Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

भारतमा १२० किमी प्रति घण्टाको आँधीले ८१ जनाको मृत्यु, के कारणले आउँछ आँधी ?

भारत । भारतको राजस्थान र उत्तर प्रदेशमा बुधबार आएको आँधीले निक्कै नोक्सानी पुर्याएको छ । पछिल्लो २४ घण्टामा राजस्थानमा ३६ जना र उत्तर प्रदेशमा ४५ जनाको मृत्यु भएको छ । १४० भन्दा बढी मानिसहरुको घाइते भएका छन् । आँधी २० किमी प्रतिघण्टाको गतिमा आएको थियो । आँधीको कारण कयैन रुख र बिजुलीका पोलहरु लडेका छन् । कयैन स्थानमा सडक र रेलमार्गमै रुख र बिजुलीको पोल लडेकाले यातायात व्यवस्था ठप्प भएको छ । राजस्थानमा आँधीले पुर्याएको क्षति विपद व्यवस्थापनमा कार्यरत हेमन्तकुमार गेराले भने “राजस्थानका ३ जिल्लाहरु बढी प्रभावित भएका छन् । यसमा भरतपुर, धौलापुर र अलवर सबैभन्दा बढी प्रभावित रहेका छन् । भरतपुरमा १२, धौलपुरमा १० र अलवरमा ४ जनको मृत्यु भएको छ । त्यहाँ १०० जना घाइते भएका छन् ।” बीकानेरमा ३८ किमी प्रतिघण्टाको गतिमा आँधी आएको थियो । यो दौरानमा ५०० मिटर भिजिविलिटी थियो । त्यसबेला ४५ डिग्री सेल्सियस रहेको तापक्रम घटेर ३५ डिग्री सेल्सियसमा पुगेको थियो । जयपुरमा १८ किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आएको थियो । त्यहाँ आँधीको कारण तापक्रम ८ डिग्री सेल्सियस कम भएको थियो । अर्कोतर्फ बुधबारको विपदपछि जैसलमेर र कोटाको तापक्रम सबैभन्दा बढी रह्यो । यहाँ ४५ डिग्री तापक्रम रेकर्ड गरिएको थियो । उता पिलानीमा २३.७ मिलीमिटर वर्षा रेकर्ड गरियो । राजस्थानकी मुख्यमन्त्री वसुन्धारा राजे सिंधियाले प्रकोपमा परेर मरेका मानिसहरुप्रति शोक व्यक्त गरेकी छिन् । साथै उनले आवश्यक मद्धतका लागि सार्बजनिक आह्वान गरेकी छिन् । त्यस्तै प्रकोपबाट धेरैको मृत्यु भएपछि काङ्ग्रेस महासचिव अशोक गहलोतले आफ्नो जन्मदिनको कार्यक्रम समेत रद्ध गरेका छन् । उत्तर प्रदेशमा उत्तर प्रदेशमा तीब्र गतिमा आएको आँधी र वर्षाका करण ४५ जनाको ज्यान गएको छ । आँधीबाट आगरा सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ३६ मानिसको ज्यान गएको थियो । ३८ मानिसहरु घाइते भएका छन् । स्थानीय अधिकारीहरुले सबै प्रभावित क्षेत्रमा राहत र बचाउ कार्यक्रम पुर्याउन निर्देशन दिएका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले मृत्यु भएका मानिसहरुको परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार अनुदान दिने घोषणा समेत गरेका छन् । आँधीका कारण दिल्लीमा आइपीएलको खेल पनि प्रभावित भारतको राजधानी दिल्ली वरिपरि पनि चक्रवाती हावाका कारण बुधबार साँझ मौसम अचानक बदलिएको थियो । दिनभरी चर्को घाम लागेपछि साँझ ५ बजे ६० किमि प्रति घण्टाको गतिमा तीब्र हावा चल्यो । केही समयपछि ठूलो वर्षा भएको थियो । यसका कारण फिरोजशाह कोटला मैदानमा दिल्ली डेयरडेविल्स र राजस्थान रोयल्सबीचको खेल ढिलो गरि शुरु भएको थियो । आँधी र वर्षाको कारण दिल्लीको अधिकतम तापक्रम ३८.३ बाट झरेर २०.४ डिग्री सेल्सियस भएको थियो । सोही कारण करिब २६ स्थानमा रुख र पर्खालहरु लडेको सूचना आएको छ । यसको दौरान कयैन स्थानमा ट्राफिक जाम समेत भएको थियो । के कारणले आउँछ आँधी ? धेरै जसो मरभूमिहरु भू–मध्य रेखाको नजिक रहेका छन् । यो क्षेत्रमा वायुमण्डलको दबाब निक्कै धेरै रहन्छ । यो दबाबले उचाईमा रहेको सुख्खा हावालाई जमिनसम्म ल्याउँछ । यो दौरानमा सूर्यको सिधा किरणले हावामा रहेको पानीलाई नष्ट गरिदिन्छ । यसले हावा निक्कै तातो हुन्छ । यही कारण वर्षा हुन पाउँदैन र जमिन सुख्खा र तातो हुन्छ । जमिन तातेपछि पानीको अभावको कारणले धूलोको कणहरु आपसमा जोडिन सक्दैनन् । यस्तोमा धूलो हावासँग सजिलै माथि उड्छ । हावाको गति ४० किमि प्रति घण्टाभन्दा धेरै हुँदा धूलो कणले आँधीको रुप लिन्छ । आँधीसँगै धूलाको कण १० देखि ५० फिटसम्म माथि उड्न थाल्छ । कहिले त यो त्यो भन्दा पनि उचाईमा पुग्छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending