Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

सर्पदंशितको उपचार झापामा

\"\"झापा । मेची अञ्चलभरिका सर्पदंशका बिरामीको उपचार झापामा हुने गरेको छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलाममा सर्पदंश उपचार केन्द्र नहुँदा उनीहरु झापा धाउन बाध्य छन् । झापाको दमक रेडक्रस, नेपाली सेनाको चारआली ब्यारेक र कनकाई सहारा सर्पदंश उपचार केन्द्रबाट सर्पदंशको उपचार हुँदै आएको छ । कनकाई केन्द्र भने दश महिनाअघिदेखि सञ्चालनमा आएको हो । झापाका यी तीन उपचार केन्द्रबाट नै पूर्वी पहाडी जिल्ला, छिमेकी जिल्ला मोरङ, भारतका पश्चिम बंगाल र बिहार राज्यका बिरामीको उपचार हुँँदै आएको जिल्ला जनस्वाथ्य कार्यालय झापाले जनाएको छ । गर्मी शुरु भएसँगै बिरामीको चाप उच्च हुने गरेको छ । बिरामी बढेसँगै सर्पदंश उपचार केन्द्रमा ‘एन्टी स्नेक भेनम’को अभाव हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका वरिष्ठ जनस्वास्थ्य अधिकृत मधुसूदन कोइरालाले जानकारी दिए । “गत वर्ष गर्मीको समयमा भ्याक्सिन पूरै अभाव भयो”, उनले भने “ठूलो क्षेत्रका बिरामीलाई सेवा दिनुपर्ने भएकाले पनि प्रायः भ्याक्सिन अभाव भइनै रहन्छ ।” चारआलीस्थित सर्पदंश उपचार केन्द्र व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद भट्टराई भारतमा भन्दा कम मूल्यमा नेपालमा उपचार हुने भएकाले भारतीय बिरामीको चाप बढेको बताउछन् । उनका अनुसार भर्ना हुँदा रू ५० शुल्क तिर्नुपर्छ । त्यसपछि पाँच सिसीसम्म एन्टी इस्नेक भेनम प्रयोग हुँदा रू एक हजार तिर्नुपर्छ । त्यसभन्दा बढी जति औषधि लागे पनि रू दुई हजार मात्रै सेवा शुल्क लाग्ने भट्टराईले बताए । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लामा एक हजार १०५ थान भ्याक्सिन खपत भएको कार्यालयका स्टोर किपर रमेश खतिवडाले जानकारी दिनुभयो । अहिले कार्यालयमा ८० थान मात्र भ्याक्सिन मौज्दात छ । ‘भ्याक्सिनको अभाव छ’, उनले भने “माग भएअनुसारको भ्याक्सिन आएको छैन ।” कनकाई केन्द्रमा १० महिनामा १६० सर्पदंशितको उपचार गरिएको केन्द्रका ख्याम शिवाकोटीले बताउनुभयो । उहाँका अनुसार अधिकांश बिरामी दक्षिणी सीमावर्ती भारतीय क्षेत्रका छन् । गत आव २०७३/७४ मा जिल्लामा एक हजार ५१० थान भ्याक्सिन खपत भएको कार्यालयले जनाएको छ । गर्मी शुरु भएसँगै वैशाखदेखि असोजसम्म सर्पदंशका बिरामी बढी हुने गरेको बताइएको छ । सरकारले संस्थालाई एन्टी स्नेकभेनम निःशुल्क उपलब्ध गराउँदै आएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending