Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

असन्तुलित व्यापारघाटा कम गर्न आन्तरिक उत्पादन बढाऔंः महरा

\"\"काठमाडौं । सभामुख कृष्णबहादुर महराले देशको असन्तुलित व्यापारघाटा कम गर्न आन्तरिक कृषि उत्पादन बढाउनुपर्ने बताएका छन् । डा. गणेशराज जोशीद्वारा लिखित ‘नेपालको कृषि अर्थतन्त्रः विकास, चुनौती र अवसरहरु’ पुस्तकको आज (शनिबार) काठमाडौंमा लोकार्पण गर्दै सभामुख महराले यस्तो बताएका हुन् । देशको व्यापार सन्तुलन गर्न आन्तरिक उत्पादन बढाउनुपर्ने बताउँदै सभामुख महराले भने ‘मुख्यगरी कृषिमा उत्पादकत्व बढायौं र कृषकहरुको सिर्जनशीलतालाई सही ढंगले सदुपयोग ग¥यौं भने आत्मनिर्भर बन्नका लागि देशभित्रै धेरै उत्पादन गर्न सक्छौं ।’ देश साधन स्रोत, श्रम र सीपका दृष्टिकोणले धनी भएको बताउँदै सभामुख महरालेआफूसँग भएको स्रोत, साधन र सीपलाई सदुपयोग गर्ने सही योजनाको खाँचो भएको बताए ।‘हामीसँग भएको स्रोत, साधन, श्रम र सीपको प्रयोग गर्ने सही योजनाको खाँचो छ, उनले भने ‘त्यस्तो योजनाको खाँचो पूर्ति गर्न गणेशजीको यो पुस्तकले महत्वपूर्ण योगदान गर्छ भन्ने मलाई विश्वास छ ।’ लेखक जोशीले कृषि र वन क्षेत्रमा लामो समय काम गरेर अनुभव हाँसिल गरेको भन्दै सभामुख महरालेअध्ययनका क्रममा आफूले प्राप्त गरेको ज्ञान र अनुभवलाई पुस्तकमा केन्द्रित गरेको बताउनुभयो । पुस्तकमा नेपालको कृषि अर्थतन्त्रका चुनौती र अवसरहरुका साथै समस्याहरु के छन् भन्ने पनि राम्रोसँग संकेत गरिएको महराले बताए । अर्थमन्त्री छँदा वीरगञ्जको एउटा दाना उद्योगमै विहारबाट ५ सय क्वीन्टल मकै आउने गरेको थाहा पाएको भन्दै सभामुख महराले देशमा धेरै मकै उत्पादन हुँदा पनि आफ्नो उत्पादनको व्यापार सन्तुलन मिलाउन नसकिएको बताए । कार्यक्रममा डा. माधव कार्की र डा. यमबहादुर थापाले पुस्तकको समीक्षा गर्नुभएको थियो । १४ खण्डमा बाँडिएको डा. जोशीको पुस्तक कृषि क्षेत्रको खोज, अनुसन्धानमा आधारित रहेका छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending