Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

परिमाणमुखी नभए बैठकबाटै बाहिरिने डोनाल्ड ट्रम्पको घोषणा

\"\"अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा जापानी प्रधानमन्त्री शिन्जो आबेले पूर्ण रूपमा पारमाणविक निश्शस्त्रीकरणका लागि सहमत नभएसम्म उत्तर कोरियामाथि अधिकतम दबाब दिइरहनुपर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित मार आ लागो रिजोर्टमा बोल्दै दुई नेताहरूले यस्तो बताएका हुन् । उनले उत्तर कोरियाली नेता किम जङ-अनसँग आफूले गर्ने भनेको शिखर बैठक सफल हुने अपेक्षा गरेको पनि बताएका छन् । तर उक्त वार्ता विफल भए आफू सम्मानजनक ढङ्गले बैठकबाट बाहिरिने उनले उल्लेख गरे । ट्रम्पले उत्तर कोरियामा बन्दी बनाइएका तीन अमेरिकी नागरिकको रिहाइका लागि पनि वार्ताहरू भइरहेको जनाएका छन् । यसअघि उनले अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पेओले गोप्य रूपमा उत्तर कोरिया पुगेर राष्ट्रपति किमलाई भेटेको पुष्टि गरेका थिए । उनले पोम्पेओले किमसँग \'राम्रो सम्बन्ध\' कायम राखेको र सबै कुरा सहज ढङ्गले अघि बढिरहेको बताएका थिए । उक्त भ्रमण अमेरिकी र उत्तर कोरियाली अधिकारीबीच सन् २००० यता भएको सबैभन्दा उच्चस्तरको आदानप्रदान हो । राष्ट्रपति ट्रम्पले किमसँग आगामी जुन महिनामा शिखर बैठक गर्ने ठानिएको छ । बैठकस्थलसहितका विस्तृत विषयहरूमा अझै छलफल चलिरहेका छन् । संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले बैठक असफल हुने आफूलाई लागे आफू त्यसमा सहभागी नहुने बताए । तर यदि बैठक भइहाले पनि त्यो परिणाममुखी नहुने लागेमा आफू बाहिरिने पनि उनले उल्लेख गरे । ट्रम्पले उत्तर कोरियाले पारमाणविक निश्शस्त्रीकरण पूरा गर्नु विश्व र उत्तर कोरिया दुवैका लागि ठूलो उपलब्धि हुने पनि बताएका छन् । प्रधानमन्त्री आबेले आफूले राष्ट्रपति ट्रम्पलाई सन् १९७० र सन् १९८० को दशकमा उत्तर कोरियाले बन्धक बनाएका जापानी नागरिकहरूको रिहाइका लागि पहल गर्न आग्रह गरेको जानकारी दिएका थिए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending