Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

पारमाणविक सम्झौताबारे अमेरिकाले के निर्णय गर्ला आज ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौतामा कायम रहने या नरहनेबारे मंगलवार साँझ घोषणा गर्ने बताएका छन् । लामो समयदेखिका प्रतिबन्ध खुकुलो गर्ने शर्तमा आफ्ना पारमाणविक गतिविधि बन्द गर्ने वाचा गरिएको उक्त अन्तर्राष्ट्रिय सहमतिको ट्रम्प कटु आलोचक रहँदै आएका छन् । उक्त सहमतिका अन्य हस्ताक्षरकर्ता ब्रिटेन, फ्रान्स र जर्मनीले उनलाई उक्त सहमतिबाट पछि नहट्न भनिरहेका छन् । फ्रान्सका विदेशमन्त्रीले ट्रम्पबाट जस्तो निर्णय आए पनि आफूहरू उक्त सम्झौताको पक्षमा उभिरहने बताएका छन् । हाल वाशिङटनको भ्रमणमा रहेका ब्रिटेनका विदेशमन्त्री बोरिस जनसनले अमेरिकी टेलिभिजनहरूलाई अन्तरवार्ता दिँदै सम्झौतालाई खारेज नगर्न आग्रह गरेका छन् । ट्रम्पलाई सहमत गराउने प्रयास गरिरहेका युरोपेली देशहरूले यसै हप्ताको अन्त्यमा इरानसँगको पारमाणविक सम्झौताबारे अमेरिकी निर्णय आउने अपेक्षा गरिरहेको भएपनि ट्विटरमार्फत ट्रम्पले पछिल्लो जानकारी दिएका हुन् । सम्झौतामा अडिग रहन आग्रह गर्दै वाशिङटन पुग्ने ब्रिटेनका विदेशमन्त्री पछिल्ला युरोपेली कूटनीतिज्ञ थिए । उनले ट्रम्पसँग भेटघाट गरेका छैनन् । तर ट्रम्पको सबैभन्दा प्रिय केबल समाचार च्यानलको कार्यक्रम \'फोक्स एण्ड फ्रेन्ड्रस\'मा उपस्थित भएर आफ्नो सन्देश दिएका छन् । उनले सम्झौतामा केही त्रुटिहरू भएपनि त्यसले इरानलाई परमाणु अस्त्र बनाउनबाट रोकिरहेको र अहिले त्योभन्दा अर्को राम्रो उपाय नभएको उल्लेख गरेका थिए । तर ट्रम्प प्रशासनका अधिकारीहरूले सम्झौता खारेज गर्ने पक्षमा नै राष्ट्रपति उन्मुख रहेको उल्लेख गरेका छन् । सबैभन्दा महत्त्वपूर्ण प्रश्न चाहिँ उक्त इस्लामवादी देशविरुद्ध पुन: प्रतिबन्ध लगाउने घोषणा गरिरहँदा ट्रम्पले इरानसँग व्यापार गर्ने अन्य देशहरूविरुद्ध दण्डात्मक कदमहरू पनि समावेश गर्छन कि गर्दैनन् भन्ने हो । एकजना बीबीसी संवाददाता भन्छन् युरोपेली देशहरूले उक्त सहमतिलाई जोगाउने दिशामा अमेरिकाले केही सम्झौता गर्ने अपेक्षा गरिरहेका छन् । एकजना ह्वाइट हाउसका अधिकारीले राष्ट्रपतिले आंशिक रुपमा उक्त सहमतिबाट अलग्गिने घोषणा गर्न सक्ने जानकारी दिएका छन् । तर त्यो कस्तो हुन्छ भनेर उनले खुलाउन सकेनन् । बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending