Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

एउटा 'अभागी गरिब' विद्यार्थीको कथाः जसको एमाले नेता माधव नेपालले पढ्न दिएको पैसा पनि चोरी भयो

 

\"\"बर्दिवास । ‘म अभागीको कर्मै खोटो हजुर..!’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको रु छ हजार आफु सुतेको फुटपाथबाटै चोरिएपछि रहिशाले आफुलाई सम्हाल्न गाह्रो पार्दै भने “मेरो सात वर्षकी छोरीको खुशी तिन (चोर) लाई सह्य भएनछ ।” महोत्तरी, औरही नगरपालिका–१ की बासिन्दा खातुनका पति हमिद दर्जीको मृत्युलगत्तै सौतेनी छोराले घरबाट निकालिदिएपछि खातुन बर्दिवास–१ को साझा संस्था भवन अगाडिको फुटपाथमा दुई छोरा र एक छोरीसहित बस्दै आएका छन् । त्यही फुटपाथमा हिँडिरहने केटाहरुले नेता नेपालले दिएको रकम चोरी दिएपछि रहिशाले सो पीडा भुल्न सकेकी छैनन् । बस्नेसुत्ने कोठा नहुँदा बरण्डामा बस्दै आएको सो परिवारकी अभिभावक रहिशाले फरियाको फेरोमा बाँधेर राखेको पैसा चोरिएको हो । “नेता नेपालले काखमा राखेर छोरी धेरै पढेर असल मान्छे बन्नू भनेपछि ऊ (शवनम) निकै फुर्तिली बन्दै आएकी थिई”, रहिशाले आज बिहान बस्दै आएको साझा संस्था भवन अगाडिको आँपको रुखमा अडेस लगाएर भने “उनी (माधवकुमार नेपाल)ले दुःखकष्ट खेपेर पनि नानीहरुलाई पढ्न नछुटाउनू भने “सानो छोरा सद्दाम त धेरै सानो छ, शवनम र जाविर (ठूलो छोरा) चाहिँ नियमित स्कुल गइरहेका छन् ।” “नेता नेपालले मेरो हातमा दिनुभएको पैसा त शवनम र जाविरले देखिरहेका थिए”, रहिशाले भने “अहिले आमा, एउटा बिस्कुट ल्याइदिनुस् भन्छन्, मलाई मरेको जुनीझैँ भएको छ ।” त्यति मोटो रकम जिन्दगीमा पहिलो पटक समातेको भए पनि त्यो भोग्न आफ्नो भाग्यमै नरहेको रहिशाको बिलौना छ । रहिशाको सो पीडाबाट बेखबर शवनम भने आज बिदा भएकाले आइतबार स्कुल जाने लुगा धुनुपर्ने भन्दै आमासँग झगडा गर्दै थिइन् । “नाम लेखाएको दिनयता उनलाई स्कुल जान तयार होऊ भन्नु पर्दैनथ्यो”, आफ्नी सात वर्षीया छोरी शवनमको आनिबानीमा आएको परिवर्तनबाट पाएको खुशी तीन दिन नबित्दै खोसिएको बताउँदै रहिशाले भने “उनले दिनुभएको पैसा त चोरेका छन्, उहाँ (नेपाल)ले दिनुभएको माया त मेरो हृदयमै छ, त्यही मायाको बलले नानीहरु पढाउँछु ।” गत बुधबार एमाले नेता नेपालले शवनम र बर्दिवास–१४ कै अति विपन्न चमार (सार्की) जातिका चार वर्षीय कृष्ण महरालाई बर्दिवास–१४ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा क्रमशः कक्षा १ र बालकक्षामा नामांकन गराउँदै अभिभावकत्व लिएका थिए । नेता नेपालले नामांकनपछि दुवै बालबालिकालाई काखमा राखेर “तिमीहरु पढेर ठूलो र असल मान्छे बन्नुपर्छ”, भनेको कुराले शवनममा पढाइबारे निकै जाँगर पलाएको आमा रहिशा बताउँछन् । “उहाँ (नेता नेपाल)ले तीन वटै नानीहरुलाई पढ्न नछुटाउनू, केही अप्ठ्यारो परे मलाई भन्नू भन्दै फोन नम्बर दिनुभएको छ”, रहिशाले भन्नुभयो, “यसपालि अब मांङचाङ गरेर पनि धान्छु, आघौँ नाम लेखाउने बेलामा उहाँलाई सम्झौँला ।” मुसलमान समुदायमा लुगा सिउने पेशा अँगाल्ने दर्जी जातकी रहिशा गरीबी र अभावबीच पनि इच्छाशक्ति भने द¥हो भएकी महिला भएकी उहाँका छोराछोरी पढ्ने राष्ट्रिय आधारभूत विद्यालय बर्दिवास–१४ का प्रअ शिवविक्रम थापाको भनाइ छ । “नेता नेपालले अभिभावकत्व लिँदै म हेर्छु भन्नुभएको छ, थोरतिन विद्यालयबाट हुन सक्ने सहयोग र रेखदेख हामी गर्छौं”, प्रअ थापाले भने “यिनी (रहिशा) पढाउँछु भन्नेमा दृढ छन्, यिनका नानी पढ्छन् ।” नेता नेपालले नै अभिभावकत्व लिएका बर्दिवास–१४ कै रामबाबु र विना महराका छोरा कृष्ण पनि सानै उमेरमा जिज्ञासु देखिएकाले उनको पढाइ पनि राम्रो हुने प्रअ थापाको मूल्यांकन छ । नेता नेपालले गत बुधबार शवनम र कृष्णको पठनपाठन र स्थानीय अभिभावकत्व लिइदिन प्रअ थापालाई आग्रह गर्दै दुवैको पढाइलाई निरन्तरता दिनका लागि अर्थ अभाव हुन आपूmले नदिने बताएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy