Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

एमालेले जनयुद्ध स्विकार गरिसक्यो, एकतामा समस्या छैन् – झलनाथ खनाल

\"\"नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पटक पटक वान टु वान वार्तामा बसिरहेका छन् तर पार्टी एकता घोषणाको मिति जुराउन सकेका छैनन । ओली र प्रचण्डबीच पछिल्लाे तीन दिनदेखि लगातार ‘वान टु वान’ वार्तामा हुँदा पनि आज कम्युनिष्ट स्थापना दिवस मनाउँदै पार्टी एक भएकाे घाेषणा हुँदैछैन । आम नेता तथा कार्यक्रतामा उत्साहको संचार हुने वातावरण बनेको छैन्, तर नेताहरु निराश नहुन भनिरहेका छन् । आज कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकता संयोजन समितिले संयुक्त कार्यक्रम राखिएको छ । कार्यक्रममा ओली र प्रचण्ड दुबैले सम्बोधन गर्नेछन् । तर, छिट्टै पार्टी एकता गर्ने बाहेकका कुनै ठोस सहमति नआउने भएको छ ।
यो त प्रश्नै भएन, एमालेले जनयुद्ध स्विकार गरिसक्यो, मात्र भाषा के राख्ने भन्ने मात्र हो । माओवादी जन्मिएकै जनयुद्धबाट हो त उसलाई यस बिषयमा माईनस गरेर एमालेले एकता प्रक्रियामा आउन भन्न सक्छ त ? जनयुद्ध एमालेले स्विकार गरेन भन्नेहरुलाई मेरो पनि प्रश्न छ ,
यसअघि दुई दलले सुरूमा ९ वैशाख अर्थात अाजकाे मितिमै पार्टी एकता गर्ने योजना बताएका थिए । तर, ओली र प्रचण्डबीच सहमति हुन नसकेपछि एकता प्रक्रिया लम्बिएको छ । ओली र प्रचण्डबीच सहमति नभएसम्म एकता कहिले गर्ने भन्न सकिने अवस्था छैन । शीर्ष नेताहरु रहेको दुई अलगअलग कार्यदलले अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदन पनि बुझाइसकेको छ तर, जनयुद्ध, चुनाव चिन्ह, केन्द्रीय समितिको भागवण्डाका विषय मिलेका छैनन् । यसै सन्दर्भमा नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालसंग रघुनाथ बजगाँईले गरेको कुराकानी : आज एमाले – माओवादीबीच पार्टी एकताको औपचारिक घोषणा हुन्छ भनिए थ्यो कहाँ पुग्यो ? पार्टी एकताको प्रकृया लगभग टुङ्गिएको छ । केहि स–साना प्रावधिक बिषयहरु छन् । कम्युनिष्ट स्थापना दिवसमा एक भएको औपचारिक घोषणा गर्ने कि भन्ने थियो, तर सकिएन । नभए हामी चुनाव अघि नै एक भैसकेका हौँ नि, चुनाव संगै लडेका हौँ, सरकार संगै चलाउँदै छौँ । ल अब दुई पार्टी एक भयो है भन्ने न हो । त्यसका लागि शीर्ष नेताहरु रहेको दुई अलगअलग कार्यदलले अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदन पनि बुझाइसकेका छन् । प्रतिवेदनमाथीको छलफल चलिरहेको छ ।  दुबै प्रतिवेदनले सुझाएका बिषयमा खासै बिमत्ती पनि छैन् । यसकारण एकता प्रक्रिया लगभग टुङ्गियाे,  केहि दिनमै ब्रेक हुन्छ । हामी अहिले बिहानदेखि पनि केहि गर्न सकिन्छ कि भनेर लागिरहेका छौँ । मध्यान्न १२ बजेसम्म कुर्नुस । जनयुद्ध, चुनाव चिन्ह, केन्द्रीय समितिको भागवण्डाका विषयमा एक भैसकेको भनिएको दुबै पार्टीको अा-अाफ्ना  अडानले सकस पार्यो नी हैन ? मिल्न बाँकी र विवादित भन्ने बिषय नै छैन् । कसैले कहिँपनि कुनै प्रकारको अडान राखेको छैन् । माओवादीका साथीहरुले पनि अडान राख्नुभएको छैन् । एमालेले पनि कुनै प्रकारको अडान राखेर जनताले दिएको जनादेश विपरित पार्टी एकतालाई लम्ब्याउने काम गरेको छैन् । बाहिर कसले के अडान राख्यो, कसले के माग गर्यो भन्ने जस्ता बिषय प्रचार भएका छन् ।
५०-५० को बिषयलाई मिडियाहरुले नै बढि उचालेका छन् । शिर्ष तहको छलफलमा यस्ता अडान नै आएका छैनन र आउँदैनन पनि । सम्मानजनक एकता गछौँ । कसैले आफु अपमानित भएको महसुस गर्नुपर्ने हुँदैन ।
त्यसमा कुनै सत्यता छैन् । शिर्ष तहमा भैरहेको छलफलबारे तपाँईलाई भनौँ हामीबीचमा अहिले छलफलमा रहेको बिषय भनेको दुबै पार्टीका आ–आफ्नै संगठन छन् । त्यसलाई कसरी मिलाउने, जिम्मेवारी दिँदा अपनाउने मापदण्ड लगायतका बिषयमा छलफल चलिरहेका हुन् । योग्य र जिम्मेवारी पाउनुपर्ने व्यक्तिले अवशर पाउनुपर्छ , जसले कम्युनिष्ट आन्दोलन र जनताको आकांक्षालाई संवोधन गरेर जान सक्छ, उसलाई जिम्मेवारी दिनुपर्छ भन्ने दुबै पार्टीको साझा धारणा छ । केन्द्रिय समिति कति सदस्यीय बनाउने, अन्य कमिटिहरु कत्रो आकारको बनाउने भन्नेमा हामी छलफलमा भएकले यस्ता बिषय आएका हुन् । बाहिर प्रचार भएजस्तो केहि पनि छैन । म प्रष्ट पार्न चाहन्छु । जनयुद्धबारे एमालेको बुझाई फरक हुँदा पनि यो एकता प्रक्रियामा ढिलाई भएको कुरा त स्विकार्नु हुन्छ होला ? यो त प्रश्नै भएन । एमालेले जनयुद्ध स्विकार गरिसक्यो, मात्र भाषा के राख्ने भन्ने मात्र हो । माओवादी जन्मिएकै जनयुद्धबाट हो त उसलाई यस बिषयमा माईनस गरेर एमालेले एकता प्रक्रियामा आउन भन्न सक्छ त ? जनयुद्ध एमालेले स्विकार गरेन भन्नेहरुलाई मेरो पनि प्रश्न छ , त्यसो होईन एमालेले भनेको के मात्र हो भने, तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्ध जस्ता शब्द राखौँ, ताकि एमाले पनि जनयुद्धमा सामेल थियो भन्ने त भ्रम पार्नु भएन नी । यसो भनेको बिषयलाई लिएर अनेकन टिप्पणी भएका छन् । यसको पछि लाग्नु नै पर्ने म देख्दिन । जनयुद्धलाई बुझ्ने सवालमा दुबै पार्टीका बीचमा एक खालको सहमती भैसकेको छ । खासै समस्या छैन् । माओवादीले समान हैसियतमा मात्र एकता हुनुपर्छ भनेकोले समस्या भएको अर्काथरीको टिप्पणी छ । अनि एमालेले ५०-५० असम्भव भनेको चाँही सत्य हो कि झुट त उसो भए ? म मान्छु बाहिर यि बिषयहरु आएका छन् । छलफलमा रहेका बिषय बाहिर आउनु स्वभाविक पनि हो तर छलफल हुनु के बिबाद हुनु हो र ! होईन नी । तपाँईले भने जस्तो ५०-५० को बिषयलाई मिडियाहरुले नै बढि उचालेका छन् । शिर्ष तहको छलफलमा यस्ता अडान नै आएका छैनन र आउँदैनन पनि । सम्मानजनक एकता गछौँ । कसैले आफु अपमानित भएको महसुस गर्नुपर्ने हुँदैन । माओवादीका साथीहरु, एमालेका साथीहरु कसैले पनि आफ्नो क्षमता अनुसारको जिम्मेवारी  पाउनुहुन्छ । सम्मानजनक एकता भनेपछि बिचारमा समानता, संगठनमा समानता हुनु स्वभाविक छ र आवश्यक पनि हुन्छ । निरपेक्ष ५०-५० कसैले भनेको छैन् । भन्ने बिषय पनि होईन । नेतृत्वको व्यवस्थापन कसरी हुँदैछ त ? केहि दिन पर्खनुस हामी सबै सार्वजनिक गर्छौ । आज एकताको ठोस सन्देश दिने तयारी पनि छँदैछ । यो बीचमा केहि सुखद घटनाहरु पनि हुनसक्छन् । नेतृत्वको व्यवस्थापनको बिषयमा हामी छलफलमै छौँ ।
मिल्न बाँकी र विवादित भन्ने बिषय नै छैन् । कसैले कहिँपनि कुनै प्रकारको अडान राखेको छैन् । 
एक खालको सहमती पनि भैसकेको छ । भएको सहमतीमा पनि केहि साथीहरुले पुन एकपटक छलफल गरौँ भनेकाले एक्ता प्रक्रिया लम्बिएको हो । यो पनि एकता महाधिवेशन सम्मका लागि त हो । महाधिवेशनले यि बिषयलाई लोकतान्त्रिक विधि अनुसार टुङ्ग्याईहाल्छ । नेतृत्व व्यवस्थापनका बिषयमा बाहिर आएका असन्तुष्टी भनेर फेरी भन्नुहोला म फेरी भन्छु नेतृत्व व्यवस्थापनको बिषष पेचिलो हो तर हामी एक खालको सहमतीमा पुगिसकेका छौँ । दुबै पार्टीका अध्यक्षले त्यसलाई अनुमोदन गरेर एकता संयोजन समितिमा पेश गरेपछि पार्टी एकताको औपचारिक घोषणा हुन्छ ।

(एभरेष्ट दैनिक डट कम बाट )

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending