Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

चीनको प्रस्ताव : चीन–नेपाल–भारत जोड्ने आर्थिक कोरिडोर निर्माण गरौं

\"\"काठमाडौं  । चीनले नेपाल, भारत र चीन जोड्ने आर्थिक कोरिडोर निर्माणका लागि बहुआयामिक सञ्जाल विस्तार गर्नका लागि प्रस्ताव अघि सारेको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच भएको दुई–पक्षीय वार्तापछि चीनले यस्तो प्रतावअघि सारेको हो । परराष्ट्रमन्त्री ज्ञवाली यतिबेला पाँच दिने चीन भ्रमणमा रहेका छन् । दुई नेताबीच भएको छलफलपछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै वाङले भने, ‘चीन र नेपाल अन्तर–हिमालय कनेक्टिभीटी सञ्जालको दीर्घकालिन परिकल्पनामा सहमत भएको छ ।’ वाङले नेपाल र चीनले यसअघि नै बेल्ट र रोड परियोजनामा हस्ताक्षर गरिसकेको जानकारी दिँदै यसमा कनेक्टिभीटीमा सहकार्य पनि एक अंश भएको जिकिर गरे । यसमा दुई देशलाई जलमार्ग, रेलमार्ग, राजमार्ग, हवाईमार्ग, उर्जा र सञ्चारबाट दुई देशलाई जोड्ने योजना समावेश रहेको छ । ‘विकसित कनेक्टिभीटी सञ्जालले चीन, नेपाल र भारतबीच आर्थिक कोरिडोर निर्माणका लागि आधारहरु निर्माण गर्ने हामीले विश्वास लिएका छौँ,’ वाङले भने, ‘यस्तो सहकार्यले तिनै राष्ट्रको विकास र समृद्धिमा सहयोग गर्ने आशा गरेका छौँ ।’ पत्रकार सम्मेलनमा ‘के ज्ञवालीको भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भारत भ्रमणलाई काउन्टरब्यालेन्स गर्नका लागि लक्षित त होइन ?’ भन्ने प्रश्नमा वाङले त्रिदेशीय साझेदारीको कुरा उठाएका थिए । उनले बेइजिङ र नयाँ दिल्लीले यसमा सहजीकरण गर्नुपर्ने कुरा पनि उल्लेख गरे । ‘चीन, नेपाल र भारत स्वभाविक मित्र र साझेदार हुन् । हामी नदी र हिमालले जोडेका छिमेकी हौँ । यो तथ्यलाई विश्व या तीन देशभित्र हुने कुनै पनि बदलावले परिवर्तन गर्न सक्दैन,’ वाङले भने । ‘नेपालले आफ्नो भौगोलिक अवस्थाको फाइदा उठाउँदै थप विकासका लागि चीन र भारतलाई जोड्नुपर्छ । चीन र भारतबीचको सहकार्यबाट स्वतः नेपाल लाभग्राही बन्नेछ । यो तार्किक चाहनालाई चीन र भारत दुवैले समर्थन गर्नुपर्छ ।’ उनले तिब्बत हुँदै नेपाल जोड्ने रेलमार्ग निर्माणाधिन रहेको पनि जानकारी दिए । वाङले परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको कुरा दोहोराएको पनि जानकारी दिए । वाङसँगको छलफलमा प्रधानमन्त्री केपी ओलीको पछिल्लो चीन भ्रमणका दौरान व्यापार र परिवाहन सम्झौताको कार्यान्वयनको विषयमा कुराकानी भएको थियो । ‘व्यापार र परिवाहन सम्झौताको प्रोटोकल ड्राफ्ट गर्नका लागि छलफललाई तीव्रता दिने र यसलाई चाँडै तात्विक निश्कर्षमा पुर्याउने विषयमा पनि समझदारी भएको छ,’ ज्ञवालीले भने । उनले चिनियाँ सहयोगमा निर्माण भइरहेका र सम्पन्न परियोजनाहरुको प्रभावकारी कार्यान्वयनको विषयमा पनि छलफल भएको जानकारी दिए । यता, परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपाल र चीन जोड्ने रेलमार्गका लागि केरुङ काठमाडौँ र काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन र डिपिआर तयार गर्ने विषयमा पनि दुई नेताहरुबीच छलफल भएको जानकारी दिएको छ । वाङसँगको भेटमा मन्त्री ज्ञवालीले भविष्यमा दुई देशबीच थप नाकाहरु खुला गर्नुपर्ने र रसुवागढी–केरुङ र तातोपानी नाको स्तरोन्नति तथा तातोपानी नाका चाँडो खुलाउने विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । मन्त्री ज्ञवालीले भोलि बेइजिङमा चाइना रिफर्म फोरमले आयोजना गर्ने राउण्ड टेबललाई सम्बोधन गर्ने तथा चीनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र नाटाले आयोजना गर्ने ‘चीनमा नेपाली पर्यटनको प्रबद्र्धन २०१८’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मन्त्री ज्ञवाली अाज साँझ छेङ्दुका लागि प्रस्तान गर्नेछन् जहाँ उनले प्रान्तीय नेताहरुसँग छलफल गर्ने छन् भने उनको सम्मानमा आयोजना सिचुवान विश्वविद्यालयमा आयोजना गरिने कार्यक्रममा सहभागिता जनाउने छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending