Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

सुदुरपश्चिमेलीको माग उर्जामन्त्रीले पुरा गरे

\"\"काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माग उच्च हुँदा टनकपुरबाट बढीमा ७० मेगावाटसम्म विद्युत आयात गर्न सक्ने भएको छ । ५० एमभिएको नयाँ ट्रान्सफर्मर जडान गर्ने सुनिश्चित भएकाले थप विद्युत आयातको बाटो खुला भएको हो । टनकपुरस्थित सबस्टेसनमा जडित ५० एमभिएको ट्रान्सफर्मरबाट अहिले प्राधिकरणले ३० देखि ४० मेगावाटसम्म विद्युत आयात गरिरहेको छ । सोही ठाउँमा ५० एमभिएको नयाँ ट्रान्सफर्मर जडान गर्न भारत सहमत भएको छ । प्राधिकरणले लामो समयदेखि नयाँ ट्रान्सफर्मर थप्न भारतसँग आग्रह गर्दै आएको थियो । बैशाख ३ र ४ गते भारतको नयाँ दिल्लीमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय (जेएससी) बैठकले ट्रान्सफर्मर थप्ने निर्णय गरेको छ । जेएससी बैठक हुनुअघि सुदूरपश्चिमका सांसद र स्थानीय बासिन्दाले त्यहाँ विद्युत आपूर्ति अनियमित हुने गरेको गुनासो गर्दै आएका थिए । उनीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई भेटेरै यसबारे लिखित पत्र नै बुझाएका थिए । सुदूरपश्चिमका बासिन्दाको गुनासोलाई मध्यनजर राख्दै मन्त्री पुनले जेएससी बैठकमा आपूर्तिमा सुधार तथा गुणस्तरीय विद्युत आपूर्तिबारे भारतसँग छलफल गर्न सचिवलगायत टोलीलाई आग्रह गरेका थिए । मन्त्रीले समेत जोड दिएपछि वर्षौंदेखि हुँदै आएको छलफलमा यस पटक नेपालले उक्त विषयलाई उच्च प्राथमिकताका साथ उठाएको थियो । छलफलमा भारत निकै सकारात्मक रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए । ‘नयाँ ट्रान्सफर्मर जडान गरेपछि बढी विद्युत ल्याउने बाटो खुला भएको छ, साथै यसले गुणस्तरमा पनि सुधार ल्याउँछ,’ उनले भने, ‘एउटा ट्रान्सफर्मर बिग्रिँदा अर्कोबाट आपूर्ति गर्ने विकल्प पनि हुन्छ ।’ ट्रान्सफर्मर किनेर जडान वा त्यहाँ आवश्यक जग्गा व्यवस्थापन गर्न करिब १६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त खर्च भारतले नै बेहोर्ने सहमति भएको छ । भारतको विदेश मन्त्रालयको कोषमार्फत आवश्यक खर्च बेहोरिने बताइएको छ । नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वर्षको ७ करोड युनिट (करिब १० मेगावाट) विद्युत निशुल्क लिँदै आएको छ । यो बाहेक करिब ३० मेगावाट व्यापारिक दरमा किन्ने गर्छ । प्राधिकरणले अहिले भारतबाट उच्च माग हुँदा बढीमा ५ सय मेगावाटसम्म विद्युत आयात गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy