Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

भूकम्पपछि थामी समुदायको बिचल्ली

दोलखा, भूकम्प गएको दुई साताभन्दा बढी भइसक्दा पनि खोपाचाँगु गाविस–१ उकुराङमा लगातार पहिरो गइरहेको छ ।

पहिरो लगातार गइरहेका कारण यहाँ बस्दै आएको थामी समुदाय गाउँ फर्किन सकेको छैन । उकुराङमा बस्दै आएका थामी समुदायका १३ परिवार अहिले एक घण्टा टाढाको कालिञ्चोक गाविस–४ स्थित बेगुम्पामा टहरा बनाएर बसिरहेको छ । पहिरो आउने क्रम जारी रहेकाले अहिलेकै अवस्थामा उनीहरु गाउँ फर्किन सक्ने अवस्था छैन । गाईबस्तु समेत गाउँमै अलपत्र अवस्थामा छन् ।

\'गोठ बनाएर भएपनि बस्ने सोच थियो, पहिरो नै रोकिन्न,\' स्थानीय बासिन्दा ६३ वर्षीय भक्त बहादुर थामीले भने । पहिरोको डरले भूकम्प आएदेखि कोही पनि गाउँ जान नसकेको उनले बताए । गाईबस्तुको अवस्थाबारे थामी समुदाय अझै बेखबर छ । भूकम्पबाट पुरिएका गाईबस्तु गोठमै छन् । जङ्गलमा चराउन लगिएकाको अवस्था थाहा हुन सकेको छैन ।

\'गाउँ पस्न डर लागिरहेको छ, अहिले पनि भीरबाट ठूल्ठूला ढुङ्गा खसिरहेका छन्,\' बेगम्पुपारीको आफ्नो गाउँ देखाउँदै मनमाया थामीले भने । अग्लो भीरको काखमा अवस्थित उकुराङ गाउँको ठाउँठाउँमा बस्नै नसकिने गरी पहिरो गएको छ । जमिन चिराचिरा परेको छ । \'अब गाउँ फर्किन सक्ने अवस्था छैन, सरकारले सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाई दिनुपर्छ,\' उनले भने ।

सदरमुकाम चरिकोटदेखि करिब पाँच घण्टा ग्राभेल सडकको यात्रापछि कालिञ्चोक पुगिन्छ । ग्राभेल सडकबाट छुट्टिएपछि खोपाचाँगुको उकुराङ पुग्न तीन घण्टा पैदल हिँड्नु पर्छ । दुर्गम गाउँको विपन्न थामी समुदाय भूकम्पपछि छिमेकी गाउँ बेगुम्पामा टहरा बनाएर बसिरहेको छ । छिमेकी गाउँकाले पाक्नै लागेको गहुँ काटेर उनीहरुलाई टहरा बनाउन जमिन उपलब्ध गराएका छन् । घरमा पुरिएको अन्न निकालेर ल्याउन नसक्दा भोकभोकै बस्नु परेको उनीहरु बताउँछन् ।

\'यहाँ राहत दिन कोही आएका छैनन्, राहत लिन कहाँ जाने हो केही थाहा छैन,\' टहरा बनाउँदै गरेका प्रेम थामीले दुःखेसो पाेखे । पानी पर्न थालेपछि वृद्धवृद्धा र बालबालिका बिचल्लीमा परेको उनले बताए । बालबालिका र वृद्धवृद्धामा झाडापखालाको समस्या देखा परेको छ । बेगुम्पा स्वास्थ्य चौकीको भवन समेत भूकम्पका कारण भत्किएपछि बिरामीको उपचार गर्न कठिनाइ भइरहेको स्वास्थ्य सहायक विष्णुप्रसाद ओलीले बताए ।

\'औषधि सबै नष्ट भयो, बस्ने खाने ठेगान नहुँदा हामी आफैं पनि बिरामी पर्न थालेका छौँ,\'  उनले भने ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: