Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

वामदेव गौतमको सनसनीपूर्ण भिडियो अन्तरवार्ता: जनयुद्ध शब्द नराखे नभए पार्टी एकता हुँदैन्

\"\"काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष एवं वाम एकताका सूत्राधारमध्येका एक वामदेव गौतमले एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख नगरे एकता हुन नसक्ने बताएका छन् । माओवादीले १० वर्षसम्म सञ्चालन गरेको नौलो जनवादी क्रान्तिलाई जनयुद्ध भएको बताउदै अहिलेको राजनीतिक परिवर्तन र माओवादीको पहिचान भनेको जनयुद्ध भएको गौतमले बताएका छन् । कान्तिपुर टेलिभिजनको चर्चित टेलिभिजन टकशो फायरसाइडमा दिएको अन्तर्वार्तामा गौतमले भने, ‘माओवादीले सञ्चालन गरेको जनयुद्ध नै हो । उसको तागत, पहिचान र बल भनको जनयुद्ध नै हो ।’ वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम घोषणा गर्ने तयारी भएपनि भएपनि पछिल्लो समय केही ढिलासुस्ती देखिएको छ । भने दुई अध्यक्ष र एकता संयोजन समितिको बैठक पनि बस्न नसकिरहेको समयमा माओवादी नकिट नेताका रुपमा चिनिने एमालेका प्रभावशाली नेता गौतमले भने, माओवादीको पर्सनालिटी भनेको जनयुद्ध हो, वेट भनेकै जनयुद्ध हो । त्यो उल्लेख नभइ कसरी पार्टी एकता हुन्छ । त्यसमा एमालेको कुनै आपत्ति छैन् । उपाध्यक्ष गौतमले भने, ‘नेकपा माओवादीले सञ्चालन गरेको जुनयुद्ध र एमालेले गरेको संसदीय संर्घषका कारण र शान्तिपूर्ण आन्दोलनको सार आजको संघीय लोकतान्त्रिक गणतन्त्र हो । त्यसैले कसैको अवमूल्याङ्क गर्नु हुँदैन ।’ एमालेले जनयुद्धलाई स्वीकार गरेपनि एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्ध शब्द उल्लेख गर्ने विषयमा भने नमानेको बताइएको छ । पार्टीे र सरकारका नेतृत्वका बारेमा पनि टुंगो लगाउन वाँकी रहेको बताइएको छ । त्यसैगरी संगठनात्मक पदीय वाँडफाँडमा पनि कुरा अहिलेसम्म कुरा मिलेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending