Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

नोउ क्याम्पमा २-२ गोलको बराबरी, रोनाल्डो घाइते

यो सिजनको अन्तिम एल क्लासिको २–२ गोलको बराबरीमा टुंगिएको छ । दोस्रो हाफको ४५ मिनेट १० खेलाडीमा सीमित रहेर पनि बार्सिलोनाले रियल मड्रिडलाई बराबरीमा रोकेको हो । घरेलु मैदानमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो । उसका लागि सर्जियो रोबर्टोको पासमा लुइस स्वारेजले १० औँ मिनेटमा गोल गरेका थिए । तर, त्यसपछि गोल गर्ने पालो थियो क्रिस्टियानो रोनाल्डोको । उनले खेलको १४ औँ मिनेटमा करिम बेन्जेमाको सहयोगमा गोल गरेपछि खेल १–१ को बराबरीमा आयो । पहिलो हाफको अन्तिम मिनेटमा सर्जियो रोबर्टोले रातो कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा झर्यो । तर, उसले दोस्रो हाफमा पनि दबाबको महसुस गरेन । बार्सिलोनाका लागि स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको ५२ औँ मिनेटमा लुइस स्वारेजको पासमा गोल गर्न सफल हुँदै २–१ को अग्रता दिलाए । १० खेलाडीमा झरेपछि डिफेन्समा केही सन्तुलन गुमाएको बार्सिलोनाविरुद्ध रियलले केही आक्रमणका प्रयास गर्यो । जुन प्रयास ७२ औँ मिनेटमा सफल भयो । यो पटक ग्यारेथ बेलले गोल गर्दै खेललाई बराबरीमा ल्याए । बेलको गोलपछि दुवै टोलीबाट थप गोल हुन सकेन । बार्सिलोनाले ला लिगाको उपाधि पक्का गरिसकेको अवस्थामा यो भिडन्त दुई क्लबबीचको प्रतिष्ठाको मात्रै लडाइँ थियो । योसँगै जारी सिजनको ला लिगामा बार्सिलोनाले अपराजयको कीर्तिमान कायमै राख्न सफल भएको छ । बार्सिलोनाविरुद्धको खेलमा रियलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने घाइते भएका छन् । बार्सिलोनाविरुद्ध खेलमा एंकलमा चोट लागेपछि उनी पहिलो हाफ सकिएपछि मैदान प्रवेश गरेनन् । लिभरपुलविरुद्ध च्याम्पियन्स लिगको फाइनल हुनु तीन साता अघि रोनाल्डो घाइते भएपछि रियल मड्रिडमा तनाव बढेको छ । यद्यपि उनको उपचार सुरु गरिएकाले चोटबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending