Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

मोदीको भ्रमणबारे चन्द्र किशोरको बिश्लेषणः पटनाबाट जनकपुर उत्रिनुमा लुकेको पाँच 'सेक्रेट'

काठमाडाैं । करिब चार वर्षपछि तेस्रो पटक शुक्रवार नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यात्रामा पाँच वटा सन्देश लुकेको अर्थमा लिइँदै छ । नेपाल यात्राको थालनी जनकपुरबाटै गर्नुको पछाडि केवल धार्मिक, सांस्कृतिक सम्बन्धलाई मुखरित गर्नु मात्र रहेको छैन । मोदी सिधै जनकपुर आउने भएपछि संघीय सरकारको ध्यान पनि जनकपुरतिर मोडिएको छ ।

यसपटक मोदी भ्रमणमा आउँदा नेपालमा नयाँ संविधान लागू भई सोही अनुसार तीनै तहका चुनाव सम्पन्न भइसकेको छ र प्रादेशिक संरचना खडा भएका छन् । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भए लगत्तै १८ साउन २०७१ मा नेपाल भ्रमणमा आएका थिए । त्यसअघिका १७ वर्षसम्म नेपालमा भारतीय प्रधानमन्त्रीको \"राजकीय\" भ्रमण हुन सकेको थिएन । पहिलो भ्रमणको ४ महिनामै १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन १० मंसिर २०७१ मै दोस्रो पटक काठमाडौं आएका थिए । मोदीको तेस्रो नेपाल भ्रमण शुक्रवारबाट सुरु हुँदैछ । यस अवधिमा नेपालका तर्फबाट चार वटा प्रधानमन्त्री भारतको भ्रमण गरिसकेका छन् ।नेपालमा संविधान निर्माणको क्रममा चिसिएको नेपाल-भारत सम्बन्ध सामान्य स्थितिमा फर्किएको सन्देश दिने उद्देश्यसहित मात्र भारतीय प्रधानमन्त्रीको भ्रमण भइरहेको छैन ।

पाँच \'प\'

यस यात्रामा पारस्परिक भ्रमण, प्रान्तीयताप्रति नजर, पर्यटन प्रवर्द्धन, पानीमा पहुँच र प्रवुद्ध समितिको समीक्षा गरी पाँच \"प\" लाई विशेष प्राथमिकता दिएको बुझिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको दुई महिना नपुग्दै हुन लागेको मोदीको यो भ्रमणलाई जवाफी भ्रमणका रुपमा पनि हेरिएको छ । सीमावर्ती भारतीय राज्य बिहारको राजधानी पटनाबाट भारतीय वायु सेनाको हेलिकप्टर मार्फत जनकपुर उत्रिने मोदीले प्रान्तीय सरकारको अभ्यासलाई समर्थन गरेको अर्थमा समेत कतिपयले लिएका छन् । जनकपुर अहिले प्रदेश २ को अस्थायी राजधानी हो । यहाँका मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीको नेतृत्वमा उनको नागरिक अभिनन्दन गर्ने तयारी भइरहेको छ । अहिलेसम्म नेपाल-भारत सम्बन्धमा काठमाडौं र दिल्लीले ठाउँ पाइराखेकोमा अब उपरान्त भारतीय सीमासंग जोडिएका प्रदेशहरूका सरोकारहरूले पनि ठाउँ पाउने अर्थमा यसलाई लिइएको छ । उनी सोझै दिल्लीबाट जनकपुर नआएर पटनाबाट आउनुलाई पछिल्ला समयमा दिल्ली संस्थापनले भारतका छिमेकी देशहरूको सम्बन्धमा आफ्ना सीमावर्ती राज्यहरूलाई महत्त्व दिने क्रम बढाउँदै गएको प्रस्टिन्छ । जनकपुर र मुक्तिनाथको भ्रमणले धार्मिक पर्यटन बढाउने अपेक्षा गरिएको छ । त्यही क्रममा जनकपुर र अयोध्या जोड्ने \"रामायण सर्किट\" घोषणा हुने र बस सेवा सञ्चालन हुने भएको छ । नेपाल-भारतबीचको सम्बन्धमा विगतमा अयोध्याले त्यति ठाउँ पाउँदैनथ्यो । यस पटक हिन्दुत्ववादी धारका सत्तारुढ दल भारतीय जनता पार्टीले नेपाल नीतिको प्रस्तावना प्रतीकको रुपमा \"अयोध्या-जनकपुर\" सम्बन्धलाई अगाडि सारेको छ । नेपालको पानीको उपयोगिता माथि भारतीय संस्थापनको पुरानै दृष्टि छ । यस पटकको यात्रामा नयाँ समझदारी र अरुण तेस्रो परियोजनाको शीलान्यासको लक्ष्य राख्नुको पछाडि नेपालसंगको पानी साइनो बढाउने एकथरीको अनुमान छ । नेपाल-भारतबीच सन्धि पुनरावलोकन गरेर प्रतिवेदन दिन गठन गरिएको नेपाल-भारत प्रबुद्ध समूहको म्याद आउँदो असारमा सकिँदैछ । यस भ्रमणको बेला समूहको काम कारबाहीको समीक्षा र तिनले लिने बाटोका बारेमा पनि कुरा हुने अपेक्षा गरिएको छ ।

भारतभित्रका असर

भारतीय राजनीतिमा पनि आउँदो वर्ष त्यहाँ आम चुनाव हुँदैछ । अयोध्या र जनकपुरको सन्दर्भ मार्फत खासगरी मोदीले उत्तर भारतको हिन्दु मतदाता रिझाउने प्रयत्न गरेको बुझिएको छ । अयोध्यामा राम मन्दिर निर्माणमा ढिलो भए पनि रामायण सर्किटको कार्यान्वयनले भाजपालाई सहज हुन सक्छ । भारतभित्र प्रधानमन्त्रीका रुपमा मोदी कार्यकालको आलोचना गर्नेहरूले उनको असफल छिमेक नीतिलाई आक्षेप गर्दै आएका थिए । यसै क्रममा मोदीले अन्य छिमेकी देशहरूसंग सम्बन्ध सुधारकै क्रममा नेपालमा तीर्थाटन कूटनीतिलाई अगाडि सारेका जस्तो देखिन्छ् । नेपालको तीनवटै भौगोलिक क्षेत्र तराई, पहाड र हिमालको यात्रा गरी उनले आफ्नो आन्तरिक राजनीतिमा नेपालका सबै क्षेत्रको जनतामा आफूप्रति सम्मान र आत्मीयता रहेको प्रदर्शित गर्न चाहेको कतिपय विश्लेषकको बुझाइ छ । मोदी नेतृत्व गरेको भारतीय जनता पार्टीले आफ्ना नीतिहरूमा प्राचीन \"मिथक\"हरुलाई उपयोग गर्ने गरेका छन् । नेपाल-भारत जनस्तर सम्बन्धलाई परिभाषित गर्न कतिपयले \"रोटी-बेटी\" को सम्बन्ध भन्दै गरेका छन् । जनकपुर-अयोध्या प्रतीक मार्फत रामायणकालीन सीता-राम सम्बन्ध मार्फत जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउने र सांस्कृतिक रुपमा पकड बनाउने मनसुवा रहेको झल्किन्छ । बीबीसी र, यो पनि    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending