Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

१४ शहर विश्वका अतिप्रदूषित २० शहरको सूचीमा

भारत । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले विश्वका अतिप्रदूषित २० वटा शहरहरूमध्ये भारतमा १४ वटा शहरहरू रहेको देखाएको छ।

विश्व स्वास्थ्य सङ्गठनको अध्ययनबारे गरेको विश्लेषणले सन् २०१६ मा उत्तरी शहर कानपुरको हावामा पीएम२.५ भनिने अतिसूक्ष्म कणहरू सबभन्दा धेरै रहेको देखिएको  छ । ती कणहरू घातक हुने गर्छन् र तिनले श्वासप्रश्वास एवम् मुटु वा रक्तनलीसम्बन्धी रोगहरूको सम्भावनालाई बढाइदिन्छन् । अतिप्रदूषित शहरको सूचीमा राजधानी दिल्लीसहित बनारस, गया, पटना, लखनउ, आग्रा र श्रीनगर पनि परेका छन् । उक्त अध्ययनले सन् २०१६ मा वायु प्रदूषणका कारण विश्वभरि ४२ लाख मानिसको मृत्यु भएको जनाएको छ । सोही वर्ष कानपुरमा पीएम२.५ को औसत स्तर १७३ रहेको थियो जुन विश्व स्वास्थ्य सङ्गठनले तय गरेको सुरक्षित सीमाभन्दा सत्र गुनाले धेरै हो । भारतको राजधानी दिल्ली छैठौँ धेरै प्रदूषित शहरको स्थानमा रहेको छ । त्यहाँको औसत पीएम २.५ परिमाण १४३ मापन गरिएको थियो । अध्ययनका अनुसार विश्वमा दश मानिसमध्ये नौ जनाले प्रदूषित हावामा श्वास लिने गर्छन् । प्रदूषण उत्पन्न गर्ने इन्धन र प्रविधिबाट खाना पकाउँदा निक्लिने प्रदूषणका कारण सन् २०१६ मा करिब ३८ लाख मानिसको मृत्यु भएको अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनले अझै पनि अधिकांश महिला र बालबालिकासहित तीन अर्बभन्दा धेरै मानिसहरू घरमा प्रदूषण गर्ने स्टोभ र इन्धन प्रयोग गरेर घातक धूँवा लिन बाध्य भइरहनु स्वीकार्य नभएको जनाएको छ । सङ्गठनका महानिर्देशकले यदि वायु प्रदूषण सम्बोधन गर्न तत्काल कार्य नगर्ने हो भने दिगो विकास लक्ष्य हासिल गर्न नसकिने बताएका छन् । गत दुई दशकमा भारतले तीव्र विकास गरेको देखिन्छ। तर यसले प्रदूषण बढाउँदै लगेको छ । कमजोर औद्योगिक नियमनको व्यवस्थाका कारण त्यहाँ कारखानाहरूले प्रदूषण नियन्त्रणका उपायहरू पालना गरेका छैनन्। तीव्र निर्माणले प्रदूषण उच्च भएको छ । प्रदूषणको सुरक्षित सीमाको स्तरभन्दा ७० गुना धेरै प्रदूषण भएपछि गत वर्ष दिल्लीमा सार्वजनिक स्वास्थ्यको आपत्कालीन स्थिति घोषणा गरिएको थियो । बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies