बैशाख २८ गते, २०७२ सोमवार 11th May, 2015 Mon२०:०१:३६ मा प्रकाशित
काठमाडौं, पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले विनाशकारी भूकम्पबाट सिर्जित विपद् व्यवस्थापनका लागि तत्काल प्रारम्भिक राहतस्वरुप पाल, त्रिपाल, खाद्यान्नको व्यवस्था, लगत्तै अस्थायी बसोबासको व्यवस्था र दीर्घकालीन रुपमा योजनाबद्ध नयाँ बस्ती प्रणालीको विकास गर्नुपर्ने बताएका छन् ।
सोमबार सिन्धुपाल्चोकको घुम्थाङ गाविसको नाघबुझे गाउँ र गोल्चे गाविसको नाम्फा गाउँ, दोलखाको ओराङ गाविसको ओराङ गाउँ र सदरमुकाम चरिकोट, रसुवाको गतलाङ गाविसको गतलाङ गाउँ र सदरमुकाम धुन्चे तथा नुवाकोटको सुन्दरादेवी गाविसलगायतका दूर्गम र अतिप्रभावित जिल्लाहरुमा डा. भट्टराईले भ्रमण गर्ने क्रममा उक्त कुरा उल्लेख गरेका हुन् ।
भ्रमण गर्ने क्रममा पीडित स्थानीय जनता, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरुसँगको अन्तरक्रियाका क्रममा नेता भट्टराईले तत्काल राहत र अस्थायी बसोबासका लागि सरकारले ५ देखि १० लाख रुपियाँ सबै पीडितहरुलाई उपलब्ध गराउनुपर्ने पनि बताए ।
विपद्को बेलामा सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले भू–वैज्ञानिक, इञ्जिनियरलाई देखाएर घर बनाउन उपयुक्त भूमिको चयन गरी नयाँ वस्ती प्रणालीको विकास गर्नुपर्ने पनि बताए ।
नेता भट्टराईले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सरकारी निकायका प्रमुखहरुसँग पनि भेटघाट गरी सबै गाउँमा राहत पुगे/नपुगेको जानकारी लिए । भ्रमणको क्रममा डा. भट्टराईले सिन्धुपाल्चोक र रसुवाका पहिरोग्रस्त क्षेत्रका वस्ती वर्षाअगाडि नै स्थानान्तरण गर्नुपर्ने कुरामा जोड दिए ।
रसुवाको लाङटाङको पूरै गाविस हिमपहिरोले पुरेर वगरमा परिणत भएको दृष्यबाट अत्यन्त उद्वेलित भएको र त्यहां उद्धार कार्य प्रभावकारी नभएको डा. भट्टराईले बताए । सरकारी र निजी क्षेत्र दुवै सडक आसपासका क्षेत्रमा मात्र राहत वितरण गर्न सक्रिय रहेको तर सडक नपुगेको गाउँवस्तीसम्म कोही नपुगेकोमा सरकारको आफुले विशेष ध्यानाकर्षण गर्ने बताए ।
जिल्ला प्रशासन कार्यालयमा नागरिक समाजका प्रतिनिधिहरुसहितको उपस्थितिमा भएका अन्तरक्रिया कार्यक्रममा नेता भट्टराईले भ्रमणका क्रममा सोचेभन्दा धेरै नोक्सान र क्षति पुगेको आफूले पाएको बताउए । गाउँका सोझासिधा र दुर्गमका व्यक्तिहरुसम्म राहत पुग्दै नपुगेको जस्तो देखिएको भन्दै उनले राहतको न्यायोचित वितरणमा ध्यान दिन र चुस्त संयन्त्र निर्माण गर्न पनि सम्बन्धित पक्षसँग आग्रह गरे । सरकारी संयन्त्रले मात्रै सबै कुरा सम्भव नहुने भएकोले सबै राजनीतिक दल र नागरिक समाज मिलेर दशौं हजार स्वयंसेवक परिचालन गर्न पनि उनले आग्रह गरे ।
शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न तत्काल १ वर्षका लागि सरकारले नै जिम्मेवारी लिनुपर्ने र दीर्घकालीन योजना पनि अधिकारसम्पन्न प्राधिकरणमार्फत अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । उनले जनताले खाना भन्दा पनि वर्षा सुरु हुनुअगावै छानाको व्यवस्था गर्न जोडदार माग गरेको उल्लेख गर्दै जनताको माग र आवश्यकताअनुसार अस्थायी बसोबासका लागि आफ्नो तर्फबाट सकिने जति पहल आफूले गर्ने र सरकारलाई पनि दबाब दिने स्पष्ट पारे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: