Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

एमालेद्वारा सरकारी भवन कब्जा, पार्टी कार्यालय बनाएको खुलासा

झापा, नेकपा एमाले कुमरखोद झापाले बर्षाैंदेखि सरकारी भवन कब्जा गरी पार्टी कार्यालय बनाएको खुलासा भएको छ । मध्य दक्षिणी झापाको कुमरखोद– ९ मा रहेको राणाकालिन भवन एमालेले कब्जा गरी पार्टी कार्यालय बनाएको हो । एमालेले सो भवनमा कुमरखोद गाविस स्तरीय पार्टी कार्यालय सञ्चालन गर्दै आएको छ । २०४७ देखि नै सो भवन एमालेले कब्जा गरी एकलौटी रुपमा पार्टी कार्यालय बनाएको बताउदै टाघनडुब्बा निवासी देबीप्रसाद अधिकारीले भने–‘एमालेले यहाँ गैर जिम्मेवार काम गरेको छ, सरकारले तुरुन्त कारवाही गर्नु पर्छ ।’ उनका अनुसार उक्त भवनमा २०३९ साल सम्म हुलाक कार्यालय सञ्चालित थियो । त्रिभुवन प्राबी, गाविस भवन र सामुदायिक भवनको परिसरमा रहेको राणाकालिन भवनमा २००७ साल अघिसम्म मेची अञ्चलका बडाहाकिम बस्ने गर्दथे । पछिल्लो समयमा २००७ सालमा अन्तिम बडाहाकिम रुद्र सिंह (राजपुत) रहेको स्थानीय बृद्ध उगनलाल गणेशले बताए । राणाकालमा सो भवनबाट बडाहाकिमले पुर्वाञ्चलका सरकारी कार्यालय नियमन गर्ने गरेका थिए । राणाशासनको अन्त्यसँगै बडाहाकिमको पद खारेज भएसँगै कार्यालय खाली बनेको थियो । सरकारी सम्पती हडपेर कसैले पनि बस्न नपाउने बताउदै नेपाल मुस्लिम नागरिक समाजका केन्दीय अध्यक्ष मसरुद्धिन अन्सारीले दण्ड, जरिवाना सहित कब्जा गर्नेलाई कारवाही गर्नुपर्ने बताए । नरेन्द्र शर्मा झापाका प्रमुख जिल्ला अधिकारी भएको समयमा आफूहरु कारवाहीको माग गर्दे जिल्ला प्रशासन कार्यालयमा गएको तर हालसम्म पनि कुनै कारवाही नभएकोमा उनले आक्रोश ब्यक्त गरे । उनले भने–‘एमालेको यो रबैया कहिलेसम्म चल्छ ?’ सरकारी निकायको बेवास्ता झन् शंकास्पद रहेको भनाइ उनको थियो । द्घन्दकालमा माओवादीले कब्जा गरेका घरजग्गा फिर्ता गर्न दवाव दिने प्रमुख मध्येको एउटा पार्टी एमालेले २५ बर्षदेखि सरकारी सम्पती हडपेर आफूखुसी प्रयोग गर्दा समेत सम्बन्धित निकाय मौन छ । स्थानीयले सो भवन खाली गराई क्षतीपुर्ती समेत भराउन माग गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending