजना सञ्चालन गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । मन्त्रीपरिषद् बैठकले प्रदेश संघ र केन्द्रबीच आन्तरिक सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यकारी निर्देशनसमेत सरकारले जारी गरेको छ ।
त्यस्तै, संघमा रहने १२ मन्त्रालयअन्तर्गत रहने विभागहरु ४० बाट ३४ मा घटाइएको छ । बैठकले कर्मचारी सञ्चयकोषको प्रशासकमा तुलसी गौतमलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै, सरकारले चिनीको भन्सारमहसुल १५ प्रतिशतबाट ३० प्रतिशत र्पुयाएको छ । लोकल चिनी उद्योगलाई प्रोत्साहित गर्न सरकारले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
त्यस्तै, सरकारले उखुको मूल्य ५३१ रुपैयाँ प्रतिक्विन्टलबाट ५३६ रुपैयाँ र्पुयाएको छ । बैठकले विदेशी विनिमय व्यवस्थापन गर्न बनेको विधेयको अवधारणापत्रलाई सैद्धान्तिक सहमति पनि दिने निर्णय गरेको छ भने आर्थिक कार्यविधि पहिलो संशोधन र विद्युतीय भुक्तानी प्रणाली सुनिश्चित गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता बास्कोटाले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: