Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

भारतमा १२० किमी प्रति घण्टाको आँधीले ८१ जनाको मृत्यु, के कारणले आउँछ आँधी ?

भारत । भारतको राजस्थान र उत्तर प्रदेशमा बुधबार आएको आँधीले निक्कै नोक्सानी पुर्याएको छ । पछिल्लो २४ घण्टामा राजस्थानमा ३६ जना र उत्तर प्रदेशमा ४५ जनाको मृत्यु भएको छ । १४० भन्दा बढी मानिसहरुको घाइते भएका छन् । आँधी २० किमी प्रतिघण्टाको गतिमा आएको थियो । आँधीको कारण कयैन रुख र बिजुलीका पोलहरु लडेका छन् । कयैन स्थानमा सडक र रेलमार्गमै रुख र बिजुलीको पोल लडेकाले यातायात व्यवस्था ठप्प भएको छ । राजस्थानमा आँधीले पुर्याएको क्षति विपद व्यवस्थापनमा कार्यरत हेमन्तकुमार गेराले भने “राजस्थानका ३ जिल्लाहरु बढी प्रभावित भएका छन् । यसमा भरतपुर, धौलापुर र अलवर सबैभन्दा बढी प्रभावित रहेका छन् । भरतपुरमा १२, धौलपुरमा १० र अलवरमा ४ जनको मृत्यु भएको छ । त्यहाँ १०० जना घाइते भएका छन् ।” बीकानेरमा ३८ किमी प्रतिघण्टाको गतिमा आँधी आएको थियो । यो दौरानमा ५०० मिटर भिजिविलिटी थियो । त्यसबेला ४५ डिग्री सेल्सियस रहेको तापक्रम घटेर ३५ डिग्री सेल्सियसमा पुगेको थियो । जयपुरमा १८ किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आएको थियो । त्यहाँ आँधीको कारण तापक्रम ८ डिग्री सेल्सियस कम भएको थियो । अर्कोतर्फ बुधबारको विपदपछि जैसलमेर र कोटाको तापक्रम सबैभन्दा बढी रह्यो । यहाँ ४५ डिग्री तापक्रम रेकर्ड गरिएको थियो । उता पिलानीमा २३.७ मिलीमिटर वर्षा रेकर्ड गरियो । राजस्थानकी मुख्यमन्त्री वसुन्धारा राजे सिंधियाले प्रकोपमा परेर मरेका मानिसहरुप्रति शोक व्यक्त गरेकी छिन् । साथै उनले आवश्यक मद्धतका लागि सार्बजनिक आह्वान गरेकी छिन् । त्यस्तै प्रकोपबाट धेरैको मृत्यु भएपछि काङ्ग्रेस महासचिव अशोक गहलोतले आफ्नो जन्मदिनको कार्यक्रम समेत रद्ध गरेका छन् । उत्तर प्रदेशमा उत्तर प्रदेशमा तीब्र गतिमा आएको आँधी र वर्षाका करण ४५ जनाको ज्यान गएको छ । आँधीबाट आगरा सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ३६ मानिसको ज्यान गएको थियो । ३८ मानिसहरु घाइते भएका छन् । स्थानीय अधिकारीहरुले सबै प्रभावित क्षेत्रमा राहत र बचाउ कार्यक्रम पुर्याउन निर्देशन दिएका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले मृत्यु भएका मानिसहरुको परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार अनुदान दिने घोषणा समेत गरेका छन् । आँधीका कारण दिल्लीमा आइपीएलको खेल पनि प्रभावित भारतको राजधानी दिल्ली वरिपरि पनि चक्रवाती हावाका कारण बुधबार साँझ मौसम अचानक बदलिएको थियो । दिनभरी चर्को घाम लागेपछि साँझ ५ बजे ६० किमि प्रति घण्टाको गतिमा तीब्र हावा चल्यो । केही समयपछि ठूलो वर्षा भएको थियो । यसका कारण फिरोजशाह कोटला मैदानमा दिल्ली डेयरडेविल्स र राजस्थान रोयल्सबीचको खेल ढिलो गरि शुरु भएको थियो । आँधी र वर्षाको कारण दिल्लीको अधिकतम तापक्रम ३८.३ बाट झरेर २०.४ डिग्री सेल्सियस भएको थियो । सोही कारण करिब २६ स्थानमा रुख र पर्खालहरु लडेको सूचना आएको छ । यसको दौरान कयैन स्थानमा ट्राफिक जाम समेत भएको थियो । के कारणले आउँछ आँधी ? धेरै जसो मरभूमिहरु भू–मध्य रेखाको नजिक रहेका छन् । यो क्षेत्रमा वायुमण्डलको दबाब निक्कै धेरै रहन्छ । यो दबाबले उचाईमा रहेको सुख्खा हावालाई जमिनसम्म ल्याउँछ । यो दौरानमा सूर्यको सिधा किरणले हावामा रहेको पानीलाई नष्ट गरिदिन्छ । यसले हावा निक्कै तातो हुन्छ । यही कारण वर्षा हुन पाउँदैन र जमिन सुख्खा र तातो हुन्छ । जमिन तातेपछि पानीको अभावको कारणले धूलोको कणहरु आपसमा जोडिन सक्दैनन् । यस्तोमा धूलो हावासँग सजिलै माथि उड्छ । हावाको गति ४० किमि प्रति घण्टाभन्दा धेरै हुँदा धूलो कणले आँधीको रुप लिन्छ । आँधीसँगै धूलाको कण १० देखि ५० फिटसम्म माथि उड्न थाल्छ । कहिले त यो त्यो भन्दा पनि उचाईमा पुग्छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies