खोटाङ । एउटै गाउँका तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएपछि खोटेहाङ गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाट गाउँ शोकमग्न भएको छ । स्थानीय धननारायण श्रेष्ठको १२ वर्षीय छोरा सुमन, जीवन माझीको १० वर्षीय छोरा समिन र धु्रव माझीको ११ वर्षीया छोरी अनिता माझी गत शनिबार दिउँसोदेखि सुनकोशी नदीमा डुबेर बेपत्ता भएपछि गाउँ शोकमग्न भएको हो । विद्यालय जाने बालबालिका शनिबार बिदाको दिन बाख्रा चराउन गएका र नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । “मध्याह्न १२ बजेको समयमा नदीमा पौडी खेल्दै गर्दा एक बालक नदीमा डुबेपछि बचाउन खोज्दा अर्को बालक पनि डुबेको र दोस्रो बालकलाई बचाउन खोज्दा तीनैजना बेपत्ता बनेका रहेछन् ।” उजले भने “उनीहरुको खोजीका लागि चिसापानी इलाका प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको छ ।” चार बालबालिका बाख्रा चराउन गएकामा तीनजना बेपत्ता बनेपछि अर्को बालकले घरमा खबर पु¥याएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिए । बेपत्ता बालबालिकाको स्थानीयवासीले खोजतलास गर्दा नभेटेपछि आइतबार साँझमात्र परिवारले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा खटिएका प्रहरी र स्थानीयवासीले अहिले नदी किनार र आसपासमा बेपत्ता बालबालिकाको खोजी कार्यलाई तीव्रता दिएका छन् । सुनकोशी किनारमा पर्ने जंगलमा बाख्रा चराउन गएका तीन बालबालिका गर्मी भएपछि पौडी खेल्न नदीमा पसेका थिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: