Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

सीआईए प्रमुख र किम जोनबीच ‘गोप्य भेटघाट’

\"\"अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जङ-उनसँग एउटा गोप्य भेटवार्ताका लागि प्योङ्याङको भ्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । नाम नखुलाएका अधिकारीहरूले वाशिङ्टन पोस्ट पत्रिका र समाचार संस्था रोयटर्सलाई बताएअनुसार ट्रम्प र किमबीच हुने प्रत्यक्ष वार्ताको तयारीका लागि इस्टर सप्ताहन्ततिर पोम्पेओ प्योङ्याङ गएका थिए । यसअघि ट्रम्पले अमेरिका र उत्तर कोरियाबीच उच्चस्तरमा प्रत्यक्ष वार्ताहरू भएको स्वीकारेका थिए । फ्लोरिडामा जापानी प्रधानमन्त्री शिन्जो आबेसँगको दुईदिने बैठकको शुरूवातमा बोल्दै ट्रम्पले वार्ताहरूबारे खुलासा गरेका हुन् । उनले भने, \"हामीले एकदमै उच्चस्तरीय वार्ताहरू गरेका छौँ ।\" किमसँग हुने बैठकका लागि पाँचवटा स्थानबारे विचार-विमर्श भइरहेको समेत ट्रम्पले बताए । उनले सन् १९५० देखि ५३ सम्म चलेको कोरियाली युद्ध औपचारिक रूपमा समाप्त भएको घोषणा गर्ने शान्ति सन्धिबारेको दुई कोरियाबीचको छलफलका लागि आफूले शुभकामना पठाएको पनि बताएका छन् । विदेशमन्त्रीका लागि ट्रम्पले अघि सारेका पोम्पेओले किमसँग गोप्य भेटवार्ताका लागि उत्तर कोरियाको यात्रा गरेकोबारे सबैभन्दा पहिला वाशिङ्टन पोस्ट पत्रिकाले समाचार लेखेको हो । ट्रम्प र किमबीच हुने शिखर बैठकको लागि उक्त भ्रमण गरिएको बाहेक भेटवार्ताबारे खासै केही थाहा हुन सकेको छैन । उक्त पत्रिका अनुसार विदेशमन्त्रीका लागि नाम प्रस्ताव गरिए लगत्तै भेटवार्ता भएको हो । र, \'यात्राबारे प्रत्यक्ष जानकार नाम नखुलाएका दुई वटा स्रोत\' लाई समाचारमा उद्धृत गरिएको छ । पछि समाचार संस्था रोयटर्सले उच्च अधिकारीहरूबाट त्यसको पुष्टि गरिएको बताएको हो । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending