Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

तीन वर्षका लागि यार्सागुम्बा संकलन बन्द

 

रुकुम । जिल्लाको आठबिसकोट नगरपालिकामा पाइने यार्सागुम्बा तीन वर्षका लागि संकलन बन्द गरिएको छ । नगरपालिका वडा नं २ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो । गत वर्ष यहाँ यार्सा संकलन गरिएको थियो । ‘यहाँ कम यार्सा पाइन्छ’ स्थानीय कर्णबहादुर ऐरीले भने “प्रत्येक वर्ष टिप्दा लोप हुने सम्भावना हुन्छ ।” तीन वर्षको अन्तरमा यार्सा टिप्दा संरक्षण हुने उनको भनाइ छ । स्यालाखदीको सानाखारा, ठूलाखारा र भित्तेखोलामा बहुमूल्य यार्सा पाइने गर्छ । यहाँ यार्सा संकलनका लागि रुकुमलगायत छिमेकी जिल्ला जाजरकोट, डोल्पालगायतका ठाउँबाट समेत आउने गर्छन् । यार्सा मौसम व्यवस्थापन समितिले दुई वर्षपछि मात्र यार्सा संकलनका लागि बुकीहरु खुल्ला गर्ने स्थानीयवासी अजय थापाले जानकारी दिए । संकलन बन्द गरिएपछि यहाँका बासिन्दा यार्सा संकलनका लागि रुकुम (पूर्व) र डोल्पासम्म पुग्ने गर्छन् । गत वर्ष यहाँ रु ६० लाख बराबरको यार्सा संकलन भएको थापाले जानकारी दिए । यस क्षेत्रलाई संरक्षण गरी गुणस्तरीय र धेरै यार्सा पाइने ठाउँ बनाउन सहयोग पुग्ने स्थानीयवासीको भनाइ छ । यहाँ वर्षाैं अघिदेखि यार्सा संकलन गर्न लागिएको हो । पहिला पहिला प्रत्येक वर्ष यार्सा संकलन हुँदै आएको थियो । प्रत्येक वर्ष यार्सा संकलन गर्दा यार्सा नै लोप हुन थालेपछि तीन वर्षपछि यार्सा संकलन कार्य शुरु गरिएको स्थानीयवासी शशिराम विकले बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending