Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणको तयारी पूरा : यस्तो छ तयारी

जनकपुरधाम ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि शुक्रबार हुने जनकपुरधाम भ्रमणका लागि आवश्यक तयारी पूरा भएको छ । प्रदेश नं २ का प्रदेश सरकार तथा जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा पूर्वाधार निर्माण गरी तयारी पूरा गरेको हो । प्रदेश सरकार र उपमहानगरपालिकाले सडक र मञ्च निर्माण, जानकी मन्दिरदेखि बाह्रबिघासम्म रङ्गरोगन, जनकपुरधामको सौन्दर्यकरण र स्वागतद्वार निर्माण कार्य सम्पन्न गरेको छ । भारतको पटनाबाट सिधै जनकपुरधाम आउनुहुने भारतीय प्रधानमन्त्री मोदीको हेलिकप्टर अवतरणका लागि जनकपुर विमानस्थलमा तीन वटा हेलिप्याडको निर्माण गरिएको छ । भारतीय वायुसेनाका तीन हेलिकप्टरबाट प्रधानमन्त्री मोदी र उहाँको टोली शुक्रबार बिहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्नेछ । जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री मोदाी जनकपुर विमानस्थलबाट विद्यापति चोक, विश्वकर्मा चोक, जिरोमाइल चोक र रामानन्द चोक हुँदै जानकी मन्दिर र त्यसपछि बाह्रबिघा रङ्गभूमि मैदानमा हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनुहुने कार्यक्रम मुताबिक ती बाटामा पर्ने सडकलाई कालोपत्र गरिएको छ भने सडकको दुवैतिरका पर्खाललाई केशरिया रङले सिङ्गारिएको छ । त्यसैगरी, जानकी मन्दिरदेखि बाह्रबिघासम्मका पर्खालमा रामायणकालीन आख्यानलाई मिथिला कलामार्फत प्रस्तुत गरिएको छ । कार्यतालिकाअनुसार भारतीय प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट जानकी मन्दिर आउनु हुने र सो मन्दिरमा उहाँले षोडशोपचार विधिबाट विशेष पूजा अर्चना गर्नेछन् । विशेष पूजाका बेलामा १०१ पण्डितले शंख बजाउने कार्यक्रम रहेको छ । जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहने छ । जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा रामायण सर्किटको उद्घाटन तथा हरियो झण्डा देखाएर जनकपुरधाम–अयोध्या बस सेवा आरम्भ गर्नेछन् । त्यसपछि, प्रधानमन्त्री मोदी प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा बाह्रबिघामा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् । प्रधानमन्त्री मोदीलाई जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहले कलात्मक साँचो हस्तान्तरण र नागरिक अभिनन्दन समेत गर्नेछन् । भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणलाई दृष्टिगत गरी प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदाको घोषणा गरेको छ । यसैबीच, भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणलाई सुरक्षित र व्यवस्थित बनाउन सघन सुरक्षाको व्यवस्था गरिएको सशस्त्र प्रहरी बल रूद्रवाहिनी पथलैयाका बाहिनीपति कवीन्द्रमान श्रेष्ठले बताए । प्रधानमन्त्री मोदीको भ्रमणलाई ध्यानमा राखी पूर्वको सप्तरीदेखि पश्चिममा पर्सा जिल्लासँग जोडिएको नेपाल–भारत सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमा नाकाबाट आवतजावत गर्ने सर्वसाधारणको जाँचलाई पनि कडा गरिएको देखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending