Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

धनगढीमा आधुनिक धर्मशाला सञ्चालनमा

\"\"धनगढी । प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा बुधबारदेखि आधुनिक धर्मशाला सञ्चालनमा आएको छ । श्रीकृष्ण मन्दिर परिसर धनगढीको परिसरका गीता सत्संग समितिको पहलमा निर्माण भएको दुई तल्ले धर्मशाला भवनमा सभा हल, धार्मिक संस्कार गर्ने कोठा र शयन कक्षसमेत झण्डै २० वटा कोठा रहेका छन् । एक करोड ८२ हजारको लागतमा निर्माण भएको यो धर्मशाला निर्माणमा विभिन्न सरकारी कार्यालयबाट रु २३ लाखको सहयोग प्राप्त भएको जनाइएको छ । झण्डै रु ७७ लाख विभिन्न दाताबाट सहयोग जुटाइएको हो । निजी दाताको सम्मानमा धर्मशालाका कोठाको नामाकरण पनि गरिएको छ । सात नम्बर प्रदेशकै पहिलो आधुनिक यो धर्मशालाबाट देश विदेशका सर्वसाधारण लाभान्वित हुने भएका छन् । व्यवस्थापन समितिले धर्मशालामा आउने सर्वसाधारणलाई न्यूनतम् रु १०० देखि अधिकतम् रु ४०० सम्मको सेवा शुल्क निर्धारण गरेको निर्माण समितिका अध्यक्ष डा मुक्तिकान्त पन्तले बताए । स्वास्थ्योपचारका साथै धार्मिक पर्यटनका लागि धनगढी पुग्ने स्वदेशी र विदेशी नागरिकका लागि यो धर्मशालाले ठूलो राहत पु¥याउने विश्वास गरिएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले बुधबार एक समारोहका बीच धर्मशालाको उद्घाटन गरे । सो अवसरमा धर्मशाला निर्माणमा सहयोग गर्ने दातालाई सम्मानित गरिएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending