Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

सन्दीपले खेल्लान् कि नखेल्लान् ? आज दिल्ली र हैदरावाद भिड्दै

काठमाडौं । इन्डियन प्रीमियर लीग (आइपीएल) को ११ औं संस्करणको जारी सिजनमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने आवद्ध टीम दिल्ली डेयरडेभिल्सले आज बलियो टोली सनराइजर्स हैदरावादसँग खेल्दै छ । अहिलेसम्म खेलका ९ मध्ये तीनमा जित र ६ खेलमा हार व्याहोरेर तालिकाको पुच्छारमा रहेको दिल्लीले सिजनको बलियो टीम सनराइजर्स हैदरावादसँग आज भिड्न लागेको हो । युवा व्याट्सम्यान श्रेयस आयरले कप्तानी सम्भालेपछि दिल्लीले दुई खेलमा जित हात पारे पनि टीमले उल्लेख्य सुधार गर्न भने सकेको छैन । दिल्लीले ९ खेलबाट ६ अंक जोडेको छ। भने हैदरावाद ९ खेलबाट १४ अंक जोडेको छ। बिहीबार राति दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्ला रंगशालामा राति ८ बजे शुरु हुने खेलमा दुबै टिम जितका लागि मैदानमा उत्रिने छ । दिल्ली आज जित निकालेर आफ्नो अगाडिको यात्राका लागि मार्ग प्रशस्त गर्न चाहान्छ भने हैदारवाद आजको खेल जित्दै शीर्ष स्थानमा उक्लिन चाहान्छ । कप्तानी सम्भालेपछि उत्कृष्ट प्रदर्शन गर्दै दुई खेलमा जित निकालेका आयरलाई बलियो टीम सनराइजर्सलाई घरेल मैदानमा पराजित गरी दिल्लीलाई पूनर्जीवन दिन उद्दत रहने छन् भने सनराइजर्सका कप्तान काने विलियम्सन भने टीमलाई शीर्षस्थानमा पुर्याउने उद्देश्यका साथ मैदानमा उत्रिने छन् । कप्तान श्रेयर अयार, रिशव पन्त, पृथ्वी शा, ट्रेन्ट बोउल्ट र अमित मिश्र उत्कृष्ट फर्ममा रहे पनि टीमको हारलाई भने बचाउन सकेका छैनन् । तर आइपीएल अक्सनबाट दिल्लीमा ३२ लाख रुपैयाँमा अनुबन्ध हुन सफल पहिलो नेपाली क्रिकेटर सन्दीप भने आजसम्म टीमले खेलका ९ खेलमा खेल्न पाएका छैनन् । प्रशिक्षक रिकी पोन्टिङ र यसअघिका कप्तान गौतम गाम्भीर दुबैले सन्दीपको खेलको प्रंशसा गरेपनि उनी अहिलेसम्म दिल्लीको प्लेइङ एलेभनमा परेका छैनन् । किन प्लेइङ एलेभनमा परेका छैनन् सन्दीप आइपीएलको नियम अनुसार एउटा खेलमा कुनैपनि टीमले चार जनामात्रै विदेशी खेलाडी खेलाउन पाउँछ । दिल्लीमा मात्रै आठ जना विदेशी खेलाडी छन् । त्यसमा सबै सन्दीप भन्दा अनुभवी र पाका खेलाडी छन् । साथै मंहगा पनि । गौतम गाम्भीरले कप्तानी गर्दासम्म शुरुबाटै दिल्ली जारी सिजनमा दवावमा रह्यो । पाँच खेलमध्ये चारमा पराजय हात पारेको टिमले सन्दीलाई खेलाएर थप रिक्स लिन नचाहेको जानकारहरु बताउँछन् । अब दिल्लीले चार खेल खेल्न वाँकी छ । सबै खेलमा जित चमात्कारी रुपमा सबै खेलमा जित निकाले मात्रै दिल्लीको अगाडिको यात्रा सम्भव छ । प्लेअफ र क्वालिफायरका लागि दिल्ली बाँकी सबै खेल जित्नु पर्छ । होइन भने आइपीएल इतिहासमा दिल्लीको यो सबैभन्दा नराम्रो हार हुने छ । टीम दिल्ली श्रेयस अयार (कप्तान), पृथ्वी शा, रिशव पन्त, ग्यालेन म्याक्सवेल, विजय शंकर, लियम प्युन्केट,अमित मिश्र, नमन ओझा, ड्यानियल किस्ट्रिन, अभेस खान र ट्रेन्ट बोल्ट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending