Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

चर्चमा आतंककारी हमला, ९ जनाको मृत्यु, कैयौं घाइते

इन्डोनेसिया । इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको समाचार छ । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । आतंककारीहरुले गरेको बम विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । आइतबारको प्रार्थनाका क्रममा ती व्यक्ति मारिएका हुन् । आइतबार बिहान ती तीनवटा चर्चमा छुट्टाछुट्टै हमला भएको थियो । हमलामा परी ४० जना घाइते भएका बताइएको छ । बम विस्फोट निकै शक्तिशाली रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको र मृत्यु हुनेको संख्या अरु बढ्न पनि सक्ने अनुमान गरिएको प्रहरीको भनाई छ । इन्डोनेसिया सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो । यहाँका मुस्लिमहरुले समय समयमा चर्चमा हमला गर्ने गरेका छन् । इन्डोनेसियाका मुस्लिमले यसै हप्ता रमादान वर्त बस्ने तयारी गरिरहेका छन् । त्यसको पूर्व सन्ध्यामा यसरी चर्चमा हमला भएको छ । रमादानको यस पूर्व सन्ध्यामा आतंककारी हमला हुनसक्ने अनुमानका साथ सरकारले उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको थियो । आइतबार बिहान साढे सात बजेतिर एकै समयमा आतंककारीहरुले तीनवटा चर्चमा हमला गरेका थिए । सरकारले आइएसको सम्भावित हमलाको लागि सुरक्षा सतर्कता अपनाएको समयमा यसरी हमला गरेका हुन् । यस हमलाको जिम्मेवारी अहिलेसम्म पनि कसैले लिएको छैन । तर प्रहरीले यहाँका अतिवादी मुस्लिमबाटै यस्तो काम भएको हुनसक्ने अनुमान गरेको छ । तीनमध्ये एक चर्चमा आत्मघाती हमला भएको थियो । सो हमलामा परी एकै स्थानमा पाँच जनाको ज्यान गएको थियो । मुस्लिम अतिवादीहरुले आइतबारको प्रार्थनाको समयमा यस्तो आक्रमणको योजना बनाएको प्रहरीले जनाएको छ । चर्चहरुमा सुरक्षाको राम्रो प्रबन्ध भए पनि आत्मघातीले हमला गरेको बताइएको छ । एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy