Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भारतीय कुखुरा र अण्डा अवैध रुपमा नेपाल भित्रिँदै

\"\"लहान । सरकारले भारतीय बजारबाट कुखुुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ । भारतमा बर्डफ्लु देखापरेपछि सरकारले भारतबाट कुखुरा र अण्डालगायत पक्षीजन्य वस्तुको आयातमा रोक लगाएको हो । भारतीय सीमासँग जोडिएको सिरहाको विभिन्न नाकाबाट सेतो अण्डा र कुखुरा भित्रिने गरेको छ । सीमावर्ती क्षेत्रमा बर्डफ्लुको उच्च जोखिम रहेको छ । भारतीय सीमासँग जोडिएको सिरहाको भगवानपुर, माडर, बरियारपट्टि, ठाडी, जिझौललगायत बजारमा सेतो अण्डा खुलेआम बिक्री वितरण भइरहेको स्थानीयवासी बताउँछन् । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीकै मिलेमतोमा बरियारपट्टि, झाझपट्टि, माडर, ठाडी, कुसण्डीलगायत नाकाबाट भारतीय कुखुरा र अण्डा तस्करी हुने गरेको छ । भारतीय कुखुराको मासु प्रतिकिलो रु ५० देखि रु १०० सम्म सस्तो पर्छ । झाझपट्टि नाकाबाट दैनिक १० देखि १५ भ्यान भारतीय कुखुरा तस्करी भएर लहान, गोलबजारलगायत बजारमा पुग्ने गरेको कुसण्डीका रामप्रसाद यादव बताउछन् । उनले भने “पहिले अँध्यारोमा तस्करी हुन्थ्यो, अहिले त दिउँसै हुन थालेको छ ।” कुखुरा तस्करी गर्न साइकल, मोटरसाइकल र चारपाङ्ग्रे भ्यानसमेत प्रयोग हुने गरेको स्थानीयवासी बताउँछन् । प्रहरीले गत फागुन १७ गते लगठी गोठ नाकाबाट जिपसहित रु आठ लाख ५० हजार बराबरको कुखुरासहित तस्करलाई पक्राउ गरिएको थियो । माडरस्थित पशु क्वारेन्टाइन कार्यालयका प्रमुख चन्द्रकिशोर यादव भारतीय कुखुरा र अण्डाको तस्करी भइरहेको स्वीकार्छन् । उनले कुखुरा र अण्डाको तस्करी रोक्न सम्बन्धित निकायले आवश्यक रणनीति बनाएर अघि बढ्नुपर्ने बताउछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending