Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

जापान नेपालको महत्वपूर्ण साझेदार बन्न इच्छुक

काठमाडौँ, नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले नेपालमा पुर्याएको क्षतिको पुनःस्थापना र पुनःनिर्माणका लागि जापान सरकारले हरसम्भव सहयोग गर्ने बताएका छन् ।

राजधानीको चाबहिल चुच्चेपाटीमा जापानी सेनाद्वारा स्थापित स्वास्थ्य शिविरको आज निरीक्षणका क्रममा रासससँग कुरा गर्दै राजदूत ओगावाले भने, \'हामी यस विपत्तिलाई सामना गर्ने क्रममा नेपालको महत्वपूर्ण साझेदार बन्न र त्यहीअनुसारको भूमिका निर्वाह गर्न तयार छौं ।\'

उनले भूकम्पबाट प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि समय र स्रोतसाधन दुवै अत्यावश्यक रहेको बताउँदै जापान सरकारले आफ्नो विज्ञता र दक्षता दुवै प्रयोग गरी नेपाललाई सक्दो सहयोग गर्नेछ भने ।

राजदूत ओगावाले नेपाल सरकारले राष्ट्रिय योजना आयोगको अगुवाइमा विपद्पछिको आवश्यकता मूल्याङ्कनको कार्य गरिरहेकाले त्यसको नतिजाका आधारमा सहयोगको स्वरुप निर्धारण हुने स्पष्ट पारे ।

जापानी विशेषज्ञका अनुसार नेपालमा हरेक दुई÷तीन दशकमा ठूलै भूकम्प गइरहने पूर्वानुमान गरिरहेकाले त्यही अनुरुपको तयारी नेपालले गर्नुपर्ने खाँचो रहेको राजदूत ओगावाले बताए ।

उनले भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै नेपालको यस दुःखमा मद्दत पु¥याउन जापानबाट उद्धार, राहत र औषधि उपचारको कार्यका साथै तात्कालिक आर्थिक सहयोग गरिएको बताए ।

उनले भूकम्पपछि तत्कालै ७० सदस्यीय जापान विपद् उद्धार टोली नेपाल आएको र सो टोली फिर्ता भइसकेको जानकारी दिँदै हाल जाइकामार्फत ८९ सदस्यीय चिकित्सा टोली र जापानी सेनाको ११५ सदस्यीय चिकित्सा टोली काठमाडौं र सिन्धुपाल्चोकमा क्रियाशील रहेको बताए ।

जापानी राजदूतावासका अनुसार जापान सरकारले हालसम्म करिब २० लाख अमेरिकी डलर बराबरको त्रिपाल र ब्ल्यान्केटजस्ता आपत्कालीन राहत सामग्री तथा आपत्कालीन अनुदानस्वरुप एक करोड ४० लाख अमेरिकी डलर नेपाल सरकारलाई उपलब्ध गराएको छ । राजधानीको चाबहिल चुच्चेपाटीमा हाल १६१ परिवारका करिब ६०० व्यक्ति त्रिपालको सहारामा रहेका छन् । सो स्थानमा चार दिनदेखि जापानी सेनाको चिकित्सा टोलीले उपचार सेवा उपलब्ध गराइरहेको छ । सो शिविरमा चार जना चिकित्सक, १० जना नर्ससहित २० जनाले दैनिक ५० जनाको उपचार गरिरहेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: