Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

एकिकृत पार्टीको अध्यक्ष को बन्ने भन्ने टुंगो महाधिबेशनले लगाउँछ–श्रेष्ठ

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले-माओवादी एकतापछिको अध्यक्ष प्रचण्ड बन्ने वा नबन्ने टुंगो लागिनसकेको बताएका छन् । तत्काललाई दुई जना अध्यक्ष भए पनि महाधिवेशनबाट एक जना अध्यक्ष चयन हुने भन्दै श्रेष्ठले प्रचण्ड अध्यक्ष बन्ने कि नबन्ने भन्ने महाधिवेशनले नै टुंगो लगाउने बताएका हुन् । ‘प्रचण्डलाई नै अध्यक्ष बनाउने दौडधुपमा माओवादी लागि परेको छ नि?’ भन्ने पत्रकारको पश्नमा नेता श्रेष्ठले भने ‘अहिले नै फलानोलाई हुन्छ भनेर कहाँ भन्न मिल्छ ? नमिल्ने कुरा कसरी भन्ने ?’ विद्यार्थी भर्ना अभियानका लागि बुधबार गोरखा पुगेका श्रेष्ठले को अध्यक्ष हुने भन्ने कुरा महाधिवेशनको एजेण्डा हुने बताए । वैशाख ९ गतेको समय टरे पनि छिट्टै पार्टी एकता हुने नेता श्रेष्ठले दावी छ । ९ गतेलाई तयारी नपुगेको भन्दै बैशाख महिनाभित्रै पार्टी एकताको सम्भावना रहेको उनले जानकारी दिए । ‘पार्टी एकता संयोजन समितिमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रुप दिनका लागि केही समय लागेको हो, मतभेदका कारण ढिलाइ भएको होइन,’ उनले भने । अहिले दुई अध्यक्षहरुद्वारा दुवै प्रस्तावहरुलाई अन्तिम रुप दिने गृहकार्य भइरहेको श्रेष्ठको भनाइ छ । ‘अध्यक्षहरुले दुवै प्रस्तावहरुलाई अन्तिम रुप दिएपछि संयोजन समितिमा पेश गर्नुहुन्छ अनि समितिको बैठक बसेर प्रतिवेदनको अन्तिम रुप दिएर पार्टी एकताको मिति तय हुन्छ,’ उनले भने । यान्त्रिक समानता नभई व्यवहारिक र सम्मानजनक एकता हुने भन्दै श्रेष्ठले योगदानको आधारमा सबैलाई उपयुक्त भूमिका दिइने जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending