Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

यसरी तुहियो बैशाख ९ को सरप्राइज एकता : जब ओली सहमतिबाट पछि हटे...

[caption id=\"attachment_159105\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फाेटाे[/caption] काठमाडौं । नेकपा माओवादी र एमालेबिच बैशाख ९ हुने भनिएको पार्टी एकता घोषणा कार्यक्रम व्यानर विवादका बिच एकताको सन्देश सँगै अनिश्चित भएर टुगिंएको छ । सरकारका प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार संचालनमा देखाएको एकलौटी रबैयाबाट नेकपा माओवादीका अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ शसंकित छँदै थिए । ओलीको भारत भ्रमण र भारतीयहरुसँगको उठबसबाट झन बढी शंका माओवादीमा पसेको थियो । यो बिच माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमै बराबरीको सिदान्तका आधारमा मात्रै एकता गर्ने आफुले ओलीसँग हाकाहाकी कुरा गर्ने बताईरहेका थिए । नभन्दै माओवादी अध्यक्ष प्रचण्ड र ओलीबिच ६ गतेबाट ३ दिनसम्म लगातार ‘वान टु वान’ संवाद भयो । स्रोतहरुका अनुसार सूरुको दिन प्रचण्डले ओलीसँग बाहिर आफैले भनेजस्तो शंकाका विषयहरुमा हाकाहाकी कुरा राखे । संगठनमा बराबरी, जनयुद्द र सहमतिको महाधिवेशनका विषयमा कुरा सुनेपछि ओलीले थप छलफल गर्ने भन्दै बैठक सकियो । दोस्रो पटक गत ७ गते वालुवाटारमै फेरी छलफल भयो । मुलत छलफलमा नटुगिंएका विषयहरु टुंगियो । जनयुद्दको विषयमा ठुलो बहस थिएन र भएन पनि । जनयुद्दलाई सहजै मान्ने र दस्तावेज तथा विधानमा उल्लेख गर्ने सहमति बन्यो । एमालेको ‘जबज’ र माओवादीको ‘२१ औं शताब्दीको जनवाद’ दुवैलाई छोडेर ( एभयउभि म्झयअचबअथ) अर्थात ‘जनताको जनवाद’ राख्ने सहमति बन्यो । संगठनात्मक एकताको बारेमा भने एमालेबाट २ सय र माओवादीबाट २ सय राखेर केन्दीय समिति बनाउने निष्कर्षमा दुवै नेताहरु पुगे । संगठनको सवालमा ओलीले सिनियर साथिहरु छुटेका छन् भने पछि प्रचण्डले छुटे भने ५,७ जना थप्दा हामीलाई आपत्ति हुन्न भन्ने जवाफ दिएको स्रोतले बतायो । विषयहरु टंगिएपछि ९ गते नै एकताको घोषणा गर्ने मेन्टालिटी बनाएर उठेका दुई नेताहरुले लिखित र मुर्तरुप दिन तेस्रो दिन फेरी बस्ने सहमति गरे । तर तेस्रो दिन एमालेका अध्यक्ष केपी शर्मा ओली यु टर्न भईसकेका थिए । उनले प्रचण्डलाई –‘साथिहरुले मानेनन् । म त एक्लिने भए, मैले सम्झाउन सकिन । अरु ठिकै छ, संगठनमा एमाले ७० र माओवादी ३० प्रतिशत गरौं’ भने । उसो भए एकताको विषयमा सल्लाहा गर्दै जाउँला भन्ने जवाफ प्रचण्डले दिएका थिए । यसरी सरप्राइज एकता गर्ने योजना तुहिएपछि पार्टी स्थापना दिवस संयुक्त रुपमा मनाउने सहमति गरेर दुव नेताहरु उठेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending