Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबारे विवेकशीलले निकाल्यो बिज्ञप्ति

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाला भ्रमणबारे विवेकशील साझाले दुई देशबीचमा विषयमा देखिएका अविश्वास हटाई पारस्पारिक सम्बन्धलाई थप मजबुत बनाउन आग्रह गरेको छ । प्रधानमन्त्री मोदीको वैशाख २८ र २९ गते हुन लागेको नेपालको राजकीय भ्रमणलाई विवेकशील साझा पार्टीले स्वागत गर्ने जनाएको छ । बिहीबार एक विज्ञप्ति निकाल्दै साझाले भनेको छ, ‘मिथिला सभ्यताका लागि परिचित जनकपुर नेपालकै ऐतिहासिक तथा सांस्कृतिक धरोहरको एउटा केन्द्र हो । अन्तर्राष्ट्रिय छविका विशिष्ट पाहुनाबाट जनकपुरको भ्रमण र जानकी मन्दिरको दर्शन हुने विषयलाई हामीले राष्ट्रिय गौरवका रूपमा लिएका छौँ । जानकी मन्दिर सहित मुस्ताङको मुक्तिनाथ मन्दिरमा प्रधानमन्त्री मोदीले गर्ने धार्मिक अनुष्ठानले विश्वभर र विशेष गरी भारतीय जनता समक्ष यी दुवै स्थानको पहिचान र प्रचारप्रसारमा सकारात्मक योगदान पुर्‍याउने छ भन्ने हामीले ठानेका छौँ । प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा नेपाली पक्षबाट आवश्यक कूटनीतिक सावधानीहरू नअपनाइएको भए पनि उनको भ्रमणलाई हाम्रो राष्ट्रिय एकताको भावना कमजोर गर्ने ढङ्बाट टीकाटिप्पणी नगरियोस् भन्ने हाम्रो आग्रह छ ।’ साथै उक्त पार्टीले मोदीले ०७२ सालमा विनाशकारी भूकम्पमा मोदीले लगाएको नाकाबन्दीबारे पनि विवेकशील साझाले स्मरण गराएको छ । उसले विज्ञप्तिमा भनिएको छ, ‘भ्रमणको हार्दिक स्वागत गर्दागर्दै पनि हामी २०७२ सालमा विनाशकारी भूकम्पको लगत्तै प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले नेपालमाथि लगाएको अमानवीय र अन्तर्राष्ट्रिय कानुन प्रतिकूलको अघोषित नाकाबन्दीको स्मरण गराउन चाहन्छौँ। राज्य र जनस्तर दुवै तहमा घनिष्ट सम्बन्ध रहेको ठुलो छिमेकी देशबाट नेपालले विभिन्न बहानामा तेस्रो नाकाबन्दी भोग्नु अत्यन्तै खेदजनक घटना थियो । नाकाबन्दीले गर्दा आम नेपालीको मनमा लागेको घाउ अझै निको नभएको यथार्थसँग भारत अनभिज्ञ छैन । प्रधानमन्त्री मोदीको राजकीय भ्रमणको यो महत्त्वपूर्ण अवसरमा उनले त्यति बेला नेपालीको मनमा पुर्‍याएको चोटप्रति क्षमायाचना गर्नु जायज हुन्छ भन्ने हाम्रो धारणा हो । त्यसै गरी विगतका अन्य तिता अनुभव मेटिने गरी नेपाल-भारतबिच रहेका सीमा तथा सीमा क्षेत्रका भारतीय बाँधले उत्पन्न गरेको बाढी लगायतका विवादका विविध मुद्दाहरूको निरूपण गर्न पनि पारस्पारिक सम्मानका आधारमा दुवै देशका सरकारबाट पहल होस भन्ने हामी चाहन्छौँ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending